विषयसूची
डिसेम्बर ३१, २०१८–जनवरी ६, २०१९ को हप्ता
३ ‘सत्य किन्नुहोस् र त्यसलाई कहिल्यै नबेच्नुहोस्’
जनवरी ७-१३, २०१९ को हप्ता
८ “म तपाईँको सत्यको मार्गमा हिँड्नेछु”
यी दुई लेखहरूले यहोवाबाट पाइने अनमोल सत्यको कदर गर्न प्रोत्साहन दिन्छ। हामीले सत्य पाउनको लागि जस्तोसुकै त्याग गरेका किन नहोऔँ, त्यसको तुलनामा यो अनमोल सत्य कता हो कता बहुमूल्य छ। यी लेखहरूमा आफूले पाएको सत्यलाई बहुमूल्य सम्पत्ति ठानिरहन अनि यहोवाले सिकाउनुभएको अनमोल सत्यको कुनै पनि पक्षलाई कहिल्यै नत्याग्न वा कहिल्यै सम्झौता नगर्न के गर्न सक्छौँ भन्ने कुरा पनि छलफल गरिनेछ।
जनवरी १४-२०, २०१९ को हप्ता
१३ यहोवामा भरोसा राख्नुहोस् र जिउनुहोस्!
हबकुकको किताबले दुःखकष्ट आइपर्दा यहोवामा कसरी भरोसा राखिरहन सक्छौँ भन्ने कुरा देखाउँछ। हाम्रो चिन्ता, दुःख र पीडा बढ्दै गए तापनि यहोवामा भरोसा राख्यौँ भने अन्तमा उहाँले हामीलाई बचाउनुहुनेछ भन्ने कुरा बुझ्न यस लेखले मदत गर्नेछ।
जनवरी २१-२७, २०१९ को हप्ता
१८ तपाईँको सोचाइलाई कसले प्रभाव पारिरहेको छ?
जनवरी २८, २०१९–फेब्रुअरी ३, २०१९ को हप्ता
२३ के तपाईँले यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाइरहनुभएको छ?
आध्यात्मिक रूपमा बढ्दै जाँदा यहोवाको सोचाइ कत्ति उत्कृष्ट छ भनेर हामी बुझ्छौँ। यी दुई लेखहरूमा संसारको सोचाइको प्रभावमा नपर्न अनि यहोवाको जस्तै सोचाइ राख्न हामी के गर्न सक्छौँ भन्ने कुरा छलफल गरिनेछ।