घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू:
जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४०.०० मा। यो पुस्तक स्वीकार नगरेको खण्डमा १९२ पृष्ठ भएको कुनै पनि पुस्तक नियमित दर रु. १२.०० मा प्रस्तुत गर्न सकिन्छ। अङ्ग्रेजीमा, लाइफ—हाउ डिड इट गेट ह्यर? बाइ एभलुशन अर बाइ क्रिएशन? पुस्तक पनि चन्दास्वरूप रु. ४०.०० मा प्रस्तुत गर्न सकिन्छ। (सानोको रु. २०.००)
जुलाई: ३२ पृष्ठ भएको कुनै तीन साना पुस्तिकाहरूलाई चन्दास्वरूप रु. ३.०० मा प्रस्तुत गर्न सकिन्छ। निम्न पुस्तिकाहरू हामीसित प्रशस्त उपलब्ध छन्: अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट अङ्ग्रेजी र मराठी मा; फ्रम कुरुक्षेत्र टु आरमागेडोन—एण्ड योर सर्भाइभल अङ्ग्रेजी, पन्जाबी र मराठी मा; इन सर्च अफ अ फादर (बौद्ध धर्मावलम्बीहरूका लागि) अङ्ग्रेजी मा; के हाम्रो चिन्ता गर्ने एउटा परमेश्वर हुनुहुन्छ? अङ्ग्रेजी, कंकनी (कन्नड र गोआली), गुजराती, तामिल, पन्जाबी, मनिपुरी, मल्यालम र हिन्दी मा; मुक्ति तर्फ लैजाने ईश्वरीय सत्यको मार्ग अङ्ग्रेजी, तामिल, मल्यालम र लुशाई मा; जीवनमा अझ बढी केही छ! अङ्ग्रेजी, तामिल, पन्जाबी, मराठी, लुशाई र हिन्दी मा; “दिस गुड न्युज अफ द किङ्गडम” कंकनी (कन्नड र गोआली), खासी, गुजराती, तामिल, मनिपुरी, मराठी, मल्यालम र लुशाई मा; मृत्युमाथि विजय—के यो तपाईंको लागि सम्भव छ? अङ्ग्रेजी, नेपाली, पन्जाबी र हिन्दी मा; तपाईंको भाषामा कुनै पनि साना पुस्तिकाहरू उपलब्ध छैनन् भने स्कूल पुस्तिका बाहेक अरू कुनै पुस्तिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्न सक्नुहुन्छ।
अगस्त: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिका चन्दास्वरूप रु. ४.०० मा। यो पुस्तिका उपलब्ध नभएमा अथवा अन्य कुनै विषय उपयुक्त भएमा ३२ पृष्ठ भएको निम्न पुस्तिकाहरूमध्ये कुनै प्रयोग गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?; पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!; “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,”; शुड यु बिलिभ इन द ट्रिनिटी?; द डिभाइन नेम द्यात विल इण्ड्योर फरेभर; त्यो राज्य जसले प्रमोदवन ल्याउने छ; र जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अङ्ग्रेजीमा, ठूलोको रु. ४०.००)
कृपया याद गर्नुहोस्: माथि उल्लिखित साहित्य अभियानहरूका निम्ति अहिलेसम्म अर्डर नपठाएका मण्डलीहरूले आउँदो साहित्य माग फाराम (S-14) भर्दा अर्डर गरिहाल्नुपर्छ।
▪ व्यावहारिक छ भने चाँडै अँध्यारो नहुने समयमा सन्ध्याकालीन साक्षी दिने काममा मण्डलीले भाग लिन प्राचीनहरूले प्रबन्ध गर्नुपर्छ।
▪ राज्य भवनको निम्ति जग्गा किन्न अथवा निर्माण योजना थाल्नु अगावै त्यस मण्डलीका सम्बन्धित प्राचीनहरूले आफ्नो योजनाको पूर्ण विवरण दिंदै सोसाइटीलाई सम्पर्क गर्नुपर्छ। सो योजनालाई स्वीकृति दिनुअघि सोसाइटीले केही सुझावहरू दिन चाहन सक्छ।
▪ मण्डलीको अध्यक्ष अथवा उनले खटाएको व्यक्तिद्वारा मण्डलीको लेखा परीक्षण जून १ अथवा त्यसको तुरुन्तैपश्चात् यथासक्य चाँडो गरिहाल्नुपर्छ। काम सकिएपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ ‘REPORT DESK’ लेखिएको सानो खैरो खाममा अन्य कागज पत्रहरू समावेश नगर्नुहोस्। यो खाम तपाईंको मण्डलीको रिपोर्ट (S-1) पठाउनको लागि मात्र हो जुन हरेक महिनाको छ तारिखसम्म पठाइसकेको हुनुपर्छ।
▪ सेप्टेम्बर १९९४ को चार हप्तासम्म हामीले जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिका मण्डली पुस्तक अध्ययनमा पढ्नेछौं। यो पुस्तिका अङ्ग्रेजी, कन्नड, गुजराती, तामिल, तेलगु, नेपाली, बङ्गाली, मराठी, मल्यालम, र हिन्दी मा उपलब्ध छ। अहिले नै यो पुस्तिका पर्याप्त परिमाणमा अर्डर गर्नुहोस्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
मल्यालम: सिङ्ग प्रेजेज टु जेहोभा (ठूलो)
▪ पुनः उपलब्ध प्रकाशनहरू:
अङ्ग्रेजी, तामिल र तेलगु मा: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!