प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 सेप्टेम्बर p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 सेप्टेम्बर p. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू

सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अङ्‌ग्रेजीमा ठूलो साइजको रु. ४०.००)

अक्टोबर: अवेक! अथवा प्रहरीधरहरा को ग्राहक बनाउने। अर्धमासिक संस्करणहरूका लागि वार्षिक ग्राहक शुल्क दर रु. ६०.००। मासिक संस्करणहरूका लागि वार्षिक ग्राहक र अर्धमासिक संस्करणहरूका लागि छ-महिने ग्राहक शुल्क दर रु. ३०.००। मासिक संस्करणहरूका लागि छ-महिने ग्राहक सुविधा छैन।

नोभेम्बर: न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स र द बाइबल—गड्‌स वर्ड अर म्यान्स? पुस्तक एकसाथमा। अङ्‌ग्रेजी बाहेक अन्य भाषाहरूमा स्कूल पुस्तिका बाहेक अन्य कुनै पुस्तिका वा कुनै १९२ पृष्ठ भएको पुस्तक प्रस्तुत गर्न सकिन्छ।

डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४०.०० मा। स्टकमा छैन भने वा परिस्थितिवश अरू कुनै पुस्तक प्रस्तुत गर्नुपरेमा माइ बुक अफ बाइबल स्टोरिज अथवा तपाईं सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्न सक्नु हुन्छ त्यति नै चन्दामा प्रस्तुत गर्न सक्नुहुन्छ (सानो साइजको सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक, रु. २०.०० मात्र)

◼ मण्डलीको अध्यक्ष वा तिनले नियुक्‍त गरेको कुनै व्यक्‍तिले सेप्टेम्बर १ तारिख वा तत्पश्‍चात्‌ सकभर चाँडो मण्डलीको लेखा परीक्षण गराउनुपर्छ। काम फत्ते भएपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

◼ अक्टोबर महिनामा सहायक अग्रगामी गर्ने योजना बनाइराखेका प्रकाशकहरूले शीघ्र आफ्नो आवेदन फाराम बुझाउनुपर्छ। यसो गरेमा साहित्य र इलाकाको आवश्‍यक प्रबन्ध गर्न प्राचीनहरूलाई मदत पुग्नेछ।

◼ पुनस्थापित हुन चाहने बहिष्कृत वा सङ्‌गतिबाट अलग पारिएका कुनै पनि व्यक्‍तिबारे अप्रिल १५, १९९१, वाचटावर को पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पुनः ध्यान दिन प्राचीनहरूलाई स्मरण गराइन्छ।

◼ अब उप्रान्त ‘रिकर्ड अफ डिस्फेलोशिपिङ्‌ग अर डिस्‌अशोशिएटिङ्‌ग’ को S-79b कार्ड पहिले जस्तो हरियो नभइ हल्का खैरो रङ्‌गको हुनेछ। S-79a कार्ड भने सुन्तला रङ्‌गकै हुनेछ। ती कार्डहरू भर्ने तरिका यथावतै छ।

◼ जून १९९३ को हाम्रो राज्य सेवकाई मा उल्लेख गरिएझैं यो वर्ष पनि केरलामा हुने दुवै सम्मेलनमा भाग लिन कुनै निश्‍चित क्षेत्रलाई खटाएका छैनौं। तसर्थ, डिसेम्बर ३०, १९९४ देखि जनवरी १, १९९५ सम्म सम्पन्‍न हुने कोटायाम सम्मेलनमा उपस्थित हुन हामी केरलाका सम्पूर्ण साक्षीहरू तथा जिज्ञासुहरूलाई फेरि प्रोत्साहित गर्छौं। देशका अन्य प्रान्तमा बस्नुहुने भाइहरूको इच्छा भएदेखि यस बृहत्‌ जमघटमा उपस्थित हुन पनि हामी उहाँहरूलाई प्रोत्साहित गर्छौं। र वासको लागि उहाँहरूले चाँडै कोटायमस्थित सम्मेलन मुख्यालयमा लेखिहाल्न हामी अनुरोध गर्दछौं। केरलामा हुने दोस्रो सम्मेलन जनवरी ६-८, १९९५ कालिकटमा हुनेछ। अस्वस्थताको कारण या घरगृहस्थीको जिम्मेवारीले गर्दा कोटायाम सम्मेलनमा उपस्थित हुन नसक्नेहरूलाई ध्यानमा राख्दै तयार पारिएको हुँदा यो सम्मेलन अलि सानो हुनेछ।

◼ बङ्‌गाली भाषाका लागि हामी अझ धेरै अनुवादकहरू चाहन्छौं। पूर्ण-समय अनुवाद कार्यको लागि प्रशिक्षण लिन इच्छुक भाइ-बहिनीले हामीसित अनुवाद परीक्षण सामग्रीको माग गर्न सक्छन्‌। आवेदकहरू १९ देखि ३५ वर्षको, विवाहित हो भने छोराछोरी नभएको, बेथेलमा सेवा गर्न उपयुक्‍त र बङ्‌गाली अनि अङ्‌ग्रेजी भाषाको ज्ञाता हुनुपर्छ। अग्रगामीहरूलाई प्राथमिकता दिइनेछ।

◼ प्रकाशकहरूले पठाएको व्यक्‍तिगत साहित्य मागलाई सोसाइटीले मञ्जुर गर्दैन। कुनै पुस्तक, पुस्तिका आदि चाहिएमा साहित्य सेवकलाई त्यसको जानकारी दिनुपर्छ र तिनले तुरुन्त आउँदो साहित्य माग फाराममा त्यसलाई समावेश गर्नेछ। हरेक पल्ट सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीको अध्यक्षले त्यसको घोषणा गराउने प्रबन्ध मिलाउनुपर्छ ताकि व्यक्‍तिगत साहित्य माग चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिनसकोस्‌।

◼ अब हामी नेपाली, बङ्‌गाली, मराठी र हिन्दी भाषामा शीर्षक तथा मितिसहित त्रैमासिक पत्रिकाको रूपमा अवेक! प्रकाशित गर्दैछौं। अवेक! ब्रोश्‍यरका लागि अर्डर पठाइसक्ने मण्डलीहरूलाई हामी यी पत्रिकाहरू पठाउनेछौं। यसपश्‍चात्‌ साबिक बमोजिम आफ्नो अर्डर वा नयाँ अर्डर पत्रिका वितरण माग फाराममा (M-AB-202) भरेर पठाउन मण्डलीहरूलाई आग्रह गरिन्छ। त्रैमासिक अवेक! पत्रिका ग्राहक सुविधाद्वारा उपलब्ध हुनेछैन। तर अन्य भाषामा जस्तै उपरोक्‍त भाषाहरूमा पनि प्रति गोटाको रूपमा प्रहरीधरहरा र अवेक! लाई एकसाथ प्रस्तुत गर्न सबैलाई प्रोत्साहित गरिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने