घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा। पुस्तक प्रस्तुत गरिएका सबै ठाउँहरूमा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर फेरि भेट्न विशेष प्रयास गरिनेछ। डिसेम्बर: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००)। अन्यथा, उपयुक्त भएमा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ। जनवरी: कुनै पनि पुराना १९२ पृष्ठ भएका पुस्तकहरू विशेष प्रस्तुतिको रूपमा चन्दास्वरूप रु. १०.०० मा प्रस्तुत गर्ने। यस समूहका निम्न पुस्तकहरू हामीसित अझै उपलब्ध छन्: अंग्रेजी: के जीवन यति नै हो? र मानिस यहाँ विकासवाद वा सृष्टिद्वारा आयो?; कन्नडा: “तपाईंको राज्य आओस्” र “परमेश्वरले झूट बोल्न असम्भव छ”; गुजराती: अनन्त जीवनतर्फ डोऱ्याउने सत्य, “तपाईंको राज्य आओस्” र तपाईंलाई खुशी तुल्याउने सुसमाचार; तामिल र हिन्दी: “तपाईंको राज्य आओस्”; तेलगु: के जीवन यति नै हो?; मराठी: “तपाईंको राज्य आओस्” र महान् शिक्षकको कुरा सुन्ने। नेपाली वा बंगाली पढ्न रुचाउने व्यक्तिहरूलाई कुनै पनि ३२ पृष्ठ भएका ठूलो पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ। मल्यालम पढ्न चाहनेलाई तपाईंको पारिवारिक जीवन सुखी बनाउने पुस्तक चन्दास्वरूप रु. २०.०० मा र पंजाबी पढ्न चाहनेलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। कृपया स्मरण रहोस्, माथि उल्लिखित यी दुइ पुस्तकहरू विशेष दरमा प्रस्तुत गर्नका लागि होइनन्। फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० (ठूलो साइजको रु. ४५.००) मा अथवा तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। पंजाबी पढ्न रुचाउनेहरूलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। अन्यथा कुनै पनि १९२ पृष्ठ भएका पुराना पुस्तकहरू विशेष प्रस्तुतिको रूपमा चन्दास्वरूप रु. १०.०० मा प्रस्तुत गर्न सकिन्छ।
▪ राज्य समाचार न. ३४ अझै पनि मण्डलीमा उपलब्ध छन् भने ढोका-ढोका वा अन्य कतै यसलाई पनि अरू पर्चाहरूजस्तै प्रयोग गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिन सकिन्छ। तपाईंको क्षेत्रमा अनुमति छ भने, घरमा नभएकाहरूको घरमा पनि यो पर्चा बटुवाहरूले पटक्कै नदेख्ने गरी छोड्न सकिन्छ। यो मूल्यवान् सन्देशका बाँकी प्रतिहरू वितरण गर्न प्रयत्न गर्नुपर्छ।
▪ सन् १९५१ देखि १९५९ सम्मका अंग्रेजी प्रहरीधरहरा-का सजिल्द खण्डहरू अर्डर गरेका मण्डलीहरूलाई हालै यी पठाउँदैछौं। प्रकाशक र अग्रगामीहरूका लागि प्रत्येक खण्डको रु. ९०.०० र पूरै नौवटाको रु. ८१०.०० पर्छ। यी खण्डहरू थन्काएर राख्ने होइन तर अर्डर गरेका व्यक्तिविशेषलाई तुरुन्तै वितरण गर्नुपर्छ र सोसाइटीलाई तत्कालै भुक्तानी पठाउनुपर्छ। कृपया स्मरण रहोस्, यी सजिल्द खण्डहरू विशेष आवेदन मालतालअन्तर्गत पर्छन्। त्यसैले विशेष आवेदन गरिने समयमा मात्र यी अर्डर गर्नुपर्छ। विशेष आवेदनअन्तर्गत पर्ने अन्य मालतालहरूजस्तै यसको भुक्तानी पनि सोसाइटीमा अर्को पटक अर्थ सम्प्रेषण पठाउँदासँगै पठाउनुपर्छ।
अर्डरबमोजिम सम्पूर्ण मण्डलीहरूले यी पुराना खण्डहरू प्राप्त गरिसकेपछि पुराना खण्डहरूका लागि हामीसित कुनै पनि थाती अर्डर रहनेछैन। तथापि, हाम्रो स्टकमा यी खण्डहरूमध्ये केही बाँकी हुनेछन्। त्यसकारण यी खण्डहरू प्राप्त गर्न चाहनेले मण्डली मार्फत यसको लागि तुरुन्तै आवेदन दिइहाल्नुपर्छ। यी खण्डहरूको स्टक सिद्धिएपछि हामी पुराना खण्डहरूका लागि दिइएका आवेदनहरू स्वीकार्ने छैनौं। विद्यमान स्थायी अर्डरको आपूर्ति त निरन्तर भइरहनेछन् र उप्रान्त आगामी खण्डहरूका लागि पठाइएका स्थायी अर्डरहरू मात्र स्वीकारिनेछन्।