प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 फेब्रुअरी p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 फेब्रुअरी p. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ। ठूलो साइज पुस्तक रु. ४०.०० र सानोको चाहिं रु. २०.०० चन्दा स्वरुप लिएर दिन सक्नुहुन्छ।

मार्च: चन्दा स्वरूप रु. २०.०० लिएर क्वेस्चन्स यङ्‌ग पिपल आस्क—आन्सर्स द्याट वर्क (अंग्रेजी, मलायलम, र तामीलमा उपलब्ध छ) पुस्तक दिन सकिन्छ। यो उपलब्ध छैन भने चन्दा स्वरूप रु. ४० लिएर पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक दिन सक्नुहुन्छ (सानो साइजको रु. २०)। साथै, एउटाको रु. ६ लिएर १९२-पाना भएका पुस्तकहरूमध्ये कुनै एउटा पुस्तक विशेष मोलमा दिन सक्नुहुन्छ।

अप्रिल र मई: द वाचटावर-को वार्षिक ग्राहक शुल्क-दर रु. ६०.००। अर्ध-वार्षिक ग्राहक शुल्क-दर र मासिक संस्करणको वार्षिक ग्राहक शुल्क-दर रु. ३०.००। (मासिक संस्करणहरूका लागि अर्ध-वार्षिक ग्राहक हुने सुविधा छैन।)

सूचना: माथि दिएका कुनै पनि सामग्रीका लागि मण्डलीहरूले आडर अझसम्म पठाएका छैनन्‌ भने अर्को पटक लिटरेचर आडर फारम (S-14) पठाउने बेलामा सो पठाउनुहोस्‌।

▪ सचीव र सेवकाई निरीक्षकले सबै नियमित अग्रगामीहरूको गतिविधिको समीक्षा गर्नु पर्छ। चाहिनेजति घण्टाहरू कसैले पुऱ्‍याउन सकेको छैन भने त्यसको लागि सहयोग गर्ने व्यवस्था प्राचीनहरूले मिलाइ दिनुपर्छ। त्यस सम्बन्धको सुझावहरूका लागि अक्‍तुबर१, १९९३, र अक्‍तुबर१, १९९२-का सोसाइटीका पत्रहरूको (S-२०१) पुनरावलोकन गर्नु बेस हुनेछ। साथै, अक्‍तुबर १९८६-को हाम्रो राज्य सेवकाई-मा भएको इन्सर्टका १२-२० अनुच्छेदहरू हेर्नुहोस्‌।

▪ स्मरणार्थको समारोह शनिवार, मार्च २६-का दिन सूर्यास्तपछि मनाइनेछ। भाषण अलिक सबेरै सुरु भए तापनि स्मरणार्थको रोटी र दाखमधु बाड्‌ने काम सूर्यास्त भएपछि मात्र सुरु गर्नुपर्छ भन्‍ने कुरा याद राख्नुहोला। तपाईंको क्षेत्रमा कति बेला सूर्यास्त हुन्छ त्यसको जानकारी स्थानीय स्रोतबाट पक्का गर्नुहोस्‌। त्यस दिनमा क्षेत्र सेवकाई बाहेक अन्य कुनै सभाहरू हुने छैनन्‌। तपाईंको मण्डलीका सभाहरू साधरणतया शनिबारको दिन हुन्छन्‌ भने सप्ताहमा जुन्‌ दिन राज्य सभा-गृह उपलब्ध छ त्यसै दिनमा ती सभाहरू गर्न सक्नुहुन्छ।

▪ मार्च र अप्रिल महिनाहरूमा सहायक अग्रगामीको रूपमा सेवा गर्न चाहनेहरूले अहिलेदेखि नै योजना बनाउनु र जतिसक्दो चाँडो दरखास्त भरेर दिनु बेस हुनेछ। यसो गर्दा क्षेत्र सेवकाईका लागि आवश्‍यक प्रबन्धहरू र प्रसस्त मात्रामा साहित्यहरू उपलब्ध गराउन प्राचीनहरूलाई मदत मिल्नेछ। अप्रिल महिनामा सहायक अग्रगामीको काममा भाग लिनका लागि विशेष प्रयत्न गर्न सबै नै प्रकाशकहरूलाई हामी प्रोत्साहन दिन्छौं।

▪ बाइबल अनुसन्धानमा सुविधा पुऱ्‍याउने हेतुले कम्प्युटर डिस्केटहरूमा अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेशन आफ द होलि स्क्रिप्चर्स—विथ रेफरेन्सेस र इनसाइट आन द स्क्रिप्चर्स, दुवै खण्डहरू चाँडै नै उपलब्ध गराइनेछन्‌। यी डिस्केटहरू ५ १/४-इन्च १.२-मेगाबाइट अथवा ३-१/२-इन्च १.४४-मेगाबाइट दुवै थरिमा उपलब्ध हुनेछन्‌। कमसेकम ५१२ KBRAM भएको DOS चल्ने IBMPC-कम्प्युटर र कमसेकम १८ मेगाबाइट्‌सको खाली ठाउँ भएको एउटा हार्ड डिस्कको आवश्‍यकता पर्छ। सधैं नै आफ्नो साथमा राख्नु पर्ने सामानहरू यी होइनन्‌। यसलाई एक पटकका लागि मात्र आडर गरे पुग्छ। त्यसकारण यी सामानहरू चाहने व्यक्‍तिहरूले आफ्नो आडर मण्डलीको सचीवलाई तुरुन्तै दिनुहोस्‌। मार्च १, १९९४-भन्दा अगावै कतिवटा सेटहरू र कुन्‌ साइजको डिस्केट्‌सहरू चाहिने हो सो एउटा सादा कागतमा लेखेर सचीवले आडरहरू पठाउनु पर्छ। मार्च १ पछि पठाइएका आडरहरू हामी पूरा गर्ने अवस्थामा हुने छैनौं। यी प्रारम्भिक आडरहरू पाउनासाथै कति सेटहरूको आवश्‍यकता पर्ने रहेछ र कति त्यसको दाम पर्ने हो सो हामीले निश्‍चय गर्नेछौं। त्यसपछि प्रत्येक सेटको कति चन्दा पठाउनु पर्ने हो र कहिले पक्का आडर पठाउनु पर्ने हो सबै नै हाम्रो राज्य सेवकाई-मा हामीले घोषणा गर्नेछौं।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

अंग्रेजी: जेहोवाज्‌ विट्‌नेसेस्‌—प्रोक्लेमर्स आफ गाड्‌स किङ्‌गडम। ‘ईश्‍वरीय शिक्षा’ जिल्ला सम्मेलनमा विमोचन गरिएको ७५०-पानाको यो नयाँ पुस्तकको मोल प्रकाशकहरू र आम जनताका लागि रु० १२०.०० र अग्रगामीहरूका लागि रु० ९०.००। बङ्‌गाली, अंग्रेजी, गुजराती, हिन्दी, कन्‍नड, मराठी र तेलगु: ह्वाट इज द पर्पस आफ लाइफ? हाउ क्यान यु फाइन्ड इट? गत वर्षको जिल्ला सम्मेलनमा विमोचन गरिएको ३२- पाने यो नयाँ ब्रोस्योरको मोल प्रकाशकहरू र आम जनताका लागि रु० ४.०० र अग्रगामीहरूका लागि रु० ३.००। फ्रेन्च: ए पिसफुल न्यु वर्ल्ड—विल इट कम्‌? (पर्चा नं० १७; खासगरी यहूदीहरूका लागि); जेहोवाज्‌ विट्‌नेसेस—ह्वाट डु दे बिलिभ? (पर्चा नं० १८; खासगरी यहूदीहरूका लागि)। हिन्दी: बाइबल टोपिक्स फार डिस्कसन्‌।

▪ फेरि उपलब्ध हुने प्रकाशनहरू:

मलायलम: इन्ज्वाइ लाइफ आन अर्थ फोरएभर, द गोभर्नमेन्ट द्याट विल ब्रिङ्‌ग प्याराडाइज; मराठी: दियर इज मच्‌ मोर टु लाइफ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने