बारम्बार प्रचार गरिसकिएको क्षेत्रमा प्रचार गर्न
१ प्राप्त रिपोर्टअनुसार केही मण्डलीहरू आफ्नो प्रचार-क्षेत्रमा दोहोऱ्याइ तेहऱ्याइ प्रचार गर्न गइरहेका छन्। यो एउटा ठूलो खुसीको कुरा हो। (मत्ती २४:१४; १ तिमो० २:३, ४) हुनः त यसो गर्दा एउटा खास चुनौतीको सामना गर्नु पर्छ। तापनि अनुभवले देखाउँछ कि परिआउने विभिन्न परिस्थितिहरूको सामना गर्न हामी तयार र सुसज्जित छौं भने यस चुनौतीमाथि पनि सफलतापूर्वक विजयी हुन सकिन्छ।
२ प्रभावकारी परिचयहरू नै सफलताको कुँजी हो: राम्ररी सोचीसम्झी तयार पारिएका एक दुईवटा परिचयहरू प्रयोग गर्न तयार रहनु अति नै महत्त्वपूर्ण हो। हामी बारम्बार आउनु पर्ने केही मुख्य कारणहरू स्पष्ट पार्ने अभिव्यक्तिहरू ती परिचयहरूमा समावेश हुनु पर्छ।
३ यस्ता उपयुक्त परिचयहरूका थुप्रै असल उदाहरणहरू रीजनिङ्ग पुस्तकमा पाइन्छन्। तीनवटा परिचयहरू त पाना १५-मा “बारम्बार प्रचार गरिसकिएको क्षेत्रमा” भन्ने शीर्षक अर्न्तगत पाउनु हुनेछ। आफ्नो प्रचार-क्षेत्रमा प्रयोग गर्नका लागि तपाईंले रोज्नु भएका परिचयहरूलाई प्रस्तुत गर्ने अभ्यास गर्नु होस्।
४ बारम्बार प्रचार गरिसकिएको क्षेत्रमा प्रचार गर्दा स्थानीय अखबारबाट टिपेको कुनै एउटा समाचार चलाएर केही प्रकाशकहरूले कुशलतापूर्वक वार्तालाप सुरु गर्छन्। यसो गर्ने तीनवटा तरिका रीजनिङ्ग पुस्तकमा दिइएको छ। पाना १०-को “अपराध/सुरक्षा” भन्ने शीर्षकमनिको दोस्रो परिचय र पानाहरू १० र ११-मा “वर्तमान घटनाहरू” भन्ने शीर्षकमनिको प्रथम दुइटा परिचयहरूमाथि विचार गर्नुहोस्।
५ तपाईंले तयार गर्नु हुने परिचयहरू: रीजनिङ्ग पुस्तकमा प्रस्तुत परिचयहरूसित मिल्दोजुल्दो उपयुक्त परिचयहरू तपाईं आफैले पनि तयार गरेर चलाउन नहिचकिचाउनु होस्। ती परिचयहरूलाई तपाईंले आफ्नै शब्द र स्वाभाविक ढङ्गमा व्यक्त गर्नु होस्। क्षेत्रमा जानुभन्दा अघि कुनै अनुभवी प्रकाशकसित ती परिचयहरू चलाउने अभ्यास पनि गर्न सकिन्छ।
६ उदाहरणका लागि, तपाईंले सायद यसो भन्न सक्नुहुन्छ:
▪ “हामीले तपाईंलाई पछिल्लो पटक भेटेपछि [स्थानीय इलाकामा मानिसहरूले कुरा गरिरहेको कुनै घटनाको चर्चा गर्नुहोस्]। यसको असर कुनै न कुनै ढङ्गमा हामी सबैमाथि परेको हुनाकारण हाम्रा धेरै छिमेकीहरूले यसबारे गहिरो चिन्ता व्यक्त गरेका छन्। सम्भवतः तपाईंले पनि यस विषयमा सोच्नु भएकै होला। [प्रतिक्रियाका लागि एकछिन रोकिनु होस्।] यस स्थितिबारे केही न केही गरिओस् भनी हामी पनि आशा गर्छौं। तर जहाँसम्म पक्का समाधानको कुरा छ, यर्मिया अगमवक्ताले यहाँ १०-औं अध्यायको २३-औं पदमा लेखेको कुरासित तपाईं ठीक पनि सहमत हुनु हुनेछ। यो पद पढि सकेपछि घरधनीलाई उनको विचार व्यक्त गर्न दिनुहोस्। अनि छलफल गरिरहेको खास समस्याको स्थायी समाधान यहोवाले कसरी गर्नु हुनेछ, सो बताउने कुनै विशेष शास्त्रपदतर्फ ध्यान आकर्षित गर्नुहोस्।
७ अथवा तपाईं यसो पनि भन्न सक्नुहुन्छ:
▪ “निश्चय पनि तपाईंले आजको खबरमा [अखबारमा वा रेडिओद्वारा प्रसारित कुनै खास घटनाको चर्चा गर्नुहोस्]। सम्भवतः तपाईं सहमत हुनु हुनेछ कि यसले हामी सबैमाथि नै असर पार्छ। [एकछिन प्रतिक्रियाका लागि रोकिनुहोस्।] सरकारबाट यसको कम से कम कुनै अल्पकालीन समाधान पाउने हामी आशा गर्न सक्छौं। तथापि, यसको स्थायी समाधानबारे चाहिं बाइबलले यसो भन्छ।” परमेश्वरले के गर्नु हुनेछ, सो बताउने कुनै खास शास्त्रपदतर्फ ध्यान आकर्षित गर्नुहोस्।
८ “तपाईंहरू यसरी बारम्बार किन आउनु हुन्छ?” यसप्रकारको अड्को थाप्ने मानिसहरूलाई दिन सकिने उपयुक्त जवाफहरू रीजनिङ् पुस्तकको पाना २०-मा, “तपाईंहरू घरीघरी किन आउनु हुन्छ?” भन्ने शीर्षकमनि दिइएको छ। तर मानिसहरूले यो प्रश्न नसोध्दा पनि, परमेश्वर र आफ्ना छिमेकीप्रतिको हाम्रो साँचो प्रेमले गर्दा हामी बारम्बार अरूहरूका घरहरूमा जाने गर्छौं भनी बुझाउने हर प्रयास गऱ्यौं भने हामीले राम्रो साक्षी दिन सक्नेछौं। यस सन्दर्भमा यूहन्ना २१:१५-१७-मा उल्लिखित येशूका शब्दहरूको छलफल गर्नु अति नै लाभदायक हुन सक्छ।
९ यहोवाले अब भयो नभनुञ्जेलसम्म बारम्बार प्रचार गरिसकिएको क्षेत्रमा काम गर्नु पर्ने चुनौतीको हामी सामना गरी नै रहनेछौं। सो अठोट गऱ्यौं भने हामीले अन्तसम्मै उहाँबाट निर्देशन, सुरक्षा र आशिष निश्चय पाउनेछौं।—मत्ती २८:१९, २०.