प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 डिसेम्बर पृ. ५-६
  • ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 डिसेम्बर पृ. ५-६

ईश्‍वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावृत्ति

ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा सेप्टेम्बर १ देखि डिसेम्बर २२, १९९७ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्‌।

[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्‍नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्‍नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्‍तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, उत्तर दिनुहोस्‌:

१. परमेश्‍वरले बौद्धिक प्राणीहरूलाई स्वेच्छा नदिनुभएको भए दुष्टता हुने नै थिएन। [ rs पृ. ४२८ अनु. २]

२. लूका २२:३० मा उल्लिखित “इस्राएलका बाह्रै कुल” र मत्ती १९:२८ मा उल्लिखित बाह्र कुलको अर्थ एउटै हो, जहाँ येशूका आत्मा-अभिषिक्‍त सहपूजाहारीहरूलाई मात्र होइन सम्पूर्ण मानवजातिलाई नै समेटिएको छ। [साप्ताहिक बाइबल पढाइ; w८७ ३/१ पृ. २७ अनु. १०; पृ. २८ अनु. १२ हेर्नुहोस्‌।]

३. येशूले सामरी स्त्रीसित कुरा गर्नुहुँदा चेलाहरू छक्क पर्नुको कारण त्यस स्त्रीको अनैतिक जीवनशैली थियो। (यूह. ४:२७) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ७/१५ पृ. १५ अनु. १-२ हेर्नुहोस्‌।]

४. यूहन्‍ना ६:६४ को “शुरूदेखि” भन्‍ने अभिव्यक्‍तिले यहूदा प्रेरित हुन छानिंदा त्यसले पछि धोखा दिनेछ भनेर येशूलाई थाह थियो भन्‍ने संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; it-२ पृ. १२९ अनु. ४-६ हेर्नुहोस्‌।]

५. परमेश्‍वरको दृष्टिमा भ्रूण पनि अमूल्य जीवन हो भनी बुझ्न प्रस्थान २१:२२, २३ ले मदत गर्छ। [ kl-NP पृ. १२८ अनु. २१]

६. पहिलो पत्रुस ३:३, ४ ले भद्र अनि सुहाउँदो वस्त्रहरूमाथि रोक नलगाए जस्तै गरगहना तथा श्रृंगारका सामानहरूको प्रयोगमाथि पनि रोक लगाउँदैन। [ rs पृ. ४३५ अनु. १]

७. यूहन्‍ना ५:१ मा उल्लिखित “यहूदीहरूको चाड़[ले]” सा.यु. ३१ को निस्तार चाडलाई संकेत गर्छ। [ si पृ. १९४ अनु. ८]

८. संगी उपासकले हाम्रो चित्त दुखाउँदा ऊसित कुनै सरोकारै नराखी पूर्णतया अलग बस्नु गलत हुनेछ। [ uw-NP पृ. १३४ अनु. ७]

९. सरकारी अख्तियारवालाहरू धर्मी होस्‌ वा कुकर्मी, साँचो मसीहीहरूले निजामती कानुनअनुसार आफ्नो विवाह ठीकसँग दर्ता गराउनुपर्छ। [ kl-NP पृ. १२२ अनु. ११]

१०. लूकाले एफिससमा प्रेरितको पुस्तक लेखेका थिए। [ si पृ. १९९ अनु. ३]

निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. प्रथम शताब्दीका एफिसी मसीहीहरूले गरेजस्तै आज दुष्टात्माहरूको विरोध गर्न कुन ठोस कदम चाल्नु आवश्‍यक छ? (प्रेरि. १९:१९) [ kl-NP पृ. ११४ अनु. १४]

१२. नूहको समयमा केही खास स्वर्गदूतहरूले कसरी पाप गरे? [ kl-NP पृ. १०९ अनु. ४]

१३. येशूले किन अंशबण्डाको झगडा सुल्झाउन इन्कार गर्नुभयो? (लूका १२:१३, १४) [साप्ताहिक बाइबल पढाइ; w-NP९७ ४/१ पृ. २८ हेर्नुहोस्‌।]

१४. प्रेरित १:६ अनुसार, के अहिल्यै इस्राएललाई राज्य फिर्ता गर्नुहुने हो भनेर येशूलाई प्रश्‍न गर्दा चेलाहरूलाई कुन कुरा थाह थिएन? [साप्ताहिक बाइबल पढाइ; w९० ६/१ पृ. ११ अनु. ४ हेर्नुहोस्‌।]

१५. वैवाहिक जीवन स्थायी बनाउने दुइ तत्त्वहरू बताउनुहोस्‌। [ uw-NP पृ. १४० अनु. ४]

१६. कुनै कुनै अवसरमा मसीही स्त्रीहरू किन शिर ढाक्छन्‌? [ rs पृ. ४३३ अनु. २]

१७. यूहन्‍ना १:१ मा अन्य अनुवादहरूले जस्तो “वचन परमेश्‍वरनै थियो” भन्‍ने शब्द नचलाई नयाँ विश्‍व अनुवाद-ले किन “वचन देवता थियो” भन्‍ने शब्द चलाउँछ? [साप्ताहिक बाइबल पढाइ; rs पृ. २१२ अनु. ५ हेर्नुहोस्‌।]

१८. प्रकाशको किताबअनुसार “जादुगरहरू[ले]” [“प्रेतवादीहरू,” NW] पश्‍चात्ताप गरेर गलत काम नछाडेमा नतिजा के हुनेछ? [ kl-NP पृ. १११ अनु. ८]

१९. येशू सिद्ध पुरुष हुनुहुन्थ्यो र शिक्षक हुँ भनी स्वीकार्नुभएको पनि थियो, तापनि उहाँले “उत्तम गुरु” भन्दा त्यसलाई किन स्वीकार्नुभएन? (लूका १८:१८, १९) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ३/१ पृ. १५ अनु. ७ हेर्नुहोस्‌।]

२०. यूहन्‍ना १३:३४ मा दिइएको आज्ञामा खास नयाँ कुरा के थियो? [साप्ताहिक बाइबल पढाइ; w९० २/१ पृ. २१ अनु. ५-६ हेर्नुहोस्‌।]

तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्‌:

२१. कुनै भाइले चित्त दुखाएको छ भने, आफै अग्रसर भई त्यस भाइसित ____________ पुनः कायम गर्न ____________ र ____________ चाहिन्छ। [ uw-NP पृ. १३५ अनु. १०]

२२. “दश अशर्फी[ले]” आत्मा-अभिषिक्‍त जनहरूले स्वर्गीय राज्यका अझ धेरै ____________ बनाउन चलाउन सक्ने ____________ संकेत गर्छ। (लूका १९:१३) [साप्ताहिक बाइबल पढाइ; w८९ १०/१ पृ. ८ हेर्नुहोस्‌।]

२३. यहूदा प्रान्तका बडाहाकिम पिलातससामु यहूदीहरूले येशूमाथि लगाएका तीन झूटा आरोपहरूमा ____________ पथभ्रष्ट पार्नु, ____________ तिर्न मनाही गर्नु र ____________ हुँ भनी आफ्नै मुखले स्वीकार्नु समावेश थियो। (लूका २३:२) [साप्ताहिक बाइबल पढाइ; w९० १२/१ पृ. ९ अनु. १ हेर्नुहोस्‌।]

२४. साँचो मसीहीहरू नता क्रिसमस न झूटो धर्मसिद्धान्तमा आधारित कुनै चाड मान्‍ने गर्छन्‌। किनकि तिनीहरू यहोवालाई ____________ चढाउँछन्‌; तिनीहरू पापी मानिसहरू वा राष्ट्रहरूलाई ____________ अन्य उत्सवहरूमा पनि भाग लिंदैनन्‌। [ kl-NP पृ. १२६ अनु. १६]

२५. बाइबलको विद्यार्थी भएको नाताले हामीले उपलब्ध इन्डेक्सहरूको प्रयोग गरी अनुसन्धान गर्न सिक्नुपर्छ र प्रत्येक प्रश्‍नको उत्तर ____________ अथवा ____________ भनी स्पष्टसँग दिएको पाउने आशा गर्नु हुन्‍न। ____________ लागि र आफ्नो परिवारका लागि प्रेम प्रदर्शित गर्ने खालका ____________ गर्नुपर्छ। [ uw-NP पृ. १४४ अनु. १३]

निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्‍नुहोस्‌:

२६. प्रेरित पत्रुसअनुसार हामी (पश्‍चात्तापी; विश्‍वासी; आज्ञाकारी) छौं भनेर प्रदर्शित गर्ने मौका पाओस्‌ भनेर नै यहोवाले अहिलेसम्म (दया; प्रेम; धैर्य धारण) गर्नुभएको हो। (२ पत्रु. ३:९) [ rs पृ. ४२९ अनु. २]

२७. मानिसहरूलाई स्वतन्त्र बनाउने सत्य (विज्ञान; झूटा धर्म; येशू ख्रीष्ट) सित सम्बन्धित सत्य हो। किनभने त्यस्तो सत्यद्वारा मात्र हामीले (झूटा धर्म; सांसारिक अफवाह; मृत्युदायी पाप) बाट छुटकारा पाउनसक्छौं। (यूह. ८:१२-३६) [साप्ताहिक बाइबल पढाइ; w८८ ५/१ पृ. ९ अनु. ५ हेर्नुहोस्‌।]

२८. ईश्‍वर भक्‍तिसाथ जीवन बितायौं भने, (हामीसित सबैले सधैं राम्रो व्यवहार गर्नेछ; अहिले प्रशस्त भौतिक धनसम्पति पाइनेछ; हामी जे गर्दैछौं सो ठीक गर्दैछौं र परमेश्‍वर हामीसित प्रशन्‍न हुनुहुन्छ) भन्‍ने कुराको ग्यारेन्टी हुन्छ। [ kl-NP पृ. ११८ अनु. २]

२९. येशूले प्रेरित पत्रुसलाई “के तिमी मलाई यिनीहरूभन्दा बढ़ी प्रेम गर्दछौ?,” भनी सोध्नुहुँदा (यी अरू चेलाहरूलाई भन्दा; यी अरू चेलाहरूले भन्दा; यी माछाहरूलाई भन्दा) पनि प्रेम गर्छौ भनेर सोध्नुहुँदैथियो। (यूह. २१:१५) [साप्ताहिक बाइबल पढाइ; w८८ ११/१ पृ. ३१ अनु. ९ हेर्नुहोस्‌।]

३०. यूहन्‍ना १०:१६ मा उल्लिखित “अरू भेड़ा[ले]” (अन्यजातिका मसीहीहरूलाई; यहूदी मसीहीहरूलाई; पार्थिव प्रमोदवनमा जीवन बिताउने प्रत्याशा हुनेजति सबैलाई) संकेत गर्छ। [ साप्ताहिक बाइबल पढाइ; w-NP९५ ४/१५ पृ. ३१ अनु. ४ हेर्नुहोस्‌।]

निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्‌:

प्रस्थ. ३१:१२, १३; हितो. ३:९, १०; मत्ती ५:१४-१६; लूका ९:६०, ६२; १३:४, ५

३१. येशूले आफ्नो स्रोताहरूले देखेसुनेका दुर्घटनाको उल्लेख गर्नुभएर र स्पष्टतः त्यसलाई समय र अवसरले गर्दा हुने घटनासित जोड्‌नुभएर कर्मफलको खण्डन गर्नुभयो। [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ९/१ पृ. ५ अनु. ५ हेर्नुहोस्‌।]

३२. मोशाको व्यवस्था सबै मानवजातिले मान्‍नैपर्छ भन्‍ने बाध्यता न पहिले थियो न अहिले छ। [ uw-NP पृ. १४७ अनु. ५]

३३. परमेश्‍वरको राज्यमा प्रवेश गर्न एक चित्तको भएर भक्‍ति चढाउनुपर्छ। [ si पृ. १९२ अनु. ३२]

३४. हामीले आफ्नो समय, शक्‍ति र पैसालगायत अन्य साधनहरू साँचो उपासना अघि सार्न चलायौं भने यहोवाले हामीमाथि आशिष्‌ वर्षाउनुहुनेछ। [ kl-NP पृ. १२० अनु. ८]

३५. मसीहीहरू परमेश्‍वरको नाउँ र उद्देश्‍यहरूबारे साक्षी दिन सक्रिय हुनैपर्छ। [ rs पृ. ४३८ अनु. ४]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने