प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 जनवरी p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
हाम्रो राज्य सेवकाई—१९९६
km96 जनवरी p. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जनवरी: हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका कुनै पनि पुस्तक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। यस समूहका निम्न पुस्तकहरू हामीसित अझै उपलब्ध छन्‌: अंग्रेजी: डिड म्यान गेट ह्‍यर बाइ एभलुशन अर बाइ क्रिएशन? (मानिस यहाँ विकासवाद वा सृष्टिद्वारा आयो?) र इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?); कन्‍नडा: “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्‌”) र “थिङ्‌स इन ह्वीच इट इज इम्पसिबल फर गड टु लाइ” (“परमेश्‍वरलाई झूट बोल्न असम्भव छ”); गुजराती: गुड न्युज—टु मेक यु ह्‍याप्पि (तपाईंलाई खुशी तुल्याउने सुसमाचार), “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्‌”) र द ट्रुथ द्यात लिड्‌स टु इटर्नल लाइफ (अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य); तामिल: इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?), “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्‌”); तेलगु: इज दिस लाइफ अल देर इज? (के जीवन यति नै हो?) र मेकिङ योर फ्यामिली लाइफ ह्‍याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने); मराठी: “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्‌”), लिसनिङ टु द ग्रेट टिचर (महान्‌ शिक्षकको कुरा सुन्‍ने); हिन्दी: गुड न्युज—टु मेक यु ह्‍याप्पि (तपाईंलाई खुशी तुल्याउने सुसमाचार), “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्‌”)। बंगाली वा पंजाबी भाषा बुझ्नेहरूलाई हाम्रा समस्याहरू वा “हेर!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ। नेपाली भाषा बुझ्नेहरूलाई जीवनको आनन्द उठाउनुहोस्‌ पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालम पढ्‌न रुचाउनेहरूलाई मेकिङ योर फ्यामिली लाइफ ह्‍याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। नबिर्सनुहोस्‌, यो पुस्तक विशेष दरमा प्रयोग गर्नको लागि होइन। फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ। (ठूलो साइजको रु. ४०.००)। अन्यथा मेकिङ योर फ्यामिली लाइफ ह्‍याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। यस पुस्तकको तेलगु संस्करण विशेष दरमा रु. ८.०० लिएर प्रस्तुत गर्न सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। यदि यो पुस्तक मण्डलीमा उपलब्ध छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ। (ठूलो साइजको रु. ४०.००)। अप्रिल र मे: प्रहरीधरहरा र अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। सूचना: फेब्रुअरी महिनाको निम्ति सुझावित प्रस्तुति परिवर्तन गरिएको छ। सधैंभरि बाँच्न सक्नु हुन्छ र फ्यामिली (परिवार) पुस्तकहरू प्रशस्त मात्रामा उपलब्ध गर्न र ती पुस्तकहरूको उचित प्रयोग गर्न हामी सबै मण्डलीलाई प्रोत्साहन दिन्छौं। प्रकाशकहरूले वर्षभरि यी पुस्तकका केही प्रतिहरू साथै राख्नसक्छन्‌ र हरेक उपयुक्‍त अवसरमा ती प्रस्तुत गरिहाल्नुपर्छ। उपरोक्‍त साहित्य अभियानको लागि आवेदन नपठाएका मण्डलीहरूले अर्को साहित्य आवेदन फाराम (S-AB-14) भरेर पठाइहाल्नुपर्छ।

▪ यस वर्ष अप्रिल २, मंगलबारका दिन सूर्यास्तपश्‍चात्‌ स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले सुविधाजनक प्रबन्धहरू मिलाउनुपर्छ। प्रत्येक मण्डलीले स्मरणार्थ उत्सव बेग्लाबेग्लै ठाउँमा मनाउन चाहलान्‌ तर यो सधैं सम्भव नहुनसक्छ। सामान्यतः थुप्रै मण्डलीहरूले एउटै राज्य भवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्को भवन प्रयोग गर्नसक्छन्‌। नवजिज्ञासुहरूलाई उपस्थित हुन अप्ठ्यारो पर्ने गरी स्मरणार्थ उत्सव असाध्यै ढिलो सुरु गर्नु हुँदैन। यसबाहेक, स्मरणार्थ उत्सवको अघिपछि आगन्तुकहरूलाई अभिवादन गर्न, केहीलाई निरन्तर आध्यात्मिक मदत दिने प्रबन्ध मिलाउन वा प्रोत्साहनको सामान्य आदानप्रदान गर्न नभ्याउने गरी सभाहरूको समय तालिका खचाखच गर्नु हुँदैन। यी सबै कुराहरूलाई राम्ररी ध्यान दिइसकेपछि स्मरणार्थ उत्सवमा उपस्थित व्यक्‍तिहरूले उक्‍त उत्सवबाट पूर्ण लाभ उठाउन मदतकारी साबित हुने प्रबन्धबारे प्राचीनहरूले निर्णय गर्नुपर्छ।

▪ आइतबार, अप्रिल २१ तारिखका दिन १९९६ को स्मरणार्थ महिनामा विशेष जनभाषण दिइनेछ। भाषणको विषय “यस टेढो पुस्ताबीच निष्खोट रहनु” हुनेछ। यो भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता परिभ्रमण निरीक्षकको भ्रमण, क्षेत्रीय सम्मेलन अथवा त्यो सप्ताहन्त विशेष सम्मेलन दिन हुने मण्डलीहरूमा उक्‍त भाषण त्यसपछिको हप्तामा दिइनेछ। अप्रिल २१ तारिखअघि कुनै पनि मण्डलीले यो विशेष भाषण दिएको हुनु हुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने