प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 सेप्टेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 सेप्टेम्बर पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: उपासनामा एकताबद्ध पुस्तक चलाइनेछ। घरधनीले उपासनामा एकताबद्ध पुस्तक नस्वीकारेको खण्डमा सबैका लागि उपयोगी किताब भन्‍ने पुस्तिका वा तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ! भन्‍ने पुस्तिका प्रस्तुत गर्न सकिन्छ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! प्रस्तुत गर्नुहोस्‌। चासो देखाएमा गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। नोभेम्बर: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्न सकिन्छ। यदि मानिसहरूसित यी प्रकाशनहरू छन्‌ भने, उपासनामा एकताबद्ध पुस्तक प्रस्तुत गर्नुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ प्रस्तुत गर्न सक्नुहुन्छ।

◼ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सम्हाल्ने भाइलाई जानकारी दिन सकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना शाखालाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

◼ पुनःस्थार्पित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।

◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्टमा ज्ञान पुस्तक प्रस्तुत गर्ने सुझावित प्रस्तुतिहरू दिइएका छन्‌। आफ्नो साक्षीकार्यमा धेरैभन्दा धेरै चलाउने प्रयास गर्नुहोस्‌ र कस्तो नतिजा प्राप्त गर्नुहुन्छ, हेर्नुहोस्‌।

◼ बंगलौरस्थित शाखा कार्यालयले लोनाभलाको ठेगानामा पठाइएका थुप्रै पत्रहरू प्राप्त गरिरहेको छ। यो विशेष गरी हाम्रा साहित्यहरू प्राप्त गर्ने र यसबारे अझ बढी बुझ्न इच्छुक तर फेरि-फेरि साक्षीहरूसित सम्पर्क हुन नसकेका व्यक्‍तिहरूले पठाएका हुन्‌। हालै प्रकाशित पत्रिका तथा साहित्यबाहेक हाम्रा अधिकांश साहित्यहरूमा अझै पनि लोनाभलाकै ठेगाना छन्‌। प्रकाशक तथा मण्डलीहरूसित स्टकमा भएका साहित्यहरूमा पनि त्यस्तै हुन सक्छन्‌। तसर्थ, हाल हामीसित भएको स्टक नसकुन्जेल र अझ धेरै पुनः मुद्रण नहोउन्जेल यी साहित्यहरू प्रस्तुत गर्दा कृपया पुरानो ठेगानाको ठाउँमा बंगलौरस्थित शाखाको नयाँ ठेगाना परिवर्तन गर्नुहुन हामी प्रकाशकहरूलाई अनुरोध गर्न चाहन्छौं। यसो गरेको खण्डमा लोनाभलामा चिठीपत्रहरू जान कम हुनेछन्‌ र पत्रचार गर्न पनि ढिलो हुनेछैन।

◼ सन्‌ २००४ स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषण आइतबार, अप्रिल १८ तारिखको दिन दिइनेछ। भाषणको विषय पछि नै घोषणा गरिनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण अथवा सम्मेलन हुने मण्डलीहरूमा उक्‍त भाषण अर्को हप्ता दिइनेछ। अप्रिल १८, २००४ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनुहुँदैन।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

जेहोभाज विट्‌नेसेज्‌ एण्ड एजुकेशन —हिन्दी

जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —बंगाली, मराठी, हिन्दी

के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?—कन्‍नडा, गुजराती, मराठी, हिन्दी

ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? —अंग्रेजी

सिङ प्रेजेज टु जेहोभा (२९ वटा गीत) —हिन्दी

कुरुक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट —कन्‍नाडा, गुजराती, तामिल, तेलगु, बंगाली, मल्यालम, हिन्दी

मृत्यु माथि विजय —नेपाली

डज फेट रूल आवर लाइभ्स?—अर डज गड होल्ड अस रेस्पन्सिबल? (मुसलमानहरूका लागि)(पर्चा न. ७१) —ऊर्दू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने