के तपाईंका छोराछोरीहरू प्रकाशक भएका छन्?
१ हाम्रा मण्डलीहरूमा भएका थुप्रै केटाकेटीहरू यहोवाका प्रशंसकहरू भएको देख्न हामी इच्छुक छौं। यही चाहना के तपाईंका छोराछोरीहरूमा पनि छ? छ भने, प्रगतिशील र व्यावहारिक प्रशिक्षण दिने काम सुरु गरी हाल्नु पऱ्यो। राम्रो आनीबानी सिक्ने र बसाल्ने सबैभन्दा राम्रो समय नै केटाकेटी छँदा हो।
२ घरमा तपाईंका छोराछोरीको चालचलन र आनीबानी कस्तो छ? केटाकेटीहरू आमाबाबुप्रति आज्ञाकारी छन् भने तिनीहरूले मण्डलीका अन्य सदस्यहरू र स्कूलका शिक्षकहरूलाई पनि आदर देखाउने छन्। के तपाईंका छोराछोरीले आफ्नो मालसामान र कोठा सफासुग्घर राख्छन् र के तिनीहरूले आफ्नो चीजबीजको स्याहारसुसार गर्छन्? यस सम्बन्धमा छोराछोरीहरूले राम्रो आनीबानी बसालेका छन् भने क्षेत्र सेवकाईमा तिनीहरूले अरूहरूको मालसामान र सम्पत्तिको पनि आदर गर्नेछन् र यहोवा परमेश्वरको प्रतिनिधित्व गर्ने सेवकको हैसियतमा उदाहरणीय चालचलन देखाउने छन्।
३ तपाईंका छोराछोरीले सुसमाचारको प्रचारक हुने उत्सुकता देखाउन थालेपछि तिनीहरूलाई तुरुन्तै ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भर्ना हुन प्रोत्साहित गर्नुहोस्। ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भर्ना हुनका लागि कुनै खास उमेर पुग्नु पर्दैन। बरु अनुकरणीय चालचलन, राम्रो दैनिक आनीबानी र प्रकाशक हुने इच्छा हुनु पर्छ। पाठशालाको अध्यक्षले केटाकेटीको बाइबल पढाइ र बोल्ने योग्यतामा मात्र चासो लिनुको सट्टा उनले सुरुदेखि नै आमाबाबु र बच्चा दुवैसित प्रकाशक हुने लक्ष्यबारे कुरा गर्नु बेस हुनेछ।
४ तपाईंले आफ्ना छोराछोरीलाई आफूसित सेवकाईमा लैजानु हुँदा एकसाथ मिलेर कुनै सेवकाई-लक्ष्य सामुन्ने राख्नुहोस्। एकसाथ तयारी र अभ्यास गर्नु होस् र सेवकाईमा छोराछोरीलाई निपुण बनाउने उद्देश्य राख्नु होस्। तपाईंको छोराछोरीको योग्यता र क्षेत्रको परिस्थितिअनुसार खास लक्ष्यहरू हासिल गर्ने प्रयास गर्नुहोस्। उदाहरणका लागि, घरधनीले भनेको कुरालाई ध्यानपूर्वक सुन्ने, शास्त्रपद मनलगाएर पढ्ने र पर्चाहरू चलाउँदै सरल ढङ्गमा साक्षी दिने। साथै, घरघरमा भेट हुने सबै मानिसहरूमा व्यक्तिगत चासो लिन पनि तपाईंले आफ्ना छोराछोरीलाई सिकाउन सक्नुहुन्छ। कठोरता साथ हामीलाई तिरस्कार गर्नेहरू प्रति पनि न्यानो भाव, स्नेह र नम्रता देखाउनु महत्त्वपूर्ण हो भनेर बताउनु भयो भने, तिनीहरू सजिलैसित निरुत्साहित हुनेछैनन्। तपाईंका छोराछोरीहरूले हप्ताअन्तमा पनि सेवकाईमा भाग लिएमा तिनीहरूले आफ्ना आमाबाबुबाहेक अनुभवी प्रकाशकहरू र प्राचीनहरूबाट अझ राम्रो प्रशिक्षण पाउन सक्छन्।—१ कोरिन्थी ४:१७.
५ तपाईंका छोराछोरीले आफ्नो विचार आफ्नै शब्दहरूमा व्यक्त गर्न सक्नु अति नै प्रभावकारी हुन सक्छ र यसबाट घरधनीको हृदयमा पनि गहिरो असर पार्न सकिन्छ। जसै केटाकेटीहरू अनुभवी हुँदै जान्छन्, तिनीहरूलाई परिपक्व मसीहीहरू र सक्रिय र आनन्दित प्रकाशकहरू हुने प्रोत्साहन दिनुहोस्। (१ कोरि० १४:२०) एक जना सक्रिय प्रकाशक मात्र नभएर तिनीहरूले पुनः भेटहरू गर्न पनि सक्छन् र एउटा गृह बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य राख्न सक्छन्। तिनीहरूलाई यहोवाको सङ्गठनसित मिलेर काम गर्ने आनन्दको स्वाद लिने मदत दिनु होस्। सूचना पाटी र सेवा सभाद्वारा थाह पाइने उद्घोषणाहरूलाई ध्यान दिएर मण्डलीलाई कसरी सहयोग पुऱ्याउन सकिन्छ, सो तिनीहरूलाई सिकाउनु होस्। भाइहरूबाट खटाइएको जुन सुकै काम पनि राजीखुसीका साथ गर्न तिनीहरूलाई प्रोत्साहन दिनु राम्रो हुनेछ।
६ तपाईंका छोराछोरीहरू यहोवाका प्रशंसकहरू भइसकेपछि चाहिं उठ्न सक्ने कुनै पनि नैतिक समस्याहरूबारे तपाईं सतर्क हुनुपर्छ ताकि छोराछोरीले अझसम्म बनाइ राखेको राम्रो रेकर्ड बिग्रनु नपाओस्। परमेश्वरप्रति आफ्नो निष्ठा कायम राखिरहन तिनीहरूलाई प्रोत्साहन दिनुहोस्।—२ तिमो० २:२२.