प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 अक्टोबर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 अक्टोबर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: पारिवारिक आनन्दको रहस्य पुस्तक चन्दास्वरूप रु. २०.०० मा प्रस्तुत गर्ने। अक्टोबर: हप्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक सुविधा छैन। ग्राहक बन्‍न अस्वीकार गरेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। ग्राहक बनाउँदा कृपया यो कुरा याद राख्नुहोस्‌, ऊर्दू र पंजाबीबाहेक (यी भाषाहरूमा मासिकमा मात्र) सबै भारतीय र नेपाली भाषामा प्रहरीधरहरा अर्धमासिक हुन्‌। ब्यूँझनुहोस्‌! तामिल र मल्यालममा अर्धमासिक तर कन्‍नडा, गुजराती, तेलगु, नेपाली, मराठी र हिन्दीमा मासिक प्रकाशित हुन्छ। उर्दू, पंजाबी र बंगालीमा मण्डलीले वितरण गर्नको लागि त्रैमासिकमा ब्यूँझनुहोस्‌! उपलब्ध छ तर यी तीन भाषाहरूमा ग्राहक सुविधा उपलब्ध छैन। अक्टोबर १२ देखि राज्य समाचार न. ३५ वितरण गरिनेछ। नोभेम्बर: राज्य समाचार न. ३५ वितरणकार्य जारी रहनेछ। सबै राज्य समाचार न. ३५ वितरण गरिसके पश्‍चात्‌ ज्ञान पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। डिसेम्बर: यी तीन पुस्तकहरूमध्ये कुनै एक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, (सानो साइजको रु. २५.००), बाइबलका कथाहरू भएको मेरो पुस्तक, (सानो साइजको रु. ३०.००) वा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष। जुलाई महिनाको हाम्रो राज्य सेवकाईमा सूचीबद्ध विशेष दरमा प्रस्तुत गरिने कुनै पनि पुस्तक रु. २.५० मा विकल्पको रूपमा प्रस्तुत गर्न सकिन्छ। जनवरी: सोसाइटीले अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरेका कुनै पनि पुराना १९२ पृष्ठ भएका पुस्तकहरू प्रस्तुत गर्ने। स्थानीय भाषामा यी पुस्तकहरू उपलब्ध नभए ज्ञान वा पारिवारिक आनन्द पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ।

सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन्‌ भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।

▪ मण्डलीसित संगत गर्ने व्यक्‍तिहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को व्यक्‍तिगत ग्राहक निवेदनलगायत नयाँ र नवीकरण गरिएका ग्राहक निवेदनहरू मण्डली मार्फत पठाउनुपर्छ।

▪ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ १९९८ को लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” हो र यो सन्‌ १९९८ को वर्षभरि तालिका हेर्न राख्नुपर्छ।

▪ नोभेम्बर महिनामा पाँच शनिबार हुने हुँदा यो महिनामा धेरैका लागि सहायक अग्रगामी गर्न अनुकूल हुनसक्छ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

पारिवारिक आनन्दको रहस्य—उर्दू

वाचटावर र अवेक!-का १९९६ सजिल्द खण्डहरू—अंग्रेजी

बाइबलका कथाहरू भएको मेरो पुस्तक (सानो साइज)—कन्‍नडा

▪ पुनः उपलब्ध प्रकाशनहरू:

पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद, डिलक्स खल्तीमा हाल्न मिल्ने (Dlbi25), कालो र कलेजी रंगमा—अंग्रेजी

मृत्युमाथि विजय—के यो तपाईंको लागि सम्भव छ?—गुजराती, तामिल

▪ स्टकमा नभएका प्रकाशनहरू:

एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध—मल्यालम

नयाँ संसारमा बाँच्नु—मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने