घोषणाहरू
▪ फेब्रुअरी का लागि साहित्य प्रस्तुति: पारिवारिक आनन्दको रहस्य। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। रुचि देखाउने व्यक्तिलाई दिन चाहनुहुन्छ पुस्तिका बोक्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्ने अथक प्रयास गर्नुहोस्।
▪ मार्च २२, १९९९ मा सुरु हुने हप्तादेखि आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक मण्डली पुस्तक अध्ययनमा छलफल गरिनेछ। हाम्रो राज्य सेवकाई-को यस अंकमा उक्त अध्ययनको सम्पूर्ण तालिका दिइएको छ। चाहिएको बेला तुरुन्तै हेर्न सकियोस् भनेर यो तालिका फोटोकपी गरेर आफ्नो पुस्तकमा राख्न सक्नुहुन्छ। हाम्रो राज्य सेवकाई, अप्रिल १९९३, पृष्ठ ८ को “आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष अध्ययन गर्ने,” लेखको अनुच्छेद ५ मा पुस्तक कसरी छलफल गर्ने निर्देशन दिइएको छ।
▪ मण्डलीका सचिव र सेवा निरीक्षक बसेर नियमित अग्रगामीहरूको काम पुनरावलोकन गर्नुपर्छ। तिनीहरूमध्ये कसैलाई घण्टा पुऱ्याउन मुस्किल परिरहेको छ भने प्राचीनहरूले सहयोग दिने प्रबन्ध गर्नुपर्छ। सुझाउका लागि अक्टोबर १ को सोसाइटीका वार्षिक पत्रहरू (S-201) पुनरावलोकन गर्नुहोस्। हाम्रो राज्य सेवकाई, (अङ्ग्रेजी) अक्टोबर १९८६ को परिशिष्टको अनुच्छेद १२-२० पनि हेर्नुहोस्।
▪ जनवरी १५, १९९९ अंकदेखि अर्धमासिक भाषामा उर्दू प्रहरीधरहरा उपलब्ध हुनेछ।