ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
ईश्वरतान्त्रिक सेवकाई स्कूलमा सेप्टेम्बर ४ देखि डिसेम्बर १८, २००० सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावृत्ति। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरू लेख्न एउटा छुट्टै कागज प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावृत्तिमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबल मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेद उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. अबीशैले शिमीलाई मार्न खोज्दा दाऊदले रोके किनभने शिमीले उनी विरुद्ध लगाएका दोषहरूअनुसार दाऊद दोषी थिए। (२ शमू. १६:५-१३) [साप्ताहिक बाइबल पढाइ; w-NP९९ ५/१ पृ. ३२ अनु. ३ हेर्नुहोस्।]
२. स्वच्छ अनि राम्ररी प्रशिक्षित गरिएको अन्तस्करणले हामीलाई परमेश्वरसित न्यानो र व्यक्तिगत सम्बन्ध राख्न मात्र डोऱ्याउँदैन तर हाम्रो मुक्तिको लागि पनि यो अत्यावश्यक छ। (हिब्रू १०:२२; १ पत्रु. १:१५, १६) [w-NP९८ ९/१ पृ. ४ अनु. ४]
३. उचित रिस गर्नु ठीकै भए तापनि रिसले हामीलाई पछार्नसक्ने खतरा सधैं नै हुन्छ। [w-NP९९ ८/१५ पृ. ८, ९]
४. येशूको हजार वर्षे राज्यलाई सुलेमानको शान्ति अनि समृद्धिले भरिएको ४० वर्षे शासनसँग तुलना गर्न सकिन्छ। (१ राजा ४:२४, २५, २९) [साप्ताहिक बाइबल पढाइ; w९० ६/१ पृ. ६ अनु. ५ हेर्नुहोस्।]
५. अबियाको उचित रीतिले गरिएको मृत-संस्कारले यारोबामको घरानामा उनी मात्र यहोवाको विश्वासी उपासक थिए भनेर स्पष्ट प्रमाण दिन्छ। (१ राजा १४:१०, १३) [साप्ताहिक बाइबल पढाइ; w-NP९५ ४/१ पृ. १२ अनु. ११ हेर्नुहोस्।]
६. मसीही बप्तिस्मा लिनुको अर्थ एक जना व्यक्ति परमेश्वरको परिपक्व सेवक भएको छ भनेर देखाउनु हो। [w-NP९८ १०/१ पृ. २८ अनु. २]
७. यहोवाले एलियालाई डरको सामना गर्न असाधारण साहस तथा प्रतिरोधात्मक शक्ति दिनुभयो। (१ राजा १८:१७, १८, २१, ४०, ४६) [साप्ताहिक बाइबल पढाइ; w९८ १/१ पृ. ३१ अनु. २ हेर्नुहोस्।]
८. मन्न प्राकृतिक तवरमा पाइने खाना थियो। [w-NP९९ ८/१५ पृ. २५]
९. एलीशा र नामानसित सम्बन्धित घटनाबाट यहोवा सबै राष्ट्रका निष्कपट पुरुष तथा स्त्रीलाई स्वीकार्न इच्छुक हुनुहुन्छ भन्ने कुरा देख्छौं। आजको संसारमा व्याप्त संकीर्ण धार्मिक वैमनस्यतालाई यहोवा मन पराउनुहुन्न भनेर यसले हामीलाई आश्वासन दिन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९९ ६/१५ पृ. २३ हेर्नुहोस्।]
१०. दोस्रो राजा ११:१२ मा उल्लेख गरिएको “साक्षी-पत्र” राजाले ग्रहण गर्नुको अर्थ, राजाले अर्थ्याएको परमेश्वरको नियम नै निर्णायक बन्ने र त्यसलाई पालन गर्नुपर्ने कुरालाई प्रतीकात्मक रूपमा संकेत गर्थ्यो। [साप्ताहिक बाइबल पढाइ; w९१ २/१ पृ. ३१ अनु. ६ हेर्नुहोस्।]
निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. पहिलो यूहन्ना २:१५-१७ अनुसार छोराछोरीलाई सुहाउँदो जागिर छान्ने सल्लाह दिंदा, आमाबाबुले तिनीहरूलाई कुन कुराबाट टाढा रहन जोड दिनुपर्छ? [w-NP९८ ७/१५ पृ. ५ अनु. २]
१२. दोस्रो शमूएल १८:८ मा “जंगलले नाश भएकाहरू तरवारले मर्ने मानिसहरूभन्दा धेरै थिए” भन्नुको अर्थ के हो? [साप्ताहिक बाइबल पढाइ; w८७ ३/१५ पृ. ३१ अनु. २ हेर्नुहोस्।]
१३. आज गोल्यतको जाति, रपाईमलाई कोसँग तुलना गर्न सकिन्छ र तिनीहरूले के गर्ने प्रयास गर्छन्? (२ शमू. २१:१५-२२) [साप्ताहिक बाइबल पढाइ; w८९ १/१ पृ. २० अनु. ८ हेर्नुहोस्।]
१४. साथीहरूको दबाउ भनेको के हो? [w-NP९९ ८/१ पृ. २२]
१५. विश्राम दिन उल्लंघन गर्ने व्यक्तिलाई मारेको घटनाबाट कुन महत्त्वपूर्ण सिद्धान्त सिक्न सकिन्छ? (गन्ती १५:३५) [w-NP९८ ९/१ पृ. २० अनु. २]
१६. “सुलेमान[को] . . . बुद्धि” सुन्न धेरै लामो दूरी यात्रा गर्ने शबाकी रानीको उदाहरण हामी कसरी अनुकरण गर्नसक्छौं? (१ राजा १०:१-९) [साप्ताहिक बाइबल पढाइ; w-NP९९ ७/१ पृ. ३१ अनु. १-२ हेर्नुहोस्।]
१७. पहिलो राजा १७:३, ४, ७-९, १७-२४ अनुसार एलियाले कुन तीन तरिकामा यहोवाप्रति विश्वास प्रदर्शित गरे? [साप्ताहिक बाइबल पढाइ; w९२ ४/१ पृ. १९ अनु. ५ हेर्नुहोस्।]
१८. नाबोत जिराहा नभएता पनि उनले आहाबलाई आफ्नो दाखबारी दिन किन इन्कार गरे? (१ राजा २१: २, ३) [साप्ताहिक बाइबल पढाइ; w-NP९७ ८/१ पृ. १३ अनु. १८ हेर्नुहोस्।]
१९. दोस्रो राजा ६:१६ मा लिपिबद्ध शब्दहरूले आज यहोवाका सेवकहरूलाई कसरी प्रोत्साहित गर्दछ? [साप्ताहिक बाइबल पढाइ; w-NP९८ ६/१५ पृ. १८ अनु. ५ हेर्नुहोस्।]
२०. कुन कुन तरिकामा आज साँचो मसीहीहरू सिमोनीदेखि जोगिनुपर्छ? [w-NP९८ ११/१५ पृ. २८ अनु. ५]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. साँचो मसीहीले _______________ लाई रुष्ट पार्ने विधिहरूमा भाग लिनैहुँदैन। (हितो. २९:२५; मत्ती १०:२८) [w-NP९८ ७/१५ पृ. २० अनु. ५]
२२. पावलले राजा अग्रिपासामु साक्षी दिंदा _______________ चलाउँदै आफू र अग्रिपाको _______________ बुँदाहरूमाथि जोड दिए। (प्रेरि. २६:२, ३, २६, २७) [w-NP९८ ९/१ पृ. ३१ अनु. ३]
२३. परमेश्वर _______________ हुनुभएकोले कसै कसैलाई उहाँ व्यक्तित्वविहीन लाग्नसक्छ तर बारम्बार र एकाग्रचित्त भएर गरिएको _______________ ले एक व्यक्तिलाई ‘अदृश्यलाई दे[ख्न]’ सक्षम बनाउँछ। (हिब्रू ११:२७) [w-NP९८ ९/१५ पृ. २१ अनु. ३-४]
२४. अरामी सेनापति _______________ को उदाहरणले कहिलेकाहीं थोरै _______________ देखाउँदा पनि थुप्रै लाभ हुन्छन् भनेर देखाउँछ। [साप्ताहिक बाइबल पढाइ; w-NP९९ २/१ पृ. ३ अनु. ६-पृ. ४ अनु. १ हेर्नुहोस्।]
२५. योनादाबको मन येहूसँग भएजस्तै, आज _______________ ले महान् येहू _______________ अनि उहाँलाई यस पृथ्वीमा प्रतिनिधित्व गर्ने _______________ लाई सम्पूर्ण मनले स्वीकार गर्नुका साथै सहयोग गर्छन्। (२ राजा १०:१५, १६) [साप्ताहिक बाइबल पढाइ; w-NP९८ १/१ पृ. १३ अनु. ५-६ हेर्नुहोस्।]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. दाऊदलाई ‘इस्राएलको गणना’ गर्न सुऱ्याएर पाप गर्न लगाउने (शैतान; यहोवा; योआब) थियो। (२ शमू. २४:१) [साप्ताहिक बाइबल पढाइ; w९२ ७/१५ पृ. ५ अनु. २ हेर्नुहोस्।]
२७. यरूशलेममा यहोवाको मन्दिर समर्पणको अवसरमा सार्वजनिक प्रार्थना गर्दा राजा सुलेमानले (नम्रता; बुद्धि; मन्दिरको निर्माण पूरा भएकोमा घमण्ड) प्रकट गरे। (१ राजा ८:२७) [साप्ताहिक बाइबल पढाइ; w-NP९९ १/१५ पृ. १७ अनु. ७]
२८. सुलेमानले यरूशलेममा मन्दिर र राजमहल बनाउन लगाएको २० वर्षलाई सन् (१९१९; १९२३; १९३१) मा सुरु भएर (१९३८; १९४२; १९५०) मा अन्त भएको सैद्धान्तिक एवम् संगठनात्मक काँटछाँटको समयसँग तुलना गर्न सकिन्छ। (१ राजा ९:१०) [साप्ताहिक बाइबल पढाइ; w९२ ३/१ पृ. २० को पेटी हेर्नुहोस्।]
२९. दोस्रो राजा २:११ मा प्रयोग गरिएको “स्वर्ग” पदावलीले (परमेश्वरको आत्मिक बासस्थान; भौतिक ब्रह्माण्ड; पृथ्वीको चराहरू उड्ने र हावा बहने वायुमण्डल)-लाई संकेत गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९७ ९/१५ पृ. १५ को पेटी हेर्नुहोस्।]
३०. (महान् हेरोद; सिजर अगस्तस; टाइबेरियस सिजर)-ले जनगणना लिने उर्दी गरे। फलस्वरूप, येशूको जन्म नासरतमा नभई बेतलेहेममा भयो। [w-NP९८ १२/१५ पृ. ७ को पेटी हेर्नुहोस्।]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्:
भज. १५:४; हिब्रू १०:२४, २५; २ राजा ३:११; कल. ३:१३; गला. ६:१०
३१. यहोवाले आफ्ना जनहरूलाई एक ठाउँमा नियमित तवरमा भेला हुने निर्देशन दिनुभएको एउटा कारण साथीहरूको सकारात्मक प्रभावका लागि हो। [w-NP९९ ८/१ पृ. २३]
३२. अरूको भलाइ गर्ने विचारजस्तो स्वास्थ्यकर सकारात्मक क्रियाकलापले समानुभूति र भरोसा राख्न प्रोत्साहन दिनेछ र तुरुन्तै रिस उठाउनसक्ने गलतफहमीलाई कम गर्नेछ। [w-NP९९ ८/१५ पृ. ९]
३३. यहोवाको दयाप्रतिको मूल्यांकनले संयम खेती गर्न र कमजोरीहरू ढाक्न प्रोत्साहित गर्छ। [w-NP९८ ११/१ पृ. ६ अनु. ३]
३४. विशेष सेवामा लागेका यहोवाका विश्वासी सेवकहरूको अतिथि सत्कार गर्नु र नम्रतापूर्वक सहयोग गर्नु एउटा सुअवसर हो। [साप्ताहिक बाइबल पढाइ; w-NP९७ ११/१ पृ. ३१ अनु. १ हेर्नुहोस्।]
३५. आशा गरेजस्तो परिस्थिति नसुध्रिए तापनि परमेश्वरको भय राख्ने व्यक्तिले ऋण तिर्ने सन्दर्भमा आफ्नो वचन पूरा गर्न हर प्रयास गर्छ। [w-NP९८ ११/१५ पृ. २७ अनु. १]