प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 नोभेम्बर पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 नोभेम्बर पृ. ३

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्न सकिन्छ। यदि मानिसहरूसित यी प्रकाशनहरू छन्‌ भने, उपासनामा एकताबद्ध पुस्तक प्रस्तुत गर्नुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: उपासनामा एकताबद्ध पुस्तक चलाइनेछ। घरधनीले उपासनामा एकताबद्ध पुस्तक नस्वीकारेको खण्डमा सबैका लागि उपयोगी किताब भन्‍ने पुस्तिका वा तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ! भन्‍ने पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष निकट! पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चलाइनेछ।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले डिसेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढेपछि यसबारे घोषणा गर्नुहोस्‌।

◼ मण्डलीहरूले आफ्नो पुस्तकालयको लागि गरेका माग पूरा गरिसकेपछि सीमित मात्रामा वाच टावर पब्लिकेशनस इन्डेक्स २००१ अंग्रेजीमा उपलब्ध छन्‌। आफ्नो व्यक्‍तिगत प्रयोगको लागि यो इन्डेक्स प्राप्त गर्न चाहने प्रकाशकहरूले आफ्नो मण्डलीमार्फत यो मगाउन सक्छन्‌।

◼ मण्डलीहरूले मगाएका साहित्यहरू शाखा कार्यालयले हरेक महिना निम्नअनुसार पठाउनेछन्‌: पहिलो हप्तामा, कर्नाटका र तामिल नाडुले गरेका मागहरू पठाइनेछन्‌; आन्द्र प्रदेश र महाराष्ट्रका मण्डलीहरूले पठाएका मागहरू दोस्रो हप्तामा पठाइनेछन्‌: केरलाका मागहरू हरेक महिनाको तेस्रो हप्तामा पठाइनेछन्‌; र भारतका अन्य राज्यहरूका मागहरू महिनाको चौथो हप्तामा क्रमशः पठाइनेछन्‌। साहित्य संयोजकले (वा सेवक) त्यसैअनुरूप साहित्य मागहरू पठाउने प्रबन्ध मिलाउनुपर्छ ताकि आफ्नो मण्डलीको लागि तोकिएको हप्ताभन्दा अघि शाखा कार्यालयमा आफ्ना मागहरू पुग्न सकोस्‌।

◼ वाच टावर पब्लिकेशनस इन्डेक्स २००२-का प्रतिहरू अंग्रेजीमा उपलब्ध छन्‌। हरेक मण्डलीले आफ्नो पुस्तकालयको लागि एक प्रति मात्र मगाउन सक्छन्‌ र यसबारे लिटरेचर रिक्वेस्ट फाराम-को “Cong. Use.” भन्‍ने स्तम्भअन्तर्गत स्पष्टसित चिह्न लगाउनुपर्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

वाचटावर पब्लिकेशनस इन्डेक्स २००२—अंग्रेजी

वर्सिप दी ओन्ली ट्रु गड —कन्‍नडा, तेलगु

◼ पुनः उपलब्ध प्रकाशनहरू:

इज देअर अ क्रिएटर हु क्येर्स अवाउट यू?—अंग्रेजी

लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? (सानो साइज) —अंग्रेजी

ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ—बंगाली, नेपाली

अप्लाई योरसेल्फ टु रिडिङ एण्ड राइटिङ—अंग्रेजी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने