घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: उपासनामा एकताबद्ध पुस्तक चलाइनेछ। घरधनीले उपासनामा एकताबद्ध पुस्तक नस्वीकारेको खण्डमा सबैका लागि उपयोगी किताब भन्ने पुस्तिका वा तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! भन्ने पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष निकट! पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चलाइनेछ। मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान पुस्तक प्रस्तुत गर्नुहोस्। यदि घरधनीसित यो पुस्तक छँदैछ भने, विकल्पको रूपमा तपाईं दानियलको भविष्यवाणी प्रयोग गर्न सक्नुहुन्छ। अप्रिल र मे: स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। परमेश्वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन् भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ।
◼ मार्च १५, २००४ हप्ताको सुरुदेखि हामी मण्डली पुस्तक अध्ययनमा ड्र क्लोज टु जेहोभा अध्ययन गर्नेछौं। अब यो प्रकाशन अंग्रेजी, कन्नडा, तामिल, तेलगु, पंजाबी, बंगाली, मल्यालम र हिन्दी भाषाहरूमा उपलब्ध छ। तपाईंले जिल्ला अधिवेशनबाट आफ्नो व्यक्तिगत प्रति प्राप्त गरिसक्नुभयो होला। यदि तपाईं मण्डली पुस्तक अध्ययनको लागि थप प्रतिहरू प्राप्त गर्न चाहनुहुन्छ भने, आफ्नो माग तुरुन्तै पठाइहाल्नुहोस्।
◼ फेब्रुअरी महिनादेखि मार्च ७ सम्म क्षेत्रीय निरीक्षकहरूले दिने नयाँ जनभाषण हुनेछ, “तपाईं कसका मूल्यमान्यताहरूको कदर गर्नुहुन्छ?”
◼ यस वर्ष अप्रिल ४, आइतबारको दिन सूर्यास्त पश्चात् स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि स्मरणार्थका प्रतीकहरू घुमाउन भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे सही जानकारी लिनुहोस्। त्यस दिन क्षेत्र सेवाका लागि हुने सभाबाहेक अरू कुनै सभा नहुने भएकाले अर्को समयमा प्रहरीधरहरा अध्ययन सञ्चालन गर्ने उपयुक्त प्रबन्ध मिलाउनुपर्छ। स्थानीय परिस्थितिअनुसार क्षेत्रीय निरीक्षकले त्यस हप्ताका सभाहरूको तालिकालाई हेरफेर गर्नेछन्। हरेक मण्डलीले आफ्नो लागि बेग्लाबेग्लै स्मरणार्थ उत्सवको आयोजना गर्नु राम्रो भए तापनि यो सधैं सम्भव नहुन सक्छ। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन् भने उक्त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिन सक्छन्। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउन कार्यक्रमबीच कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस् भनी हामी तपाईंहरूलाई सुझाव दिन्छौं। ट्राफिक र गाडी पार्क गर्ने ठाउँलगायत यात्रुहरूलाई लिन र पुऱ्याउन जाने समयलाई पनि विचार गर्नुपर्छ। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राचीनहरूले निर्णय गर्नुपर्छ।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
लर्न फ्रम द ग्रेट टिचर —अंग्रेजी, तामिल
ड्र क्लोज टु जेहोभा —कन्नडा, तामिल, तेलगु, पंजाबी, बंगाली, मल्यालम, हिन्दी
“सी द गूड ल्याण्ड” —अंग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम, हिन्दी
यहोवाको भजन गाओ (सानो गीतिपुस्तक) —कन्नडा
यहोवाको भजन गाओ (२९ वटा गीत) —नेपाली
के यो संसार रहिरहनेछ? (पर्चा न. १९) —आसामी
निराशहरूका लागि सान्त्वना (पर्चा न. २०)—आसामी
पारिवारिक जीवनको आनन्द उठाउनुहोस्(पर्चा न. २१) —आसामी
वास्तवमा यो संसारलाई कसले शासन गर्छ?(पर्चा न. २२) —आसामी
◼ पुनः उपलब्ध प्रकाशनहरू:
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ —गुजराती
चर्चाका लागि बाइबल विषयहरू —नेपाली
यहोवाको भजन गाओ (२९ वटा गीत) —तेलगु
शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५) —कन्नडा, गुजराती, जोङ्गा, तामिल, नेपाली, पंजाबी, बंगाली, मराठी, मिजो, हिन्दी
के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति? (पर्चा न. १६) —कन्नडा, कंकनी (कनारिस र रोमन) मिजो
के यो संसार रहिरहनेछ? (पर्चा न. १९)—गुजराती, तामिल, बंगाली, मराठी, हिन्दी
डु यु ह्याभ एन इमोर्टल स्पिरिट? (पर्चा न. २५)—मिजो