घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएका पुस्तिकाहरूमध्ये कुनै पनि चन्दास्वरूप रु. ६.०० मा प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो?—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, सधैंभरि रहिरहने ईश्वरीय नाउँ (अंग्रेजी) र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: चन्दास्वरूप रु. २०.०० मा पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्ने। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। यो महिनाको अन्ततिर राज्य समाचार न. ३५ वितरण गरिनेछ।
सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन् भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।
▪ अगस्त महिनामा पाँच शनिबार हुने हुँदा यो महिनामा धेरैको लागि सहायक अग्रगामी गर्न अनुकूल हुनसक्छ।
▪ साहित्यहरूको वार्षिक मौज्दात तयार पार्नुपर्ने भएकोले अगस्त १, १९९७ पछि प्राप्त हुने निवेदनहरू सेप्टेम्बर महिनाको दोस्रो हप्तापछि मात्र चलानी गरिनेछ। अतः यो कुरा ध्यानमा राख्दै आफूलाई के कति साहित्यहरू चाहिने हो, पहिले नै पक्का गरेर त्यहीअनुरूप यो महिनाको साहित्य निवेदन पठाउनुहोस्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
के यो संसार रहिरहनेछ? पर्चा न. १९—कोंकनी (रोमन लिपि)
तपाईं किन बाइबलमा विश्वास गर्न सक्नुहुन्छ पर्चा न. १३—उर्दू