प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अगस्त पृ. ५-६
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 अगस्त पृ. ५-६

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा मे १ देखि अगस्त २१, २००० सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्‌।

[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्‍नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्‍नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्‍तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]

निम्नलिखित बयानहरू सही वा गलत हुन्‌, उत्तर दिनुहोस्‌:

१. एप्रैमका मानिसहरूको बेमनासिब मौखिक दुर्व्यवहारप्रति गिदोनले दिएको प्रत्युत्तरमा तिनको मृदु स्वभाव तथा विनम्रता झल्कन्छ र यसले तिनीहरूको अनुचित आलोचनालाई बन्द गरेर शान्ति कायम गरायो। (न्याय. ८:१-३) [साप्ताहिक बाइबल पढाइ]

२. मानोहले आफ्नी स्वास्नीलाई “हामीले परमेश्‍वरलाई देख्यौं” भन्दा वास्तवमा तिनीहरूले भौतिक शरीर धारण गरेका परमेश्‍वरका प्रवक्‍तालाई देखेका थिए; स्वयम्‌ यहोवालाई होइन। (न्याय. १३:२२) [साप्ताहिक बाइबल पढाइ; w८८ ५/१५ पृ. २३ अनु. ३ हेर्नुहोस्‌।]

३. जसरी पत्नीले पतिको आदर तथा प्रेम महसुस गर्नुपर्छ, त्यसरी नै पतिले पनि आफ्नी पत्नीको आदर पाउनुपर्छ। [kl-NP पृ. १४४ अनु. १२]

४. हाम्रो प्रार्थनामा हाम्रा आवश्‍यकताहरूले मुख्य स्थान लिनैपर्छ। [kl-NP पृ. १५५ अनु. १३]

५. न्यायकर्त्ता २१:२५ ले यहोवाले इस्राएल जातिलाई डोऱ्‍याउन कुनै पनि प्रबन्ध नगर्नुभएको समयलाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ६/१५ पृ. २२ अनु. १६ हेर्नुहोस्‌।]

६. करारको सन्दुकमा भएका करूबहरूले यहोवाको राजकीय उपस्थितिलाई संकेत गर्थ्यो र उहाँलाई “करूबहरूमाथि [वा, “बीच”] विराजमान हुनुहुन्छ” भनिएको छ। (१ शमू. ४:४) [साप्ताहिक बाइबल पढाइ; w८० ११/१ पृ. २९ अनु. २ हेर्नुहोस्‌।]

७. केही सीप नलागेर शाऊलका सेनाले रगत खाँदा तिनीहरू दण्डित नहुनुले आफ्नो ज्यान जोगाउन ईश्‍वरीय नियमलाई केही समयका लागि बेवास्ता गर्नु मनासिबै छ भनेर यसले देखाउँछ। (१ शमू. १४:२४-३५) [साप्ताहिक बाइबल पढाइ; w९४ ४/१५ पृ. ३१ अनु. ७-९ हेर्नुहोस्‌।]

८. “फकाइफुस्लाई” भन्‍ने शब्दलाई कसै कसैले औंलामा नचाउने वा चतुऱ्‍याइँजस्ता अर्थ लगाए तापनि यसलाई विश्‍वस्त पार्नु र उचित तर्कद्वारा मन बद्‌लाउनु भन्‍ने सकारात्मक अर्थमा प्रयोग गर्न सकिन्छ। (२ तिमो. ३:१४, १५) [w-NP९८ ५/१५ पृ. २१ अनु. ४]

९. ‘प्राणलाई भण्डारमा सुरक्षित राख्नुले’ सुरक्षा अनि संरक्षणसम्बन्धी ईश्‍वरीय प्रबन्धलाई संकेत गर्छ र परमेश्‍वरको नजरमा रक्‍तदोषी नभएको खण्डमा दाऊदले यस प्रबन्धबाट फाइदा उठाउन सक्नेथिए। (१ शमू. २५:२९) [साप्ताहिक बाइबल पढाइ; w९१ ६/१५ पृ. १४ अनु. ३ हेर्नुहोस्‌।]

१०. दोस्रो शमूएल ७:१६ मा उल्लेख गरिएको दाऊदको राज्यसम्बन्धी करारले मसीहसम्म डोऱ्‍याउने पुर्खाको संकेत दिनुका साथै दाऊदको वंशले “सदा सर्वदा” शासन गर्नेछ भन्‍ने कानुनी ग्यारेन्टी दिन्छ। [w८९ २/१ पृ. १४ अनु. २१-पृ. १५ अनु २२ हेर्नुहोस्‌।]

निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

११. भजन ३४:१८ ले कस्तो आश्‍वासन दिन्छ? [w-NP९८ ४/१ पृ. ३१ अनु. २ हेर्नुहोस्‌।]

१२. यूसुफलाई बर्णाबास भन्‍ने उपनाउँ दिनुले के तथ्य प्रकट गऱ्‍यो? (प्रेरि. ४:३६) [w-NP९८ ४/१५ पृ. २० अनु. ३, पादटिप्पणी हेर्नुहोस्‌।]

१३. एलीले यहोवालाई भन्दा आफ्ना छोराहरूलाई बढी सम्मान गरे भनी बाइबल विवरण किन भन्छ? (१ शमू. २:१२, २२-२४, २९, नयाँ संशोधित संस्करण) [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ९/१५ पृ. १३ अनु. १४ हेर्नुहोस्‌।]

१४. ‘उहाँसँग माग्नभन्दा अघि नै’ हामीलाई ‘कुन कुन कुराको खाँचो छ, सो उहाँ जान्‍नुहुन्छ’ भने हामीले परमेश्‍वरलाई प्रार्थनाद्वारा मदत किन माग्ने? [kl-NP पृ. १५१ अनु. ४]

१५. पहिलो शमूएल १:१-७ अनुसार शमूएलको परिवारले कस्तो उल्लेखनीय नमुना बसाले? [साप्ताहिक बाइबल पढाइ; w-NP९८ ३/१ पृ. १६ अनु. १२ हेर्नुहोस्‌।]

१६. कुन अर्थमा “धनसम्पत्तिको मायाले” लट्ठाउँछ भन्‍न सकिन्छ? (मत्ती १३:२२) [w-NP९८ ५/१५ पृ. ५ अनु. १]

१७. उमेरमा दाऊदभन्दा पाको जोनाथानले यहोवाका अभिषिक्‍त जन दाऊदलाई कस्तो मान्यता दिए र आज यसले के कुरालाई संकेत गर्छ? (१ शमू. १८:१, ३, ४) [साप्ताहिक बाइबल पढाइ; w८९ १/१ पृ. २४, २६ अनु. ४, १३ हेर्नुहोस्‌।]

१८. अय्यूब “निर्दोष र सोझो” भए तापनि अय्यूबको पुस्तकले तिनी सिद्ध थिए भन्‍न खोजेको होइन भनी कसरी संकेत गरेको छ? (अय्यू. १:८) [w-NP९८ ५/१ पृ. ३१ अनु. १]

१९. “प्रयत्न गर” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? (लूका १३:२४) [w-NP९८ ६/१५ पृ. ३१ अनु. १, ४]

२०. दोस्रो शमूएल १२:२६-२८ मा रेकर्ड गरिएअनुसार अरूसँग मिलेर काम गर्नुपर्दा हामीले सिक्नुपर्ने बहुमूल्य पाठ के हो? [साप्ताहिक बाइबल पढाइ; w९३ १२/१ पृ. १९ अनु. १९ हेर्नुहोस्‌।]

तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्‌:

२१. वफादारीले वैवाहिक जीवनलाई ____________ तथा ____________ तुल्याउँछ। [kl-NP पृ. १४१ अनु. ६]

२२. सा.यु. प्रथम शताब्दीमा यहोवाले ____________ ____________ स्थापित गर्नुभयो र मण्डलीहरू प्रेरित तथा प्राचीनहरूले बनेको ____________ ____________ द्वारा निर्देशित हुन्थे। (प्रेरि. १५:२२-३१) [kl-NP पृ. १६० अनु. ३]

२३. यहोवा भन्‍ने ईश्‍वरीय नाउँको अर्थ ____________ ____________ ____________ हो र यसमा आफ्ना ____________ पूरा गर्न आवश्‍यकताअनुसार यहोवा जुनसुकै भूमिका निर्वाह गर्न सक्नुहुन्छ भन्‍ने कुरा समावेश छ। [w-NP९८ ५/१ पृ. ५ अनु. ३]

२४. मण्डलीलाई सुम्पेको क्षेत्रभरि हर किसिमका मानिसहरूलाई सुसमाचार सुनाउन जानु ____________ ____________ भएका जनहरू फेला पार्ने एउटा तरिका हो र यो एउटा सुकर्म पनि हो। यसो गरेर तपाईंले आफ्नो ____________ को प्रमाण दिनुहुन्छ। [kl-NP पृ. १७५ अनु. ९]

२५. येशूले मदतकारी छिमेकी सामरीबारे भन्‍नुभएको उखानले परमेश्‍वरको ____________ पालन गर्नुको अलावा उहाँका ____________ अनुकरण गर्ने व्यक्‍ति नै सदाचारी हो भनेर देखाउँछ। (लूका १०:२९-३७) [w-NP९८ ७/१ पृ. ३१ अनु. २]

निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्‍नुहोस्‌:

२६. प्रार्थना (एउटा खोक्रो रीति, कुनै चीज हासिल गर्ने माध्यम; परमेश्‍वरसित घनिष्ठ सम्बन्ध कायम राख्ने माध्यम) हो। [kl-NP पृ. १५० अनु. ३]

२७. इस्राएलमा (शमूएलको; दाऊदको; शाऊलको) राज्याभिषेक भएपछि अनि यहोवाको समर्थन पाएर (अम्मोनीहरूलाई; मोआबीहरूलाई; पलिश्‍तीहरूलाई) पराजित गरेपछि न्यायकर्ताहरूको युग समाप्त भयो। (१ शमू. ११:६, ११) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ १२/१५ पृ. ९ अनु. २-पृ. १० अनु. १ हेर्नुहोस्‌।]

२८. तिमोथीलाई पछि उत्कृष्ट मिसनरी तथा निरीक्षक बनाउन ‘पवित्र लेखोटहरूबाट’ शिक्षा दिने (प्रेरित पावल; तिनका बुबा; तिनकी आमा र बज्यै) थिए। (२ तिमो. ३:१४, १५; फिलि. २:१९-२२) [w-NP९८ ५/१५ पृ. ८ अनु. ३-पृ. ९ अनु. ५]

२९. बप्तिस्मा (तपाईंको आध्यात्मिक प्रगतिको अन्त; यहोवाको साक्षीको रूपमा परमेश्‍वरको आजीवन सेवाको आरम्भ; मुक्‍ति पाउने ग्यारेन्टी) हो। [kl-NP पृ. १७८ अनु. १७]

३०. यहोवा परमेश्‍वरलाई प्रेम गर्ने प्रमोदवनवासीहरूले (अनन्तकालीन; एक हजार वर्ष; ७०/८० वर्ष लामो जिन्दगी) पाउनेछन्‌। [kl-NP पृ. १९० अनु. २२]

निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्‌:

न्याय. ११:३०, ३१; १ शमू. १५:२२; ३०:२४, २५; २ राजा ६:१५-१७; याकू. ५:११

३१. यहोवाले आफ्ना जनहरूलाई जोगाउन आफ्नो इच्छाअनुसार आत्मिक सेनाहरू प्रयोग गर्नुहुनेछ भन्‍ने आश्‍वासन दिनुहुन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९८ ४/१५ पृ. २९ अनु. ५]

३२. एकदमै गाह्रो र कहिलेकाहीं त्यागै गर्नुपर्ने भए तापनि मण्डलीका निरीक्षकहरूले आफूले स्वीकारेको जिम्मेवारी वहन गर्नैपर्छ। [w-NP९९ ९/१५ पृ. १० अनु. ३-४]

३३. परीक्षाको बेला निष्ठा कायम गर्दा यहोवा परमेश्‍वरबाट प्रशस्त आशिष्‌ पाइन्छ। [w-NP९८ ५/१ पृ. ३१ अनु. ४]

३४. परमेश्‍वरलाई साँचो प्रेम गर्न उहाँलाई बलिदानहरू चढाएर मात्र पुग्दैन, दिइएका ईश्‍वरीय निर्देशनहरू पनि पालन गर्नुपर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ६/१५ पृ. ५ अनु. १ हेर्नुहोस्‌।]

३५. यहोवा परमेश्‍वर, आज उहाँको संगठन चलाउन योगदान पुऱ्‍याउनेहरूको गहिरो मूल्यांकन गर्नुहुन्छ। [साप्ताहिक बाइबल पढाइ; w८६ ९/१ पृ. २८ अनु. ४ हेर्नुहोस्‌।]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने