घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जनवरी: मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुरानो पुस्तक। पारिवारिक आनन्दको रहस्य पुस्तक स्टकमा हुने मण्डलीहरूले यही पुस्तक पनि प्रस्तुत गर्न सक्छन्। फेब्रुअरी: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? अथवा मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुस्तक। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्नको लागि विशेष प्रयत्न गरिनेछ। अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। चासो देखाएमा पत्रिका रुट सुरु गर्न पुनःभेट गर्नुहोस्। पत्रिका रुट कायम गर्न व्यावहारिक नदेखिएमा मात्र ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ जनवरी १४ तारिखदेखि सुरु हुने हप्ताको सेवा सभामा उपस्थित बप्तिस्मा प्राप्त सबै प्रकाशकहरूले एड्भान्स मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) र आफ्ना छोराछोरीहरूका लागि आइडेन्टीटी कार्ड (परिचय पत्र) लिन सक्छन्।
◼ फेब्रुअरी महिनाको सुरुदेखि मार्च ३ सम्ममा क्षेत्रीय निरीक्षकहरूले दिने नयाँ जनभाषण हुनेछ, “खतरनाक संसारमा सुरक्षा प्राप्त गर्ने।”
◼ यस वर्ष मार्च २८, बिहीबारको दिन सूर्यास्तपश्चात् स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि स्मरणार्थका प्रतीकहरू घुमाउन भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे सही जानकारी लिनुहोस्। हरेक मण्डलीले बेग्ला-बेग्लै स्मरणार्थ उत्सव मनाउनु बेस हो तर यो सधैं सम्भव नहुन सक्छ। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन् भने उक्त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिनसक्छन्। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउनुका साथै उत्सवको अघिपछि आगन्तुकहरूलाई स्वागत गर्न र नवजिज्ञासुहरूलाई आध्यात्मिक मदत दिनको लागि कार्यक्रमको दौडान कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस् भनी हामी तपाईंहरूलाई सुझाउ दिन्छौं। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राचीनहरूले निर्णय गर्नुपर्छ।
◼ मण्डलीका अध्यक्षले हरेक महिनाको शिपिङ एक्नलेजमेन्ट प्राप्त गरेपछि सोसाइटीको राज्यभवन कोष र विश्वव्यापी कार्यका लागि चन्दाका सबै एक्नलेजमेन्टहरू अर्को महिनाको लेखा रिपोर्ट पढ्दा मण्डलीमा पढेर सुनाउने प्रबन्ध मिलाउनुपर्छ।
◼ नयाँ उपलब्ध प्रकाशनहरू:
आइजयाज् प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड खण्ड २ —अंग्रेजी, कन्नडा, तामिल, मल्यालम
लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? (सानो) —तामिल
अ स्याटिस्फाइङ लाइफ—हाउ टु अटेन इट —अंग्रेजी, तामिल, मराठी, मल्यालम, हिन्दी
तपाईं किन बाइबलमा विश्वास गर्न सकनु हुन्छ (पर्चा नं. १३) —निकोबेरिस
यहोवाका साक्षीहरू के विश्वास गर्छन्? (पर्चा नं. १४)—निकोबेरिस
शान्तिमय नयाँ संसारमा जीवन (पर्चा नं. १५)—निकोबेरिस
डु यु ह्याभ एन इमोर्टल स्पिरिट? (पर्चा न. २५)—अंग्रेजी, तामिल, मिजो
◼ पुनः उपलब्ध प्रकाशनहरू:
लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? (सानो) —मल्यालम
सिङ प्रेजेज् टु जेहोभा (२९ वटा गीत) —हिन्दी
पृथ्वीमा सधैंभरि जीवनको आनन्द उठाउनुहोस्!—तामिल, तेलगु, नेपाली
तपाईं किन बाइबलमा विश्वास गर्न सक्नुहुन्छ? (पर्चा नं. १३) —बंगाली
यहोवाका साक्षीहरू के विश्वास गर्छन्? (पर्चा नं. १४)
—बंगाली
शान्तिमय नयाँ संसारमा जीवन (पर्चा नं. १५) —आसामी, ओरिया, अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, हिन्दी
पारिवारिक जीवनको आनन्द उठाउनुहोस् (पर्चा नं. २१) —अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, हिन्दी
वास्तवमा यो संसारलाई कसले शासन गर्छ? (पर्चा नं. २२) —अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, हिन्दी
◼ माथिका साहित्यहरूका लागि लिटरेचर रिक्वेस्ट (S-14) पठाउनुअघि यो कुरा मनमा राख्नुहोस् कि तपाईंले पहिल्यै अर्डर गरिसक्नुभएका पेन्डिङ साहित्यहरू मण्डलीमा स्वतः पठाइनेछ।