घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-प्रतिहरू। जिज्ञासु व्यक्तिहरूलाई दिन र गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ पुस्तिका पनि साथै राख्नुहोस्। जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुहोस्। जुलाई र अगस्त: निम्न लिखित ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रयोग गर्नसक्नुहुन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्!, शुड यु बिलिभ इन द ट्रिनिटी?, ह्वाट ह्यापेन्स टु अस ह्वेन वी डाइ? अनि ह्वेन समवान यु लभ डाइज। त्यस्तै विल देयर एभर बि अ वर्ल्ड विदआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्स अफ द डेड—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एक्जिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिकाहरू पनि उपयुक्त भए प्रस्तुत गर्नसकिन्छ।
▪ सबै प्रकाशकलाई एउटा कुरा सम्झाउन हामीले आवश्यक सम्झेका छौं। त्यो हो, कुनै पनि प्रकारको व्यक्तिगत पत्राचारमा जवाफका लागि सोसाइटीको ठेगाना दिनुहुँदैन। सबै प्रकारका पत्र, चासो देखाउने व्यक्ति र घरमा नभेटिएकालाई साहित्य दिंदा अनि भेट्न नसकिने ठाउँमा बस्ने व्यक्तिहरूलाई पत्र पठाउँदा पनि यो कुरा लागू हुन्छ। पत्र पठाएर साक्षी दिंदा, जवाफका लागि तपाईंको व्यक्तिगत वा स्थानीय राज्यभवनको ठेगाना दिनुहोस्। कृपया सोसाइटीको ठेगाना प्रयोग नगर्नुहोस्।
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले जून १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। परीक्षण गर्न सिध्याएर अर्को लेखा रिपोर्ट पढिसकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ थुप्रै मण्डलीमा पुराना साहित्य थुप्रिएका छन्। यसरी साहित्य थुप्रने समस्याले सेवा समीति र खास गरी सेवा निरीक्षकले के के अर्डर गरिंदैछ भनेर राम्ररी रेखदेख गर्नुपर्ने आवश्यकतालाई औल्याउँछ। अहिले हामीले शुल्क नतोकिकन साहित्य वितरण गर्ने गरेका हुनाले पनि विशेष ध्यान दिनु परेको हो। कृपया, चार/पाँच महिनालाई चाहिने जति मात्र अर्डर गर्नुहोस्। यसबाहेक, मासिक रूपमा अर्डर पठाइने भएकोले त्यति साहित्य नै प्रशस्त हुनुपर्ने हो।
सोसाइटीले अहिले स्टकमा रहेका पुराना प्रकाशनहरू नसिद्धिएसम्म उक्त प्रकाशनहरू पुनः मुद्रण नगर्ने भएको छ। त्यसकारण, यदि तपाईंहरूले अर्डर गर्नुभएका प्रकाशन नभएको खण्डमा सोसाइटीले प्याकिंग लिस्टमा उपलब्ध त्यस्तै खालका प्रकाशनहरूबारे जानकारी गराउनेछ। अनि ती प्रकाशनहरू अर्को पटक साहित्य मगाउँदा समावेश गर्न सकिनेछ। आउँदा महिनाहरूमा मण्डलीहरूलाई पुराना साहित्यको पूर्ण सदुपयोग गर्न लगनशील प्रयास गर्नुहोस् भनी हामी प्रोत्साहित गर्छौं।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
पे अटेन्सन टु डानियल्स प्रोफेसी!—हिन्दी