ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मे ३ देखि अगस्त २३, १९९९ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. छोराछोरीसित उचित व्यवहार गर्ने भन्दैमा आमाबाबुले बाइबल सिद्धान्तहरूसित सम्झौता गर्नुपर्दैन। [fy-NP पृ. १०८ अनु. १४]
२. हिब्रू कूलपिताहरू अब्राहाम, इसहाक तथा याकूबले “परमप्रभुको नाउँको पुकारा गरे” तर तिनीहरूलाई ईश्वरीय नाउँको पूरा महत्त्व थाह थिएन। (उत्प. २१:३३; २६:२५; ३२:९; प्रस्थ. ६:३) [kl-NP पृ. २५ अनु. ८]
३. सबै जनाले येशूलाई प्रतिज्ञाकृत मसीहको रूपमा स्वीकारे अनि त्यसै हुन्छ भनेर बाइबलले पहिले नै भविष्यवाणी गरेको थियो। (भज. २:२) [kl-NP पृ. ३६ अनु. ९]
४. असाध्यै गरिबीले थिचिएकाहरू परमेश्वरको राज्य गतिविधिलाई अघि बढाउन वित्तीय सहयोग गर्न नसक्ने अवस्थामा हुन्छन्। [w-NP९७ ९/१५ पृ. ५ अनु. ७]
५. आमाबाबु तथा बाजेबज्यैहरूको प्रत्युपकारको साटो तिर्नु पनि हामीले यहोवालाई चढाउने उपासनाको एउटा भाग हो। (१ तिमो. ५:४) [w-NP९७ ९/१ पृ. ४ अनु. १-२]
६. विश्राम दिन मनाउनु सुरुदेखि नै यहोवा तथा सबै जातिहरू बीचको एउटा चिह्न थियो। [साप्ताहिक बाइबल पढाइ; w८९ ११/१५ पृ. ४ हेर्नुहोस्।]
७. बच्चा आफ्नो निर्णय आफैले गर्नसक्ने उमेरको भइसकेपछि आफूले गरेका कामहरूका लागि ऊ आफै जिम्मेवार हुनथाल्छ खास गरी ईश्वरीय नियमको सम्बन्धमा। (रोमी १४:१२) [fy-NP पृ. १३५ अनु. १७]
८. दियाबल एक जना व्यक्तिको हृदयभित्र रहेको खराब भावना मात्र हो भनी बाइबलले देखाउँछ। (मत्ती ४:१-११) [kl-NP पृ. ५५ अनु. ५]
९. सेनापति टाइटसको नेतृत्वमा आएको फौज सा.यु. ६६ मा यरूशलेमबाट पछि हट्दा लूका २१:२०, २१ मा अभिलेख गरिएका येशूका शब्दहरू पूरा भए। [w-NP९७ ४/१ पृ. ५ अनु. ३-४]
१०. इपिक्युरीका शिक्षाहरू १ कोरिन्थी १५:३२ मा वर्णन गरिएका विश्वासरहित दृष्टिकोणमा आधारित भएका हुनाले मसीहीहरूका लागि खतरनाक थियो। [w-NP९७ ११/१ पृ. २४ अनु. ५]
निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. लेवी ३:१७ पदमा बोसो नखानु भनी दिइएको आज्ञाबाट हामी के सिक्नसक्छौं? [साप्ताहिक बाइबल पढाइ; w८४ २/१५ पृ. २९ अनु. २ हेर्नुहोस्।]
१२. यहोवाले शैतान अर्थात् दियाबललाई किन रहिरहन दिनुभएको? (प्रस्थ. ९:१५) [साप्ताहिक बाइबल पढाइ; w९२ ३/१५ पृ. १० अनु. १४]
१३. परिवारको कुनै सदस्य सिकिस्त बिरामी हुँदा प्राथमिकताहरू निर्धारण गर्न के कस्ता कदमहरू चाल्नुपर्छ? (हितो. १५:२२) [fy-NP पृ. १२२ अनु. १४]
१४. कसरी इस्राएल “पूजाहारीहरूको एक राज्य” थियो? (प्रस्थ. १९:६) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ७/१ पृ. १६ अनु. ८]
१५. “निर्मल” र “दुष्ट” आँखामा के फरक छ? (मत्ती ६:२२, २३) [w-NP९७ १०/१ पृ. २६ अनु. ५]
१६. दाऊदले गल्तीहरू गर्दागर्दै पनि तिनी “इमान्दारी र सोझोपनामा” हिंडे भनी कसरी भन्न सकिन्छ र? (१ राजा ९:४) [w-NP९७ ५/१ पृ. ५ अनु. २]
१७. पवित्रस्थान निर्माण गर्दा ‘त्यसै गर्ने’ इस्राएलीहरूले आधुनिक समयका कस्ता सुअवसरहरूलाई पूर्वसंकेत गर्छन्? (प्रस्थ. ३९:३२) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ १२/१५ पृ. १३ अनु. ९ हेर्नुहोस्।]
१८. “म हुँ जो म हुँ” भनी भन्नुहुँदा यहोवाले कुन कुरालाई संकेत गर्दै हुनुहुन्थ्यो? (प्रस्थ. ३:१४) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ३/१ पृ. १० अनु. ६ हेर्नुहोस्।]
१९. लेवी १०:१, २ मा उल्लेख गरिएको नादाब र अबीहूसित सम्बन्धित घटनाले के पाठ सिकाएको छ? [साप्ताहिक बाइबल पढाइ; w८४ २/१५ पृ. २९ अनु. ३ हेर्नुहोस्।]
२०. मोशाको व्यवस्थाअनुसार बच्चा जन्माउँदा स्त्री किन “अशुद्ध” हुन्छिन्? (लेवी १२:२, ५) [साप्ताहिक बाइबल पढाइ; w८४ २/१५ पृ. २९ अनु. ५]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. एकाकीपन तत्कालै हट्ने कुरा नभए तापनि एक्लो आमा वा बाबुले खुरन्धार _______________ गरेर प्राप्त गर्नसकिने, _______________ दिनुहुने शक्तिद्वारा त्यसलाई सहन सक्छन्। (१ तिमो. ५:५) [fy-NP पृ. ११२ अनु. २१]
२२. कसैको जीवनमा आइपर्नसक्ने दुःखदायी घटनाहरू _______________ परेकोले वा हाम्रो आफ्नै _______________ परिणाम पनि हुनसक्छ। [w-NP९७ ५/१५ पृ. २२ अनु. ७]
२३. हामीले परमेश्वरलाई “आत्मा[मा]” अर्थात् _______________ र _______________ उत्प्रेरित _______________ पुज्नुपर्छ। [kl-NP पृ. ४५ अनु. ४]
२४. हामी _______________ होइन तर _______________ छँदा कस्तो व्यवहार गर्छौं, त्यसले हामी वास्तवमा कस्ता व्यक्तिहरू हौं भनेर झल्काउँछ। [w-NP९७ १०/१५ पृ. २९ अनु. ३]
२५. कटनी चाडहरूमा _______________ वा _______________ झलकहरू पाइन्छन् भने, साँचो मसीहीहरूले यस्ता प्रदूषित उपासनामा _______________ लिएर यहोवालाई दुःखित नतुल्याउन सक्नुपर्ने हो। [w-NP९७ ९/१५ पृ. ९ अनु. ६]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. अटेर फिरऊन र तिनको सेना (६००; ८००; ९००) रथहरू लिएर इस्राएलीहरूलाई बाटैमा फेरि कब्जा गर्न निस्के। तिनीहरू नजिक आइपुग्दा परमेश्वरले चमत्कारी ढंगमा (लाल समुद्र; यर्दन नदी; भूमध्ये सागर) दुई भाग पार्नुभयो। इस्राएलीहरूले सुक्खा जमिनहुँदो पार तर्न सके। [kl-NP पृ. २६ अनु. ११]
२७. परिवारले गम्भीर रोगको सफलता साथ सामना गर्नसक्छ या सक्दैन, त्यो परिवारका सदस्यहरूको (आर्थिक अवस्थामा; मनोवृत्तिमा; बीमामा) भर गर्छ। (हितो. १७:२२) [fy-NP पृ. १२० अनु. १०]
२८. आफ्नो मनमा “ईश्वर छैन” भन्नेलाई “मूर्ख” भनिन्छ किनभने त्यो मानिस (नैतिकतामा खस्केको; अशिक्षित; तर्क गर्न नसक्ने) हुन्छ। (भज. १४:१) [w-NP९७ १०/१ पृ. ६ अनु. ८]
२९. जब आदम र हव्वाले विद्रोह गरे तिनीहरूले सबैभन्दा महत्त्वपूर्ण कुरा भनौं भने तिनीहरूको आनन्दको कुञ्जी (सिद्धता, परमेश्वरसँगको मित्रता; बगैंचारूपी घर) गुमाए। [w-NP९७ १०/१५ पृ. ६ अनु. २]
३०. आदम र हव्वालाई फकाइ फुस्ल्याइ आफ्नो हातमा पार्न शैतानले (चटकबाजले; जादुगरले; सम्मोहकले) जस्तै सर्पको प्रयोग गरेर झूट बोल्यो। [kl-NP पृ. ५७ अनु. १०]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
प्रस्थ. ५:२; प्रस्थ. २१:२९; हितो. १:८; गला. ५:२०; याकू. १:१४, १५
३१. मसीही हुने दाबी गर्दै बारम्बार अचाक्ली क्रोधित तथा हिंस्रक हुने, आफ्नो परिवारका सदस्यहरूलाई कुटपिट गर्ने र पश्चात्ताप पनि नगर्ने व्यक्तिलाई बहिष्कृत गर्न सकिन्छ। [fy-NP पृ. १५० अनु. २३]
३२. हामी जस्तो सोच्छौं, त्यस्तै काम पनि गर्छौं। [fy-NP पृ. १४८ अनु. १८]
३३. उहाँको ईश्वरत्वलाई चिन्न इन्कार गर्ने सबैलाई यहोवाले होच्याउनुहुन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९२ १२/१ पृ. २४ अनु. १८ हेर्नुहोस्।]
३४. छोराछोरीलाई प्रशिक्षण दिने जिम्मेवारी धर्मशास्त्रअनुसार मुख्यतः बुबाको भए तापनि यसमा आमाको पनि महत्त्वपूर्ण भूमिका छ। [fy-NP पृ. १३३ अनु. १२]
३५. कसैको मृत्यु भयो भने हेलचेक्य्राइँलाई निहुँ बनाएर दयाको माग गर्ने छुट व्यवस्थाले दिएन। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ११/१५ पृ. ११ अनु. ५]