प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अप्रिल पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 अप्रिल पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

अप्रिल र मे: द वाचटावर र अवेक! को वार्षिक ग्राहक शुल्क दर रु. ६०.०० मा। अर्धमासिक संस्करणहरूको छ-महिने ग्राहक शुल्क दर र मासिक संस्करणहरूको वार्षिक ग्राहक शुल्क दर रु. ३०.००। (मासिक संस्करणहरूका लागि छ-महिने ग्राहक सुविधा छैन।)

भारतीय भाषाका संस्करणहरू निस्कने मितिमा हालै भएको परिवर्तनलाई ध्यानमा राखेर यस महिना ग्राहक बनाउनुहुँदा निम्न बुँदाहरू याद राख्न हामी पुनःआग्रह गर्न चाहन्छौं:

द वाचटावर अहिले कन्‍नड, मल्यालम, मराठी, तामिल र तेलगू भाषाहरूमा अर्धमासिक प्रकाशित हुन्छ; बङ्‌गाली, गुजराती, हिन्दी, नेपाली र उर्दू भाषामा मासिक प्रकाशित हुन्छ।

अवेक! अहिले मल्यालम र तामिल भाषामा अर्धमासिक प्रकाशित हुन्छ; गुजराती, कन्‍नड र तेलगू भाषामा मासिक प्रकाशित हुन्छ।

जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४०.०० मा। यो पुस्तक स्वीकार नगरेको खण्डमा १९२ पृष्ठ भएको कुनै पनि पुस्तक नियमित दर रु. १२.०० मा प्रस्तुत गर्न सकिन्छ। अङ्‌ग्रेजीमा, लाइफ—हाउ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? पुस्तक पनि चन्दास्वरूप रु. ४०.०० मा प्रस्तुत गर्न सकिन्छ।

जुलाई: तीन वटा ३२ पृष्ठ भएको सानो पुस्तिकालाई चन्दास्वरूप रु. ३.०० मा प्रस्तुत गर्न सकिन्छ। तल उल्लेखित साना पुस्तिकाहरू हामीसित प्रशस्त उपलब्ध छन्‌: अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट अङ्‌ग्रेजी, मराठी र तामिल भाषामा; फ्रम कुरूक्षेत्र टु आरमागेडोन—एण्ड योर सर्भाइभल अङ्‌ग्रेजी, मराठी र पन्जाबी भाषामा; इन सर्च अफ अ फादर (बौद्ध धर्मावलम्बीहरूका लागि) अङ्‌ग्रेजी भाषामा; के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ? अङ्‌ग्रेजी, गुजराती, हिन्दी, कंकनी (कन्‍नड र गोआली), मनिपुरी, मल्यालम, पन्जाबी र तामिल भाषामा; मुक्‍ति तर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग अङ्‌ग्रेजी, लुशाई, मल्यालम र तामिल भाषामा; जीवनमा अझ बढी केही छ! अङ्‌ग्रेजी, हिन्दी, लुशाई, मराठी, पन्जाबी र तामिल भाषामा; “दिस गुड न्युज अफ द किङ्‌गडम” अङ्‌ग्रेजी, गुजराती, खासी, कंकनी (कन्‍नड र गोआली), लुशाई, मनिपुरी, मराठी, मल्यालम र तामिल भाषामा; मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? अङ्‌ग्रेजी, हिन्दी, नेपाली, पन्जाबी र तामिल भाषामा। तपाईंको भाषामा कुनै पनि साना पुस्तिकाहरू उपलब्ध छैनन्‌ भने स्कूल पुस्तिका बाहेक अरू कुनै पुस्तिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्न सक्नुहुन्छ। कृपया याद गर्नुहोस्‌: माथि उल्लिखित साहित्य अभियानहरूका निम्ति अहिलेसम्म अर्डर नपठाएका मण्डलीहरूले आउँदो साहित्य माग फाराम (S-14) भर्दा अर्डर गरिहाल्नुपर्छ।

▪ व्यावहारिक छ भने चाँडै अँध्यारो नहुने समयमा साँझपख साक्षी दिने काममा मण्डलीले भाग लिन प्राचीनहरूले प्रबन्ध गर्नुपर्छ।

▪ यस साल अङ्‌ग्रेजी, मल्यालम, र तामिल भाषाका बिल्लाहरू साथै बिल्ला होल्डरहरू अर्डरविना पठाइने छैन। अतः मण्डलीहरूले अहिलेदेखि नै १९९४ मा हुने “ईश्‍वरीय भय” जिल्ला सम्मेलनको निम्ति चाहिने बिल्लाहरूको आवश्‍यक परिमाण नियमित साहित्य माग फाराममा (S-14) भरेर पठाउनुहोस्‌। कृपया याद गर्नुहोस्‌: प्लाष्टिक बिल्ला होल्डर (अथवा चिकित्सा निर्देश-पत्र प्लाष्टिक होल्डर) मात्रै पठाउँदा प्राय हुलाकमा हराउने गर्छन्‌। त्यसकारण साहित्य माग फाराममा ती मात्र बेग्लै अर्डर नगर्नुहोस्‌ तर अरू वस्तुहरू अर्डर गर्दा त्यही फाराममा अर्डर गर्नुहोस्‌ ताकि तिनीहरू अरू साहित्यहरू सङ्‌गै एउटै बाकसमा पोका पार्न सकियोस्‌। आवश्‍यक भएमा बिल्लाहरू मात्रै पनि अर्डर गर्न सकिन्छ किनभने ती परिवहनमा हराउला जस्तो देखिंदैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने