प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अक्टोबर p. २
  • अक्टोबर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 अक्टोबर p. २

अक्टोबर महिनाका लागि सेवा सभाहरू

अक्टोबर २ मा सुरु हुने हप्ता

गीत १४९ (६९)

१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू। हाम्रो राज्य सेवकाई-को यही अंकमा समावेश “१९९६ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका”-को आ-आफ्नो प्रति राख्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। यो १९९६ भरि हेर्नुपर्ने भएकोले सजिलै भेटाउन सकिने ठाउँमा राख्नुपर्छ।

१५ मि: “निरन्तर यहोवाको स्तुति गर्नुहोस्‌।” प्रश्‍नोत्तर। उल्लिखित र उद्धृत शास्त्रपदहरूको प्रयोगमाथि जोड दिनुहोस्‌।

२० मि: “हरेक अवसरमा ग्राहक बनाउने प्रस्ताव राख्नुहोस्‌।” मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌ र ग्राहक बन्‍ने प्रस्ताव राख्न प्रयोग गर्न सकिने केही ताजा लेखहरू पुनरावृत्ति गर्नुहोस्‌। दुइ तीनवटा प्रदर्शनीहरू प्रस्तुत गर्नुहोस्‌। ग्राहक बन्‍न इन्कार गर्ने मानिसहरूलाई एक प्रति पत्रिका दिन नभुल्नुहोस्‌।

गीत १५३ (४४) र समापन प्रार्थना।

अक्टोबर ९ मा सुरु हुने हप्ता

गीत १३१ (५५)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

२० मि: स्थानीय आवश्‍यकताहरू। वा प्राचीनद्वारा जुलाई १५, १९९५, प्रहरीधरहरा पृष्ठ २५-७ को “बहिष्कार गर्नु—मायालु प्रबन्ध?” लेखमा आधारित भाषण।

२० मि: “अलमल्याउने कुराहरूलाई पन्छ्याउँदै के हामी जागा भएर बसेका छौं?” प्रश्‍नोत्तर। समयले भ्याएमा मे १, १९९२, वाचटावर, पृष्ठ २०-२ मा आधारित थप टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत १२८ (८९) र समापन प्रार्थना।

अक्टोबर १६ मा सुरु हुने हप्ता

गीत १२० (२६)

१० मि: स्थानीय घोषणाहरू। उनान्साठी भाषाहरूको प्रस्तुति भएको गुड न्युज फर अल नेशन्स्‌ (सबै राष्ट्रहरूका लागि सुसमाचार) पुस्तिकामा ध्यानाकर्षण गर्नुहोस्‌। क्षेत्र सेवकाईमा हामीले नजान्‍ने भाषा बोल्ने व्यक्‍ति भेट्‌दा यो पुस्तिका चलाउन प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “भारतमा सम्पन्‍न मिनिस्टेरियल ट्रेनिंग स्कूलको पहिलो कक्षा।” सचिवद्वारा भाषण। आध्यात्मिक लाभहरूमाथि जोड दिनुहोस्‌ र योग्य भाइहरूलाई अर्को क्षेत्रीय सम्मेलनमा त्यस कक्षाको लागि निवेदन दिन प्रोत्साहित गर्नुहोस्‌।

२० मि: “उद्देश्‍यसहितका पुनःभेटहरू।” पुनःभेटहरू गर्नुको उद्देश्‍य छलफल गर्नुहोस्‌। योग्य प्रकाशकहरूलाई दुइटा भिन्दाभिन्दै प्रस्तुतिहरू प्रदर्शन गर्न लगाउनुहोस्‌। पहिलो भेटमा ग्राहक बन्‍न इन्कार गर्नेहरूलाई पुनःभेट गर्दा कसरी ग्राहक बन्‍ने प्रस्ताव राख्न सकिन्छ, देखाउनुहोस्‌।

गीत १३० (५८) र समापन प्रार्थना।

अक्टोबर २३ मा सुरु हुने हप्ता

गीत  १०० (५९)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: “हामीलाई मण्डली चाहिन्छ।” प्रश्‍नोत्तर छलफल।

२० मि: संगठनप्रति ध्यान केन्द्रित गर्नुहोस्‌। सेवा निरीक्षकले यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌ पुस्तिका प्रयोग गर्दै दुइ वा तीन जना प्रकाशकहरूसित छलफल गर्छन्‌। संगठन कसरी संचालन हुन्छ र विभिन्‍न क्रियाकलापहरूको प्रबन्ध कसरी गरिन्छ अनि तिनीहरू त्यसमा कसरी समावेश हुनसक्छन्‌ भनेर इच्छुक व्यक्‍तिहरूलाई अवगत गराउनु किन लाभदायी छ, व्याख्या गर्नुहोस्‌। पृष्ठ १४ र १५ मा दिइएको ‘प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू’-मा आधारित केही बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌। त्यसपछि ती प्रकाशकहरूले पुनःभेट अथवा बाइबल अध्ययन गर्दा त्यस पत्रिकाबाट छलफल गरेर इच्छुक व्यक्‍तिलाई मण्डलीमा उपस्थित हुनुपर्ने आवश्‍यकता बुझ्न मदत गरेको छोटो प्रदर्शन देखाउनुहोस्‌।

गीत १२६ (१०) र समापन प्रार्थना।

अक्टोबर ३० मा सुरु हुने हप्ता

गीत १५९ (६७)

१० मि: स्थानीय घोषणाहरू। डिसेम्बर महिनामा सरकारी विदा धेरै हुने भएकोले सहायक अग्रगामीको हैसियतमा सेवा गर्न सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

१५ मि: के तपाईंले सुझाव गरिएका मानिसहरू भेट्‌ने प्रयास गर्नुभएको छ? भाषण। केही प्रकाशकहरूले यसप्रकार नयाँ गृह बाइबल अध्ययनहरू संचालन गर्न सकेका छन्‌: इच्छुक व्यक्‍तिसित केही समय अध्ययन गरिसकेपछि बाइबल अध्ययन गर्न इच्छुक मित्र, नातेदार वा परिचितहरू कोही छन्‌ कि भनेर सोध्छन्‌। यसरी सोध्दा प्रायः निकै व्यक्‍तिहरूको नाउँ दिइन्छ। तर यी व्यक्‍तिहरूलाई भेट्‌न जाँदा उहाँहरूको नाउँ लिन मिल्छ वा मिल्दैन सोध्नुहोस्‌। तिनीहरूलाई भेट्‌नु हुँदा “फलानाले बाइबल अध्ययन गर्नुभएर निकै आनन्द प्राप्त गर्नुभयो। र तपाईंले पनि हाम्रो बाइबल अध्ययन कार्यक्रमबाट लाभ उठाउन चाहनुहुन्छ होला भन्‍ने उहाँलाई लागेकोले म तपाईंलाई भेट्‌न आएको हुँ” भन्‍नुहोस्‌। यसो गर्दा फलदायी पुनःभेट तथा बाइबल अध्ययनहरू हुनसक्छन्‌। यसप्रकार इच्छुक व्यक्‍तिहरू भेटाएका वा नयाँ बाइबल अध्ययनहरू संचालन गर्न सक्षम भएका प्रकाशकहरूको एक दुइटा अनुभवहरू समावेश गर्नुहोस्‌।

२० मि: नोभेम्बर महिनामा न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-को (पवित्र शास्त्रको नयाँ विश्‍व अनुवाद) साथमा द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌ (बाइबल—परमेश्‍वरको वचन वा मानिसको) पुस्तक प्रस्तुत गर्ने। रीजनिंग (तर्क) पुस्तकको पृष्ठ २७६-८० मा न्यु वर्ल्ड ट्रान्सलेशन-को (नयाँ विश्‍व अनुवाद) विशेषता पुनरावृत्ति गर्नुहोस्‌। “डेफिनेशन” (परिभाषा) पढ्‌नुहोस्‌। त्यो प्रकाशित गरिएको कारण बताउनुहोस्‌। न्यु वर्ल्ड ट्रान्सलेशन (नयाँ विश्‍व अनुवाद) प्रस्तुत गर्दा सबैलाई सकारात्मक हुन प्रोत्साहन दिनुहोस्‌। यसको अलावा तपाईंको भाषामा उपलब्ध १९२ पृष्ठ भएको पुस्तक वा हाम्रो राज्य सेवकाई-मा सुझावित पुस्तक, पुस्तिका, आदि साथमा राख्नुहोस्‌। एक योग्य प्रकाशकलाई द बाइबल—गडस्‌ वर्ड अर म्यान्स्‌? (बाइबल—परमेश्‍वरको वचन वा मानिसको?) पुस्तकको पृष्ठ १८४, अध्याय १४ को परिचयात्मक टिप्पणी चलाउँदै पुस्तक प्रस्तुत गरेको छोटो प्रदर्शन गर्न लगाउनुहोस्‌। दोस्रो प्रदर्शनीमा स्थानीय तवरमा प्रयोग गरिने वैकल्पिक प्रस्तुति प्रदर्शन गराउनुहोस्‌। यस हप्ता सेवकाईमा प्रयोग गर्न आ-आफ्नो प्रति लैजान सबैलाई सम्झाउनुहोस्‌।

गीत १३८ (७१) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने