प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 मार्च p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 मार्च p. ७

घोषणाहरू

▪ यस वर्ष स्मरणार्थ उत्सवताकाको विशेष जनभाषण आइतबार अप्रिल ६ तारिखका दिन दिइनेछ। भाषणको विषय हो, “सांसारिक अशुद्ध कुराहरूबाट अलग हुनुहोस्‌।” त्यसमा हामी सबै उपस्थित हुनुपर्छ र स्मरणार्थमा आउने सबैलाई उक्‍त भाषण सुन्‍न उपस्थित हुन सहयोग गर्नुपर्छ। हामीले सुन्‍ने कुराहरूले पक्कै पनि परमेश्‍वरलाई खुशी तुल्याउने हाम्रो अडानलाई फेरि ताजा पार्नेछन्‌।

▪ सबैभन्दा महान्‌ पुरुष पुस्तकबाट मण्डली पुस्तक अध्ययन गर्दा पूर्ण लाभ उठाउन, कृपया अप्रिल १९९३, पृष्ठ ८, हाम्रो राज्य सेवकाई-मा दिइएका उत्तम निर्देशनहरू हेर्नुहोस्‌। उक्‍त लेखले प्रत्येक अध्याय कसरी तयारी गर्ने र मण्डली पुस्तक अध्ययनमा कस्तो ढंगमा अध्ययन गरिन्छ भनेर बयान गर्छ। यस जानकारी पुनरावलोकन गरेको खण्डमा अध्ययन संचालक र उपस्थित हुने अरू सबैले पनि लाभ उठाउनेछन्‌।

▪ हरेक समुदायमा वर्षभरि बेलाबेलामा सांसारिक बिदाहरू हुन्छन्‌। त्यतिबेला स्कूल छुट्टी हुन्छ अनि काममा पनि जानु पर्दैन। यसले गर्दा मण्डलीलाई क्षेत्र सेवकाईमा बढी भाग लिने राम्रो मौका मिल्छ। यस्तो बेला कहिले पर्छ भन्‍ने कुरा प्राचीनले पहिले नै पत्ता लगाउनुपर्छ र त्यस्तो बिदामा सामूहिक प्रचार क्रियाकलापको प्रबन्ध हुँदैछ भनेर पहिले नै मण्डलीलाई सूचना दिनुपर्छ।

▪ मार्च १ अथवा त्योभन्दा चाँडै मण्डलीको अध्यक्ष वा उनले खटाएको व्यक्‍तिले मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यो काम सिद्धिएपछि मण्डलीको घोषणामा उल्लेख गर्नुपर्छ।

▪ मार्च १, १९९७ देखि कन्‍नडा, तेलगु र मराठी भाषाका प्रहरीहरहरा र हाम्रो राज्य सेवकाई-मा आ-आफ्नै भाषामा उपलब्ध गीति पुस्तिका-बाट विषय सुहाउँदो गीतको संख्या राखिनेछ। यी भाषाहरूमा सञ्चालन हुने सभाहरूमा अंग्रेजी गीतहरू प्रयोग नगरी आ-आफ्नै भाषाका गीतहरू प्रयोग गर्नुपर्छ। यसो गर्दा प्रकाशकहरूका साथसाथै सभामा उपस्थित हुने अरू व्यक्‍तिले पनि आफ्नो भाषाका राज्य गीतहरू राम्ररी गाउन जान्‍ने हुन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने