प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जनवरी p. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९८
km98 जनवरी p. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जनवरी: सोसाइटीले अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरेका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू प्रस्तुत गर्ने। (जुलाई १९९७ को हाम्रो राज्य सेवकाई, पृष्ठ ६ र अप्रिल १४, १९९७ को सोसाइटीको पत्र हेर्नुहोस्‌।) स्थानीय भाषामा यी पुस्तकहरू उपलब्ध नभए ज्ञान वा पारिवारिक आनन्द पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००) वा सोसाइटीले सूचीबद्ध गरेको कुनै पनि पुरानो १९२ पृष्ठे पुस्तक अर्धमोल वा विशेष पुस्तक दरमा प्रस्तुत गर्न सकिन्छ। स्थानीय भाषामा यस्ता किताबहरू उपलब्ध छैनन्‌ भने ज्ञान वा पारिवारिक आनन्द पुस्तकहरू एउटाको रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ, चन्दास्वरूप रु. २०.०० मा। गृह बाइबल अध्ययन सुरु गर्न बढ्‌ता ध्यान दिनुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने।

▪ जनवरी ५ तारिखको हप्ताभरि सेवा सभामा उपस्थित बप्तिस्मा प्राप्त सबै प्रकाशकहरूले आफ्नो लागि एड्‌भान्स्‌ मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) र आफ्ना केटाकेटीहरूका लागि आइडेन्टीटी कार्ड (परिचयपत्र) साहित्य काउन्टरबाट लिन सक्छन्‌।

▪ यस वर्ष अप्रिल ११, शनिबारका दिन सूर्यास्तपश्‍चात्‌ स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले सुविधाजनक प्रबन्धहरू मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गरे तापनि स्मरणार्थका प्रतीकहरू पास गर्ने कार्यक्रम भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्य अस्ताउने समयबारे सही जानकारी लिनुहोस्‌। मण्डलीले स्मरणार्थ उत्सव बेग्लाबेग्लै ठाउँमा मनाउनु बेस हो तर यो सधैं सम्भव नहुनसक्छ। सामान्यतः थुप्रै मण्डलीहरूले एउटै राज्यभवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिनसक्छन्‌। नवजिज्ञासुहरूलाई उपस्थित हुन गाह्रो पर्ने गरी स्मरणार्थ उत्सव असाध्यै ढिलो सुरु गर्नु हुँदैन। यसबाहेक, स्मरणार्थ उत्सवको अघिपछि आगन्तुकहरूलाई अभिवादन गर्न, जिज्ञासुहरूलाई भने आध्यात्मिक मदत दिइरहन प्रबन्ध मिलाउन वा प्रोत्साहनको आदानप्रदान गर्न नभ्याउने गरी सभाहरूको समय तालिका गज्याङमज्याङ हुनु हुँदैन। यी सबै कुराहरूलाई राम्ररी ध्यान दिइसकेपछि स्मरणार्थ उत्सवमा उपस्थित हुने व्यक्‍तिहरूलाई उक्‍त उत्सवबाट पूर्ण लाभ हुने मदतकारी प्रबन्धहरू मिलाउन प्राचीनहरूले निर्णय गर्नुपर्छ।

▪ सन्‌ १९९८ को स्मरणार्थ उत्सवको दौडान विशेष जनभाषण आइतबार, मार्च २९ तारिखका दिन दिइनेछ। यो भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण, क्षेत्रीय सम्मेलन अथवा त्यो सप्ताहमा विशेष सम्मेलन दिन हुने मण्डलीहरूमा उक्‍त भाषण त्यसपछिको हप्तामा दिइनेछ। मार्च २९, १९९८ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

निराशहरूका लागि सान्त्वना (T-20) —कोंकनी (रोमन लिपिमा), पंजाबी

पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌ (T-21)—कोंकनी (रोमन लिपिमा), पंजाबी

स्तवमा यो संसारलाई कसले शासन गर्छ? (T-22) —कोंकनी (रोमन लिपिमा), पंजाबी

▪ स्टकमा नभएका प्रकाशनहरू:

एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध —तामिल

के जीवन यति नै हो?—तेलगु

“तपाईंको राज्य आओस्‌”—अंग्रेजी, कन्‍नडा, तामिल

बाइबल—परमेश्‍वरको वचन वा मानिसको?—अंग्रेजी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने