घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। गृह बाइबल अध्ययनहरू सुरु गर्ने प्रयत्न गर्नुपर्छ। अक्टोबर: प्रहरीधरहरा र अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। नोभेम्बर: सम्भव भएमा न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-को (पवित्र शास्त्रको नयाँ विश्व अनुवाद) साथमा द बाइबल—गड्स वर्ड अर म्यान्स् (बाइबल—परमेश्वरको वचन वा मानिसको) पुस्तक चन्दास्वरूप रु. ७५.०० मा प्रस्तुत गर्नुपर्छ। त्यसको साटो म्यानकाइन्डस् सर्च फर गड (मानवजातिद्वारा परमेश्वरको खोज) पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ। घरधनीहरूले अंग्रेजी पढ्न सक्दैनन् भने हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका पुस्तकहरूमध्ये कुनै एक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। अझै उपलब्ध यी पुस्तकहरूको सूचीको लागि अगस्त १९९५ को हाम्रो राज्य सेवकाई-को घोषणा स्तम्भ हेर्नुहोस्। हाम्रो स्टकमा यी पुस्तकहरू कति भाषाहरूमा नभएको हुनाले, बंगाली वा पंजाबी जान्ने व्यक्तिहरूलाई हाम्रा समस्याहरू वा “हेर!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ अनि नेपाली जान्ने व्यक्तिलाई जीवनको आनन्द उठाउनुहोस् पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालम जान्ने व्यक्तिहरूलाई योर युथ—गेटिंग द बेस्ट आउट अफ इट्! (तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने!) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। कृपया यो पुस्तकलाई विशेष दरमा प्रस्तुत गरिंदैन भन्ने कुरालाई ध्यान दिनुहोस्। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४५.०० मा। यसको विकल्प, बाइबलका कथाहरू भएको मेरो पुस्तक अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. ४५.०० मा नै प्रस्तुत गर्न सकिन्छ (सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको सानो साइज रु. २५.००)।
टिपोट: माथि उल्लिखित साहित्य अभियानको लागि मण्डलीहरूले अर्डर अझसम्म पठाएका छैनन् भने अर्को महिनाको साहित्य माग फाराममा (S-AB-14) अर्डर गरिहाल्नुपर्छ।
▪ मण्डलीको अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ मा वा त्यसको तत्कालैपछि मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि, मण्डलीमा घोषणा गर्नुहोस्।
▪ अक्टोबर महिनामा सहायक अग्रगामी गर्न चाँजो मिलाउने प्रकाशकहरूले अगाडि नै आवेदन दिनुपर्छ। यसो गर्दा साहित्य र क्षेत्रको लागि आवश्यक प्रबन्धहरू मिलाउन प्राचीनहरूलाई सजिलो हुन्छ।
▪ पुनःस्थापित हुने मनोवृत्ति देखाएका बहिष्कृत व्यक्तिहरूको सम्बन्धमा अप्रिल १५, १९९१, वाचटावर-को पृष्ठ २१-३ मा दिएका निर्देशनहरू ध्यान दिन प्राचीनहरूलाई स्मरण गराइन्छ।
▪ पुनामा “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनको निम्ति मुख्य कार्यालयको ठेगाना परिवर्तन गरिएको छ: Mr. P. Suryavanshi, Flat F-28, Pimple Apartments, Near Post Office, Kasarwadi, Pune, MAH 411 034.