घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:-फेब्रुअरी: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? अथवा मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुस्तक। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्नको लागि विशेष प्रयत्न गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। चासो देखाएमा पत्रिका रुट सुरु गर्न पुनःभेट गर्नुहोस्। पत्रिका रुट कायम गर्न व्यावहारिक नदेखिएमा मात्र ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ मण्डलीको अध्यक्ष वा उनले खटाएको कसैले मार्च १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि यसलाई मण्डलीमा अर्को लेखा रिपोर्ट पढिसकेपछि घोषणा गर्नुहोस्।
◼ सचिव र सेवा निरीक्षकले नियमित अग्रगामीहरूको क्रियाकलापको पुनरावलोकन गर्नुपर्छ। कसैले चाहिए जति घण्टा पुऱ्याउन सकिरहेका छैनन् भने, तिनलाई आवश्यक मदत दिन प्राचीनहरूले प्रबन्ध मिलाउनुपर्छ। सुझाउका लागि सोसाइटीको S-201 वार्षिक पत्र हेर्नुहोस्। आवर किङडम मिनिस्ट्री अक्टोबर १९८६ को परिशिष्टको अनुच्छेद १२-२० पनि हेर्नुहोस्।
◼ सन् २००२ स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषण आइतबार, अप्रिल १४ तारिखको दिन दिइनेछ। भाषणको विषय हुनेछ, “ ‘भयानक दिनलाई’ मनमा राख्नुहोस्।” भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण अथवा सम्मेलन हुने मण्डलीहरूमा उक्त भाषण अर्को हप्ता दिइनेछ। अप्रिल १४, २००२ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनुहुँदैन।
◼ वाच टावर पब्लिकेशन्स् इन्डेक्स १९८६- २००० अंग्रेजीमा सीमित मात्रामा उपलब्ध छ। हरेक मण्डलीले आ-आफ्नो मण्डलीको पुस्तकालयका लागि एक प्रति मात्र मगाउन सक्छन्।
◼ नयाँ उपलब्ध प्रकाशनहरू:
वाच टावर पब्लिकेशन्स् इन्डेक्स १९८६- २०००—अंग्रेजी
के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति? (पर्चा न. १६)—निकोबेरिस
के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६) —उर्दू
◼ पुनः उपलब्ध प्रकाशनहरू:
के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति? (पर्चा न. १६) —आसामी, ओरिया, अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, बंगाली, मराठी, मल्यालम, हिन्दी
के यो संसार रहिरहनेछ? (पर्चा न. १९) —अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, हिन्दी
निराशहरूका लागि सान्त्वना (पर्चा न. २०)—अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, हिन्दी
हु आर जेहोभाज् विट्नेसेज? (पर्चा न. ७३)—तेलगु