प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अगस्त पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 अगस्त पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू अगस्त: निम्न ३२ पृष्ठ भएका पुस्तिकाहरूमध्ये कुनै पनि चन्दास्वरूप रु. ६.०० मा प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो?—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ (अंग्रेजी), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: चन्दास्वरूप रु. २०.०० मा पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्ने। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक सुविधा छैन। ग्राहक बन्‍न अस्वीकार गरेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। ग्राहक बनाउँदा कृपया यो कुरा याद राख्नुहोस्‌, पंजाबी र ऊर्दूबाहेक (यी भाषाहरूमा मासिकमा मात्र) सबै भारतीय र नेपाली भाषामा प्रहरीधरहरा अर्धमासिकमा छ। ब्यूँझनुहोस्‌! तामिल र मल्यालममा अर्धमासिक तर कन्‍नडा, गुजराती, तेलगु, नेपाली, मराठी र हिन्दीमा मासिक प्रकाशित हुन्छ। उर्दू, पंजाबी र बंगालीमा मण्डलीले वितरण गर्नको लागि त्रैमासिकमा ब्यूँझनुहोस्‌! उपलब्ध छ तर यी तीन भाषाहरूमा ग्राहक सुविधा उपलब्ध छैन। यो महिनाको अन्ततिर राज्य समाचार नं. ३५ वितरण गरिनेछ। नोभेम्बर: राज्य समाचार न. ३५ को वितरण कार्य जारी राखिनेछ। प्रत्येक घर अथवा निवास स्थानहरूका मानिसहरूलाई राज्य समाचार न. ३५ दिएर पूरै क्षेत्र ढाकिसकेका मण्डलीहरूले त्यहाँ ज्ञान पुस्तक रु. २०.०० मा प्रस्तुत गर्नसक्छन्‌।

सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन्‌ भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।

▪ पहिला दिइएको तालिकाअनुसार डिसेम्बर २६-२८ मा कोट्याममा हुने भनिएको जिल्ला अधिवेशन त्यही मितिमा इर्नाकुलममा हुनेछ। अधिवेशनको केन्द्रीय कार्यालयको ठेगाना हो: c/o Ipe Thomas, C-32/1994 Netaji Road, Edappally P.O., Cochin, KER 682 024.

▪ जुनसुकै समुदायमा पनि वर्षभरिमा थुप्रै बिदाहरू हुन्छन्‌। त्यस्ता दिनहरूमा केटाकेटीहरू स्कूल जानु पर्दैन र कामकाजबाट पनि फुर्सत पाइन्छ। त्यस्तो बिदाले मण्डलीलाई क्षेत्र सेवकाईमा बढी समय बिताउने एकदमै राम्रो मौका दिन्छ। प्राचीनहरूले पहिले नै त्यस्ता बिदाहरू कहिले कहिले पर्छन्‌ पत्ता लगाएर ती दिनहरूमा सामूहिक प्रचारको लागि के कस्तो प्रबन्ध गरिंदै छ, त्यसबारे मण्डलीलाई अग्रिम जानकारी दिनुपर्छ।

▪ प्रत्येक मण्डलीले तीनवटा साहित्य सूची फाराम (S-AB-18) पाउनेछन्‌। मण्डलीको सचिवले अगस्त महिनाको सुरुतिरै साहित्य सेवकलाई भेटेर त्यस महिनाको अन्तमा मण्डलीसित साहित्यहरूको बाँकी स्टकको सूची तयार गर्न मिति तय गर्नुपर्छ। स्टकमा भएका सबै साहित्यहरूको सही गणना लनुपर्छ र कुल संख्या साहित्य सूची फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। कृपया सेप्टेम्बर ६ अगावै सोसाइटीलाई त्यसको सकली प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। सचिवले सूचीमा भर्ने कार्यलाई सुपरिवेक्षण गर्नुपर्छ र पूरा भरिसकेको फारामलाई मण्डलीको अध्यक्षले जाँच्नुपर्छ। सचिव र अध्यक्ष दुवैले फाराममा दस्तखत गर्नेछन्‌।

▪ मण्डलीको सचिवले मण्डली विश्‍लेषण रिपोर्ट फाराम (S-10) भर्न सेवा रिपोर्टहरू जम्मा गर्नेछन्‌। यस काममा सहयोग गर्ने कुनै प्राचीन वा सेवकाई सेवकलाई तिनले होशियारीपूर्वक निर्देशन दिनेछन्‌ ताकि प्रकाशक अभिलेख कार्डबाट (S-21) आवश्‍यक जानकारीहरू लिएर सही सूची तयार गर्न सकियोस्‌। मण्डली विश्‍लेषण रिपोर्ट फाराममा सही विवरणहरू सफासित भर्नुपर्छ र त्यसमा हस्ताक्षर गर्नुअघि सेवा समितिले होशियारीपूर्वक जाँच्नुपर्छ। कृपया नबिर्सनुहोस्‌, फाराममा दिइएका प्रथम पाँच पेटीहरूमा साप्ताहिक सभाहरूको औसत उपस्थिति भर्नुपर्छ। कृपया पेटीहरू माथि दिइएका निर्देशनहरूअनुरूप हिसाब गर्नुहोस्‌। यो पनि नबिर्सनुहोस्‌, फारामपछाडि पुछारबाट दोस्रो पेटीमा नियुक्‍त प्राचीनहरूको संख्या मात्र लेख्नुपर्छ। कायममुकायम निरीक्षकहरू सेवकाई सेवकहरू हुन्‌ र तिनीहरूको संख्या अन्तिम पेटीमा लेख्नुपर्छ। कृपया सोसाइटीलाई S-10 फारामको सकली प्रति सेप्टेम्बर १० अगावै पठाउनुहोस्‌; त्यसको एउटा प्रतिलिपि आफ्नो फाइलमा राख्नुहोस्‌।

▪उपलब्ध नयाँ प्रकाशनहरू:

बाइबलका कथाहरू भएको मेरो पुस्तक (सानो)—तामिल

▪ स्टकमा नभएका प्रकाशनहरू:

“तपाईंको राज्य आओस्‌”—मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने