घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! जिज्ञासु व्यक्तिहरूलाई दिन र गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ पुस्तिका पनि साथै राख्नुहोस्। जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुहोस्। जुलाई र अगस्त: निम्न लिखित ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रयोग गर्नसक्नुहुन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु बिलिभ इन द ट्रिनिटी?, ह्वाट ह्यापेन्स टु अस ह्वेन वी डाइ? अनि ह्वेन सम्वान यु लभ डाइज। त्यस्तै विल देयर एभर बि अ वर्ल्ड विदआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्स अफ द डेड—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एक्जिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू पनि उपयुक्त भए प्रस्तुत गर्नसकिन्छ।
▪ सोसाइटीसित अहिले १९५१ देखि १९५९, १९८२ देखि १९८४, १९९२ र १९९७-९८ सालको प्रहरीधरहरा अनि १९९२ र १९९७-९८ सालको ब्यूँझनुहोस्!-का अंग्रेजी खण्डहरू उपलब्ध छन्। यी प्रकाशनहरू चाहने कुनै पनि प्रकाशक वा नयाँ मण्डलीहरूले मण्डलीको साहित्य सेवकमार्फत निवेदन गर्नसक्छन्।
▪ सीडी-रोम-को वाचटावर लाइब्ररी—१९९९ एडिसन चाँडै उपलब्ध हुनेछ। मण्डलीहरूले आ-आफ्नो आवेदनहरूका लागि लिटरेचर रिक्वेस्ट फाराम (S-14) भरेर पठाउनसक्छन्। यो सार्वजनिक वितरण, स्कूलका पुस्तकालय अथवा यहोवाका साक्षीहरूमा अलिकति मात्र चासो दिनेहरूका लागि होइन भन्ने कुरा याद राख्नुहोस्। वाचटावर लाइब्रेरी—१९९९ मण्डलीका सदस्यहरूका लागि मात्र हो र यो पनि मण्डलीमार्फतै मात्र उपलब्ध गराइनेछ। कम्प्याक्ट डिस्कहरू उपलब्ध भएर ढुवानी नगरिएसम्म यसलाई मण्डलीको प्याकिंग लिस्टमा “पेन्डिङ” भनेर अंकित गरिनेछ।
▪ सबै मण्डलीहरूलाई वार्षिक सामग्रीहरूका लागि निवेदन पठाउन स्पेशल रिक्वेस्ट फाराम जनवरी महिनाको स्टेटमेन्ट सँगै पठाइएको थियो। मण्डलीहरूले २००० सालको जिल्ला अधिवेशनका लागि बिल्लाहरू र सन् २००१ को लागि अन्य वार्षिक सामग्रीहरूको लागि अहिलेसम्म निवेदन पठाएका छैनन् भने तिनीहरूले तुरुन्तै पठाउनुपर्छ। तथापि, बिल्ला राख्ने खोल (प्लास्टिक) आवश्यक परेमा यसलाई नियमित लिटरेचर रिक्वेस्ट फाराम-मा (S-14) भरेर अन्य साहित्यहरू सँगै मगाउनुपर्छ किनभने सानातिना पोकाहरू प्रायजसो बाटैमा हराउँछन्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
यहोवा—उहाँ को हुनुहुन्छ? (पर्चा नं. २३)—अंग्रेजी, आसामी, ऊरिया, कन्नाडा, गुजराती, तेलगु, तामिल, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम र मीजो।
डज गड होल्ड अस रेस्पोन्सिबल? अर डज फेट रूल आवर लाइभ्स? (पर्चा नं. ७१) —अंग्रेजी, आसामी, कन्नडा, तामिल, तेलगु र मल्यालम।
द ग्रेटेस्ट नेम (पर्चा नं. ७२)—अंग्रेजी, आसामी, कन्नडा, तामिल, तेलगु र मल्यालम।
हु आर जेहोभाज् विट्नेसेज? (पर्चा नं. ७३)—अंग्रेजी, आसामी, कन्नाडा, तामिल, तेलगु र मल्यालम।
हेलफायर—इज इट पार्ट अफ डिभाइन जस्टिस? (पर्चा नं. ७४)—अंग्रेजी, आसामी, कन्नाडा, मल्यालम, तामिल र तेलगु।