प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 मार्च p. ८
  • आफ्नो सेवकाईमा दक्ष हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो सेवकाईमा दक्ष हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • चासोलाई बढाउने परिचयहरू
    हाम्रो राज्य सेवकाई—१९९२
  • प्रभावकारी परिचय कसरी तयार गर्ने?
    हाम्रो राज्य सेवा—२०१३
  • सरल तथा प्रभावकारी प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—१९९३
  • प्रेरणादायक परिचयको विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 मार्च p. ८

आफ्नो सेवकाईमा दक्ष हुनुहोस्‌

१ विविधता नै जीवनको स्वाद हो भन्‍ने एउटा भनाइ छ। प्राय एउटा विषयलाई फरक ढङ्‌गमा प्रस्तुत गर्दा त्यसले त्यस विषयलाई अझ चाखलाग्दो बनाइदिनसक्छ। यो कुरा हाम्रो सेवकाईमा पनि लागू हुन्छ। हामी होसियार भएनौं भने ढोका-ढोकामा गएर दिने हाम्रो प्रस्तुतिहरू सजिलैसँग सधैं एउटै खालका हुनसक्छन्‌। सधैं एउटै परिचयलाई दोहऱ्‍याइ रहँदा हामी आफैलाई र घरधनी दुवैका लागि वाक्कलाग्दो हुन सक्छ। तसर्थ आफ्नो सेवकाईमा दक्ष हुनुहोस्‌। तर यो काम हामी कसरी गर्न सक्छौं?

२ ‘नमस्ते। हामी आफ्ना छिमेकीहरूसँग राज्यको सुसमाचार बाँड्‌दैछौं,’ मात्र भन्‍नुको सट्टा तपाईंले सुरुमा बोल्नु हुने वाक्यमा परिवर्तन ल्याउन अरू उपायहरूबारे किन सोच्नुहुन्‍न? परिचय सुरु गर्ने सम्बन्धमा रिजनिङ्‌ग पुस्तकले प्रशस्त जानकारी दिन्छ। यसको पृष्ठ ९-१५ मा १८ वटा भिन्दा-भिन्दै विषयहरूमा परिचयहरू दिएको छ। र त्यहाँ धेरैजसो विषयहरूका लागि दुईवटा, तीनवटा वा सम्भव भएजति परिचयहरू दिइएका छन्‌।

३ यदि तपाईं “हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?,” भन्‍ने पुस्तिका चलाउनु हुँदैछ भने पृष्ठ १३-मा भएको “जीवन/आनन्द” भन्‍ने खण्डमा दिएको यो परिचय मदतकारी हुनसक्छ:

▪ “आज जीवनको गुणस्तरबारे साँच्चै चिन्तित भएका व्यक्‍तिहरूसँग हामी कुरा गर्दैछौं। वास्तविक खुशीयालीले भरिएको र समस्याबाट मुक्‍त भएको जीवन के साँच्चै नै सम्भव छ र भनेर धेरै मानिसहरू सोच्छन्‌। यस विषयमा यस पुस्तिकाले प्रोत्साहनजनक र सोच्न बाध्य पार्न लगाउने खालका बुँदाहरू दिन्छ।” पुस्तिकाको पृष्ठ १८ पल्टाउनुहोस्‌ र “एउटा नयाँ संसार—कसरी भिन्‍न? भन्‍ने खण्डको एक-दुईवटा विशिष्टताहरू पढ्‌नुहोस्‌।

४ केही राज्य प्रकाशकहरू—जवान र विशेषगरि नयाँ व्यक्‍तिहरू तर साथै वृद्ध व्यक्‍तिहरूले पनि—पर्चाहरूलाई चलाएर ढोकाहरूमा चाखलाग्दो ढङ्‌गमा कुरा सुरु गर्न सकिन्छ भनेर अनुभव गरेका छन्‌।

एकजना जवान प्रकाशकले “शान्तिमय नयाँ संसारमा जीवन” भन्‍ने पर्चा चलाएर यसो भन्‍न सक्छ:

▪ “यस पृथ्वीमा परमेश्‍वरले कसरी शान्ति र आनन्द ल्याउनु हुनेछ भन्‍नेबारे तपाईंका लागि मसँग एउटा छोटो समाचार छ। र तपाईंलाई त्यस विषयसँग सम्बन्धित शान्तिमय नयाँ संसारमा जीवन भन्‍ने यो पर्चा म दिनचाहन्छु।” त्यसपछि त्यस जवान व्यक्‍तिसँग काम गर्ने परिपक्व प्रकाशकले घरधनीले देखाएको प्रतिक्रियालाई हेरेर थप विचारहरू वा टिप्पणीहरू थप्ने वा नथप्ने भनेर निर्णय गर्न सक्छन्‌।

५ घरधनीले चासो देखाएमा परिपक्व प्रकाशकले यसो भन्‍न सक्छ:

▪ “बाइबलले भविष्यको लागि एउटा आश्‍चर्यपूर्ण आशा प्रदान गर्छ र सारा पृथ्वीभरि शान्ति स्थापना हुनेछ भनेर यसले देखाउँछ। परमेश्‍वर नै यस ब्रह्‍माण्ड र यसमा भएका सबै कुराहरूको सृष्टिकर्ता हुनुभएको हुनाकारण आज हामीले भोगिरहेका समस्याहरूलाई हटाउन मानवजातिमाथि यथेष्ट मात्रामा उहाँको चासो हुनुपर्छ भनेर के तपाईंलाई लाग्दैन? भविष्यको लागि बाइबलले गरेको प्रतिज्ञाप्रति तपाईंको विचार म जान्‍न चाहन्छु।” त्यसपछि भजन ३७:९-११, २९ पढ्‌नुहोस्‌।

६ यदि सधैंभरि बाँच्न सक्नुहुन्छ भन्‍ने पुस्तक प्रस्तुत गर्नुहुँदैछ भने यस पुस्तकको पृष्ठ १५६ देखि १६२ मा दिएको चित्रहरूमाथि किन प्रकाश पार्नु हुन्‍न। चित्रहरू सँगसँगै दिएको बाइबलका उद्धरणहरूप्रति ध्यान खिच्नुहोस्‌। यी प्रतिज्ञाहरूलाई परमेश्‍वरले पूरा गरिदिनुहुनेछ भनेर विश्‍वास गर्नु व्यावहारिक छ कि छैन भनेर घरधनीलाई सोध्नुहोस्‌। अहिले पूरा भैसकेको बाइबलका भविष्यवाणीहरूको सङ्‌क्षिप्त छलफलले, मानवजातिलाई आशिष दिनसक्ने परमेश्‍वरको योग्यतामाथि घरधनीको आत्मविश्‍वास बढाउनु पर्ने हो।

७ सम्भव हुनसक्ने स्थानहरूमा सत्यको बीऊ रोपेर र देखाएको चासोलाई विकास गरेर सबै राज्य प्रचारकहरू, वृद्धि हुँदै गइरहेको ईश्‍वरतान्त्रिक हितहरूमा भाग लिन चाहन्छन्‌। आफ्नो भागको काम हामीले गरिसकेपछि भविष्यमा हुने बाँकी वृद्धिलाई हामी खुशीसाथ यहोवाको हातमा सुम्पनसक्छौं। हाम्रा छिमेकीहरूलाई बाँड्‌न हामीसँग सबैभन्दा राम्रो समाचार छ। सधैं तयार भयौं भने हामी राज्य समाचार प्रस्तुत गर्ने काममा र कुनचाहिं प्रकाशन प्रस्तुत गर्ने हो भनेर छान्‍ने काममा दक्ष हुन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने