येशूको मृत्युको स्मरणार्थ उत्सव विश्वभरि मनाइनेछ
१ यहोवाले हामीलाई थुप्रै वरदानहरू दिनुभएको छ। उहाँले हामीलाई दिनुभएको भलाइ र कृपालाई “उहाँको बयान गरी नसक्ने वरदान” भनेर स्पष्टसित वर्णन गरिएको छ। हो, “परमेश्वरको असीम अनुग्रह” यति अद्भुत छ कि हामी यसलाई बयान गर्नैसक्दैनौं।—२ कोरि. ९:१४, १५.
२ उहाँले दिनुभएको सर्वोत्तम वरदान: हामीले पाएको सर्वोत्तम वरदान मुक्तिदाता, येशू ख्रीष्ट हुनुहुन्छ। यहोवाले आफ्नो अति प्रिय र एकमात्र पुत्रलाई मानवजातिको निम्ति यस संसारमा पठाउनु नै उहाँको प्रेमको सबैभन्दा ठूलो अभिव्यक्ति हो। (यूह. ३:१६) परमेश्वरबाट हामीले पाएको यस्तो असीम आशिष्को स्मरणार्थ उत्सव विश्वभरि मनाउनैपर्छ। कहिले अनि कसरी? अप्रिल १, १९९९ बिहिवार साँझ विश्वभरि नै मसीहीहरूले सबै बलिदानहरूभन्दा ठूलो बलिदानको स्मरण गर्दै प्रभुको साँझको भोज मनाउनेछन्।—१ कोरि. ११:२०, २३-२६.
३ “हामी पापी छँदै” ख्रीष्ट हाम्रानिम्ति मर्नुभयो। यसकारण उहाँको मृत्युको स्मरणार्थ मनाएर र अरूलाई पनि यस महत्त्वपूर्ण उत्सवमा भेला हुन आमन्त्रित गरेर यसको निम्ति हामी व्यक्तिगत तवरमा कृतज्ञता देखाउनसक्छौं।—रोमी ५:८.
४ सबैभन्दा महत्त्वपूर्ण घटना: येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउँदा उहाँले परमेश्वरको सार्वभौमिकतालाई उच्च पार्न कुनै कसर छोड्नुभएन भनेर देखाउँछ। येशूको बलिदानमा विश्वास गरेर हामीले यहोवाको अनुमोदन प्राप्त गर्नुका साथै उद्धार पनि पाउनसक्छौं भनेर यो स्मरणार्थ उत्सवले हामीलाई सम्झना गराउँछ। (प्रेरि. ४:१२) साँच्चै, यस वर्षको सबैभन्दा महत्त्वपूर्ण घटना यो हो!
५ हाम्रा छिमेकीहरूलाई प्रभुको साँझको भोजमा हामीसित भेला हुन आमन्त्रित गर्दा तिनीहरूप्रतिको हाम्रो प्रेम झल्किन्छ। यस बलिदानको महत्त्वबारे सिक्ने लाखौंले यसबाट फाइदा उठाउनसक्छन्। (फिलि. ३:८) येशूको बलिदानमा विश्वास गर्नेले अनन्त जीवनको आशा पाउनसक्छ।—यूह. १७:३.
६ स्मरणार्थको समयमा परमेश्वरको असीम अनुग्रहको मूल्यांकन गर्ने विशेष मौका पाउँछौं। परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा जोसका साथ भाग लिन यो उत्तम मौका हो। यहोवाको बयान गरी नसक्ने वरदानमा प्रार्थनापूर्वक मनन गर्ने सबैले ठूलो फाइदा पाउनेछन् र यस वर्ष प्रभुको साँझको भोजमा उपस्थित हुन प्रबन्ध मिलाउनेछन्!