अप्रिल महिनाका लागि सेवा सभाहरू
अप्रिल ३ मा सुरु हुने हप्ता
गीत २०३ (४३)
१० मि:स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू। “स्मरणार्थ उत्सवको लागि सबै कुराको तयारी गर्नुहोस्” लेख पुनरावृत्ति।
१५ मि:“हामीसित जे छ त्यसको लागि कृतज्ञ।” प्रश्नोत्तर। समयले भ्याएमा अगस्त १, १९९०, वाचटावर, पृष्ठ १९-२०, अनुच्छेद १५-२० मा आधारित थप टिप्पणीहरू गर्नुहोस्।
२० मि:“प्रहरीधरहरा र ब्यूँझनुहोस्!—हाम्रो आपत्कालीन समयका लागि पत्रिकाहरू!” श्रोतागणसित छलफल गर्नुहोस्। पत्रिकाहरूप्रति मूल्यांकन व्यक्त गरेका अनुभवहरू बताउनुहोस्। (g91 7/22 p. 9) दिइएका सुझावहरू प्रयोग गरेर प्रस्तुति कसरी तयार पार्ने भनी दुइ प्रकाशकहरूलाई देखाउन लगाउनुहोस् र त्यसपछि आफ्ना प्रस्तुतिहरू एक अर्कासित साटेर पनि प्रदर्शन गराउनुहोस्।
गीत २१९ (५०) र समापन प्रार्थना।
अप्रिल १० मा सुरु हुने हप्ता
गीत २१२ (११०)
१० मि:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र चन्दा मूल्यांकन अभिव्यक्ति। “यहोवा के साक्षी” पेटीमा ध्यानाकर्षण गर्नुहोस्। स्मरणार्थ उत्सवमा उपस्थित हुन जिज्ञासुहरूलाई मदत दिनुपर्ने आवश्यकताबारे सबैलाई सम्झाउनुहोस्। यो सप्ताहन्त क्षेत्र सेवकाईमा भाग लिन विशेष प्रयत्न गर्न सबैलाई आग्रह गर्नुहोस्।
१५ मि:“हाम्रो राज्य एकता कायम गर्ने।” श्रोतागणसित छलफल गर्नुहोस्।
२० मि:“प्रभुको काममा प्रशस्त हुँदै जाओ।” सेवा निरीक्षकद्वारा प्रश्नोत्तर छलफल। विशेष राज्य समाचार घर-घरमा वितरण गर्ने विस्तृत प्रबन्धहरू पुनरावृत्ति गर्नुहोस्। मण्डलीलाई तोकिएको सबै इलाका वा नभए यथासम्भव बढी सिध्याउने योजनाहरू छलफल गर्नुहोस्। प्रथम चोटि सेवामा भाग लिनेहरूलाई मदत दिन के गर्न सकिन्छ भनी वर्णन गर्नुहोस्। (हाम्रो राज्य सेवकाई मार्च १९९५, पृष्ठ १ हेर्नुहोस्।)
गीत १५० (८३) र समापन प्रार्थना।
अप्रिल १७ मा सुरु हुने हप्ता
गीत २१४ (८२)
१३ मि:स्थानीय घोषणाहरू। स्मरणार्थ उत्सवका प्रोत्साहनदायी बुँदाहरू बताउनुहोस् र उपस्थित भएका नयाँ व्यक्तिहरूलाई थप सहयोग प्रदान गर्न सकिने तरिकाहरू पुनरालोवकन गर्नुहोस्। नवजिज्ञासुहरूलाई अप्रिल २३ को विशेष भाषणमा उपस्थित हुन र पुनः फर्किने मदत दिन सबैलाई आग्रह गर्नुहोस्। राज्य समाचार वितरणको लागि क्षेत्र सेवकाईका प्रबन्धहरू पुनरावृत्ति गर्नुहोस्।
१५ मि:“के तपाईं आवश्यकता देख्नुहुन्छ?” प्रश्नोत्तर। गोठालो गर्ने कार्यमा प्राचीनहरूले हासिल गर्न प्रयास गरिरहेका ताजा लक्ष्यहरू छोटकरीमा बताउनुहोस्। मदत दिन व्यक्तिविशेषले के गर्नसक्छन्, सो बताउनुहोस्।
१७ मि:“शिक्षणीय व्यक्तिहरू खोज्नुहोस्।” पुनः भेट गर्नुपर्ने महत्त्वमाथि छलफल गर्नुहोस्। बाइबल प्रयोग गर्न प्रोत्साहन दिनुहोस्। छोटकरीमा एक दुइवटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्।
गीत १९७ (५७) र समापन प्रार्थना।
अप्रिल २४ मा सुरु हुने हप्ता
गीत १६७ (४२)
१५ मि:स्थानीय घोषणाहरू। ईश्वरतान्त्रिक समाचार। इलाकामा राज्य समाचार वितरणको प्रगतिबारे पुनरावृत्ति गर्नुहोस्। राज्य समाचार प्रस्तुत गर्दा पाएका अनुभवहरू बताउन प्रकाशकहरूलाई निमन्त्रणा दिनुहोस्। स्थानीय इलाकामा उपयुक्त हुने पत्रिकाका प्रस्तुतिहरू सुझाव दिनुहोस्। दिन लामो हुँदै जाँदा सन्ध्याकालीन साक्षीमा भाग लिन मण्डलीले प्रबन्ध गरेको छ भने त्यो घोषणा गर्नुहोस्।
१२ मि:स्थानीय आवश्यकताहरू। वा जनवरी १५, १९९५, पृष्ठ २१-३, प्रहरीधरहरा-मा अरूलाई प्रोत्साहनको स्रोत बन्नुहोस् लेखमा आधारित भाषण।
१८ मि:नियमित तवरमा पारिवारिक अध्ययन सञ्चालन गर्नुहोस्। आफ्ना छोरा-छोरीहरूले आध्यात्मिक प्रगति नगरेकोमा पति र पत्नीले चिन्ता व्यक्त गर्छन्। पारिवारिक अध्ययन गर्ने सम्बन्धमा आफूले हेलचेक्य्राइँ गरेको पतिले स्वीकार्छन्; कहिलेकाहीं कुनै प्रकारको पारिवारिक निर्देशन नदिइकन हप्तौं बित्छ। तिनीहरूले स्कूल गाइडबुक, (पाठशाला निर्देशन पुस्तक) पृष्ठ ३७-८, अनुच्छेद १२-१४ मा दिइएका सल्लाह र निर्देशन पुनरावृत्ति गर्छन्। अन्य क्रियाकलापहरूले हस्तक्षेप गर्न नदिइकन प्रत्येक हप्ता पारिवारिक अध्ययनलाई प्राथमिकता दिन दुवै सहमत हुन्छन्।
गीत १४२ (९३) र समापन प्रार्थना।