घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्स वर्ड अर म्यान्स? युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ भन्ने पुस्तक चलाउन सकिन्छ। मण्डलीसित यी प्रकाशनहरू कुनै पनि उपलब्ध छैनन् भने, नजिकैका मण्डलीहरूसित छन् कि कृपया सोधखोज गर्नुहोस्। फेब्रुअरी: प्रकाश— त्यसको चरमोत्कर्ष निकट! वा तल दिइएकामध्ये कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनीटी?, “हेर! म सब थोक नयाँ तुल्याउँदैछु,” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? उपयुक्त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्स अफ द डेड—क्यान दे हेल्प यू अर हार्म यू? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयत्न गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। पुनःभेटको दौडान चासो देखाउने कोही भेटेको खण्डमा त्यस व्यक्तिलाई पत्रिका रुटमा समावेश गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ फेब्रुअरी महिनाको सुरुदेखि मार्च २ सम्म क्षेत्रीय निरीक्षकहरूले दिने नयाँ जनभाषण हुनेछ, “अन्धकारमय संसारबाट उद्धार।”
◼ यस वर्ष अप्रिल १६, बुधबारको दिन सूर्यास्तपश्चात् स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि स्मरणार्थका प्रतीकहरू घुमाउन भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे सही जानकारी लिनुहोस्। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन् भने उक्त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिन सक्छन्। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउन कार्यक्रमको दौडान कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस् भनी हामी तपाईंहरूलाई सुझाव दिन्छौं। ट्राफिक र गाडी पार्क गर्ने ठाउँलगायत यात्रुहरूलाई लिन र पुऱ्याउन जाने समयलाई पनि विचार गर्नुपर्छ। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राचीनहरूले निर्णय गर्नुपर्छ।