प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 सेप्टेम्बर p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
हाम्रो राज्य सेवकाई—१९९६
km96 सेप्टेम्बर p. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू: सेप्टेम्बर: पाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. २०.०० मा। अन्यथा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा? (अंग्रेजी) पुस्तकहरू चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। पंजाबी पढ्‌न रुचाउनेहरूलाई चन्दास्वरूप रु. २०.०० मा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रस्तुत गर्न सकिन्छ। अक्टोबर: प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक संस्करणको वार्षिक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा उपलब्ध छैन। ग्राहक बन्‍न अस्वीकार गरेमा प्रति पत्रिका चन्दास्वरूप रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। नोभेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। प्रस्तुत गरिएका सबै ठाउँहरूमा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर फेरि भेट्‌न विशेष प्रयास गरिनेछ। डिसेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। अन्यथा उपयुक्‍त भएमा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ। पंजाबी पढ्‌न रुचाउनेहरूलाई चन्दास्वरूप रु. २०.०० मा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ प्रस्तुत गर्न सकिन्छ। सूचना: उपरोक्‍त साहित्य अभियानको लागि आवेदन नपठाएका मण्डलीहरूले अर्को साहित्य आवेदन फाराम (S-AB-14) भरेर पठाइहाल्नुपर्छ।

▪ मण्डली अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ वा त्यसको तत्कालैपछि मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यो काम सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ अक्टोबर महिनामा सहायक अग्रगामी गर्ने योजना बनाएका प्रकाशकहरूले ढिलासुस्ती नगरी आफ्नो आवेदन चाँडै पेश गरिसक्नुपर्छ। यसो गर्नुभयो भने प्राचीनहरूले पत्रिका, साहित्य तथा इलाकाको लागि आवश्‍यक प्रबन्धहरू मिलाउन सक्नेछन्‌।

▪ पुनर्स्थापित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा फेब्रुअरी १, १९९२ प्रहरीधरहरा-को पृष्ठ १७-९ मा दिइएका निर्देशनहरू पछ्याउन प्राचीनहरूलाई स्मरण गराइन्छ।

▪ कलकत्तामा हुने जिल्ला अधिवेशनको तालिकामा हेरफेर गरिएको छ र त्यो डिसेम्बर २७-२९, १९९६ मा सम्पन्‍न हुनेछ।

▪ सन्‌ १९९७ जनवरीदेखि ब्यूँझनुहोस्‌!-को मराठी संस्करण मासिक प्रकाशित हुनेछ।

▪ अगस्त महिनाको क्षेत्र सेवकाई रिपोर्ट बिहीबार, अगस्त २९ वा आइतबार, सेप्टेम्बर १ सम्म जसरी भए पनि आफ्नो मण्डलीमा बुझाइहाल्न हामी सबै प्रकाशकहरूलाई प्रोत्साहन दिन्छौं। त्यसपछि मण्डलीको सचिवले मण्डली रिपोर्ट (S-1) मंगलबार, सेप्टेम्बर ३ भित्र सोसाइटीलाई पठाइहाल्न यथाशक्य प्रयत्न गर्नुपर्छ। त्यसो गरियो भने सेवा वर्षको वार्षिक रिपोर्ट जम्मा गरूञ्जेल ती हामीकहाँ समयमै पुग्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने