ईश्वरतान्त्रिक समाचार
भारत: अप्रिल महिनाका क्रियाकलापहरू असाध्यै राम्रा भए। दुई वर्षमा प्रथम पटक पुस्तक तथा पत्रिका वितरण र तीन वर्षमा प्रथम पटक पत्रिकाको ग्राहक सङ्ख्या लगायत प्रत्येक क्षेत्रमा उच्चतम शिखर कायम भयो। पन्ध्र महिनामा प्रकाशकहरूको जम्मा सङ्ख्यामा बाह्रौं शिखर (१४,१९४) कायम हुनुको साथै नियमित अग्रगामीहरू (८१८), पुनःभेटहरू (७९,८७१) र बाइबल अध्ययन (१२,९६३) सङ्ख्यामा पनि सबैभन्दा उच्चतम शिखर कायम भयो।
सदाझैं अप्रिल महिनामा सहायक अग्रगामीहरूको वार्षिक शिखर भयो (१,८०१)—गत सालभन्दा ४१ प्रतिशत बढी! गत शिखरभन्दा १८ प्रतिशत वृद्धि भएर सेवकाईमा बिताइएको घण्टा ३,३३,४८९ पुग्यो। पत्रिका र पुस्तक वितरण सङ्ख्यामा १२ र १० प्रतिशत वृद्धि भएर क्रमशः १,३३,२९२ र ७,८३८ पुग्यो; गत शिखरभन्दा २६ प्रतिशत वृद्धि भएर ३,२३५ ग्राहकताहरू प्राप्त भयो। त्यसै महिनामा ७१,९९८ वटा साना पुस्तिकाहरू वितरण गरिए। आश्चर्यको कुरा, त्यो सङ्ख्या भर्खरै फेब्रुअरी महिनामा कायम भएको शिखरभन्दा ९७ प्रतिशतले बढी थियो!
सन् १९९४ को स्मरणार्थमा ३८,१९२ जना उपस्थित भए र चार जनाले प्रतीकहरूमा भाग लिए। यसले गत सालको उपस्थितिभन्दा ९.२ प्रतिशत वृद्धि र प्रत्येक मण्डलीको औसत उपस्थिति ७९ देखाउँछ।