प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 फेब्रुअरी पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 फेब्रुअरी पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष निकट! पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चलाइनेछ। मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान पुस्तक प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीसित यो पुस्तक छँदैछ भने, विकल्पको रूपमा तपाईं दानियलको भविष्यवाणी प्रयोग गर्न सक्नुहुन्छ। अप्रिल र मे: स्मरणार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। परमेश्‍वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन्‌ भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले मार्च १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढेपछि यसबारे घोषणा गर्नुहोस्‌। सोसाइटीको विश्‍वव्यापी कार्य तथा अन्य कुनै पनि कोषलाई मण्डलीले दिएको चन्दाका कुनै एक्नलेजमेन्ट छ भने, पढेर सुनाउनुहोस्‌।

◼ सचिव र सेवा निरीक्षकले सबै नियमित अग्रगामीहरूको क्रियाकलापको पुनरावलोकन गर्नुपर्छ। कसैले पुऱ्‍याउनुपर्ने आवश्‍यक घण्टा पुऱ्‍याउन सकिरहेका छैनन्‌ भने तिनलाई आवश्‍यक मदत दिन प्राचीनहरूले प्रबन्ध मिलाउनुपर्छ। सुझावका लागि S-201 वार्षिक-पत्र पुनरावलोकन गर्नुहोस्‌।

◼ सन्‌ २००४ स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषणको विषय हुनेछ, “साहसी हुनुहोस्‌ र यहोवामा भरोसा राख्नुहोस्‌।” सेप्टेम्बर २००३ को हाम्रो राज्य सेवकाई-मा यससित सम्बन्धित घोषणा हेर्नुहोस्‌।

◼ कम्प्याक्ट डिस्कको सीमित स्टकमा: (१) किङ्‌डम मेलोडिस्‌ [न. १ देखि ९] र (२) सिङ्‌गिङ किङ्‌डम सङ्‌ग्स्‌ उपलब्ध छन्‌। राज्यभवनमा प्रयोग गर्न किङ्‌डम मेलोडिस्‌-को एक सेट प्राप्त गर्न चाहने मण्डलीहरूले आफ्नो माग तुरुन्तै पठाइहाल्न सक्छन्‌। सिङ्‌गिङ किङ्‌डम सङ्‌ग-का प्रतिहरू प्रकाशकहरूका लागि पनि मगाउन सकिन्छ।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने —कन्‍नडा

जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहन्छ? —अंग्रेजी, नेपाली

के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?—नेपाली, पंजाबी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने