घोषणाहरू
▪ मार्चमा प्रस्तुत गरिने साहित्यहरू: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुहोस्। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। इच्छुक व्यक्तिहरूलाई चाहनुहुन्छ पुस्तिका टक्य्राउनुहोस् र गृह बाइबल अध्ययन सुरु गर्न प्रयत्न गर्नुहोस्। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ।
▪ अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्न इच्छुक प्रकाशकहरूले अहिले नै योजना बनाउनुपर्छ र चाँडै निवेदन दिनुपर्छ। यसो गर्दा क्षेत्र सेवकाईका लागि आवश्यक प्रबन्ध मिलाउन र पर्याप्त मात्रामा पत्रिका तथा साहित्यहरूको प्रबन्ध गर्न प्राचीनहरूलाई सजिलो हुनेछ। सहायक अग्रगामी गर्न स्वीकृत प्रकाशकहरूको नाम मण्डलीमा घोषणा गर्नुपर्छ।
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले मार्च १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ स्मरणार्थ बिहिबार अप्रिल १, १९९९ मा पर्छ। यदि तपाईंको मण्डलीमा बिहिबार सभा हुन्छ र राज्यभवनमा मिल्छ भने ती सभाहरूलाई हप्ताको अरू दिनमा सार्नुहोस्। यसो गर्न सम्भव छैन वा तपाईंको सेवा सभामा यसले असर गर्छ भने मण्डलीमा विशेष गरेर लागू हुने मुख्य भागहरू अर्को सेवा सभामा समावेश गर्न सकिन्छ।
▪ मण्डलीसित संगत गर्ने व्यक्तिहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को व्यक्तिगत ग्राहक निवेदनलगायत नयाँ र नवीकरण गरिएका ग्राहक निवेदनहरू मण्डली मार्फत पठाउनुपर्छ।
▪ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिनसकून् भन्ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गराउने प्रबन्ध मिलाउनुपर्छ। कुन कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
▪ प्रहरीधरहरा र ब्यूँझनुहोस्! फेब्रुअरी १९९९ अंकदेखि रंगिन छापिनेछ।
▪ अप्रिल १, १९९९ देखि पंजाबी प्रहरीधरहरा अर्धमासिक संस्करणको रूपमा प्रकाशित हुनेछ।
▪ मण्डलीहरूलाई पहिला नै सूचित गरिएअनुसार जनवरी १, १९९९ देखि निम्न नयाँ मूल्यहरू लागू भएका छन्:
प्रहरीधरहरा र ब्यूँझनुहोस्!:
अग्रगामी मण्डली/
अन्य
एक प्रतिको ३.५० ५.००
ग्राहक बनाउने:
अर्धमासिक संस्करणको
वार्षिक ग्राहक शुल्क दर ७५.०० १२०.००
मासिक संस्करणको वार्षिक
ग्राहक शुल्क दर र अर्धमासिक
संस्करणको अर्धवार्षिक ग्राहक
शुल्क दर ३७.५० ६०.००
साहित्य:
कुनै पनि ३२ पृष्ठ पुस्तिका ५.०० ७.००
खल्तीमा अट्ने १९२ पृष्ठ
भएको ज्ञान, पारिवारिक
आनन्द इत्यादि पुस्तकहरू
(अर्धमोल र विशेष मोलका
पुस्तकहरूबाहेक) २२.५० ३०.००
सानो गीति पुस्तक, बाइबलका
कथाहरू, सृष्टि, तर्क, र
युवा जनहरूका प्रश्न ३०.०० ४५.००
सन्दर्भिकासहित NWT
(Regular, bi 12) ७५.०० १००.००
परमेश्वरको खोज, प्रशंसा
गाउनुहोस्, सम्पूर्ण धर्मशास्त्र
प्रेरित, सृष्टि, बाइबलका
कथाहरू जस्ता ठूला
पुस्तकहरू ६०.०० ९०.००
डिलक्स बाइबल (DL bi12) ३२०.०० ४००.००
डिलक्स बाइबल (DL bi25) २४०.०० ३२०.००
वार्षिक पुस्तक ३०.०० ४०.००
धर्मशास्त्र जाँच्ने १५.०० १५.००
क्यालेण्डर २०.०० २०.००
श्रव्य क्यासेट (एउटा) ६०.०० ७०.००
भिडियो क्यासेट (एउटा) २४०.०० ३००.००
अन्तरदृष्टि (खण्ड १ र २) ३५०.०० ४२०.००
उद्घोषकहरू १७५.०० २१०.००