प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 मार्च p. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 मार्च p. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

मार्च: चन्दा स्वरूप रु. २०.०० लिएर क्वेस्चन्स यङ्‌ग पिपल आस्क—आन्सर्स द्याट वर्क पुस्तक दिन सकिन्छ। यो हाल अंग्रेजी, मलायलम, र तामीलमा उपलब्ध छ। जहाँ यो उपलब्ध छैन, त्यहाँ चाहिं चन्दा स्वरूप रु. ४० लिएर पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक दिन सक्नुहुन्छ। (सानोको रु. २०)। साथै, विशेष मूल्य रु. ६.००-को दरले १९२-पाना भएका पुराना पुस्तकहरूमध्ये कुनै एउटालाई प्रस्तुत गर्न सकिन्छ।

अप्रिल र मई: द वाचटावर-को वार्षिक ग्राहक शुल्क-दर रु. ६०.००। अर्ध-वार्षिक ग्राहक शुल्क-दर र मासिक संस्करणको वार्षिक ग्राहक शुल्क-दर रु. ३०.००। (मासिक संस्करणहरूका लागि अर्ध-वार्षिक ग्राहक हुने सुविधा छैन।) निकै नै भारतीय भाषाहरूमा हाम्रा पत्रिकाहरूको आवधिकता बदलिएको छ। यसकारण वार्षिक ग्राहक बनाउनु हुँदा निम्नलिखित कुरालाई ध्यानमा राख्नु होस्‌:

कन्‍नड, मलायलम, मराठी, तामील र तेलगु भाषाहरूमा द वाचटावर अब अर्ध-मासिक भएको छ; बङ्‌गाली, गुजराती, हिन्दी, नेपाली र उर्दूमा चाहिं यो अझै मासिक नै छ।

मलायम र तामीलमा अवेक! अब अर्ध-मासिक भएको छ; गुजराती, कन्‍नड र तेलगुमा चाहिं मासिक छ।

जून: आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष पुस्तक दिने बेलामा त्यसका लागि रु. ४०.०० चन्दा स्वरूप थाप्न सकिन्छ। यो उपलब्ध छैन भने चाहिं रु. १२.००-को नियमित दरमा १९२-पाना भएको कुनै एउटा पुस्तक दिन सकिन्छ। अंग्रेजी भाषामा उपलब्ध पुस्तक लाइफ—हाउ डिड्‌ इट्‌ गेट हियर? बाइ इभोल्युशन अर बाइ क्रियेशन? रु. ४०.०० चन्दा स्वरूप लिएर दिन सकिन्छ।

सूचना: माथि उल्लिखित कुनै पनि सामग्रीका लागि मण्डलीहरूले आडर अझसम्म पठाएका छैनन्‌ भने अर्को पटक लिटरेचर आडर फारम (S-14) पठाउने बेलामा सो पठाउनुहोस्‌।

▪ प्रहरीधरहरा र अवेक! का लागि बनेका नयाँ ग्राहक तथा पुनः ग्राहक हुन चाहनेहरूको ठेगाना र रकम अथवा स्वयं वार्षिक ग्राहक हुन परेको खण्डमा आफ्नै ठेगाना र रकम पनि, मण्डलीसित सम्बन्धित सबै जनाले मण्डलीद्वारा नै पठाउनुहोस्‌।

▪ अध्यक्ष अथवा तिनले खटाएको अरू कसैले मार्च १ वा त्यसपछि यथासम्भव चाँडै लेखा जाँच गर्नु पर्छ। सो गरी सकेपछि मण्डलीलाई सूचित गराउनु होस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने