प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जून पृ. ३
  • वर्षात्‌ पुनः सुरु भयो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वर्षात्‌ पुनः सुरु भयो!
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 जून पृ. ३

वर्षात्‌ पुनः सुरु भयो!

१ वर्षात्‌ले गर्मीको तापबाट छुटकारा त दिन्छ तर यात्रा गर्दा र सेवकाईमा भाग लिंदा समस्याहरू पनि ल्याउँछ। तथापि, हामीले आफैलाई हाम्रो प्राथमिक सूचीमा ईश्‍वरतान्त्रिक क्रियाकलापहरू पहिलो स्थानमा हुनुपर्छ भनेर सम्झाई रहनुपर्छ। हामी अझ क्षेत्र सेवकाईमा नियमित रूपमा भाग लिन र मण्डलीलाई तत्परतासाथ रिपोर्ट दिन चाहन्छौं। यसले हामीलाई वर्षात्‌मा सेवकाईको निम्ति सुसज्जित हुन आवश्‍यक बनाउँछ अर्थात्‌ हामीसित राम्रो छाता वा बर्साती र पानी नछिर्ने झोला हुनुपऱ्‍यो। हर समय सुहाउँदो साहित्यहरू आफूसित राखेमा अनौपचारिक साक्षी दिने समयमा पनि ती टक्राउन सकिन्छ।

२ बिदा सकेर स्कूल फर्कन लागेका जवान व्यक्‍तिहरू पनि क्षेत्र सेवकाईमा नियमित भइरहन सतर्क हुनुपर्छ। हामी सबैले व्यक्‍तिगत अध्ययनको तालिका कायम राख्ने कोसिस गर्नुपर्छ। त्यसअन्तर्गत सभाहरूमा पढिने बाइबल पढाइ र हरेक हप्ता सभाहरूमा अध्ययन गरिने विषयवस्तुहरू समावेश छन्‌। वर्षात्‌का महिनाहरूमा हाम्रो दैनिक तालिकामा परिवर्तन आए तापनि हामी ‘महत्त्वपूर्ण आध्यात्मिक कुराहरूमा पछि पर्न चाहदैनौं।’—फिलि. १:१० न्युव.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने