प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मे पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 मे पृ. ३

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। स्मरणार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा परमेश्‍वरको उपासना (उपासनामा एकताबद्ध छैन भने) पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन्‌ भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। जून: युवा जनहरूका प्रश्‍न पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। यी पुस्तकहरू प्रस्तुत गर्न घरधनीको निम्ति अनुपयुक्‍त भएको खण्डमा, चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। गृह बाइबल अध्ययन सुरु गर्नको लागि यो पुस्तिका चलाउने प्रयास गर्नुहोस्‌। जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? राम्ररी अङ्‌ग्रेजी पढ्‌न सक्ने व्यक्‍ति छन्‌ भने माथिका पुस्तिकाहरूका साथै द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर र अ साटिस्फाइङ लाइफ पनि प्रस्तुत गर्न सकिन्छ।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले जून १ वा त्यसको लगत्तैपछि मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि यसलाई अर्को लेखा रिपोर्ट पढिसकेपछि मण्डलीसामु घोषणा गर्नुहोस्‌।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

चर्चाका लागि बाइबल विषयहरू —हिन्दी

निराशहरूका लागि सान्त्वना (पर्चा न. २०)—तामिल

पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌ (पर्चा न. २१)—उर्दू

वास्तवमा यो संसारलाई कसले शासन गर्छ? (पर्चा न. २२)—अङ्‌ग्रेजी, गुजराती, मराठी, तेलगु

के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६) —उर्दू

◼ पुनः उपलब्ध नयाँ प्रकाशनहरू:

पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌ (पर्चा न. २१)—सिन्धी

के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६) —कोन्कानी, ओरिया, सिन्धी

◼ वाचटावर लाइब्ररी—२००३ एडिसन (cdly03) सीडी-रोममा चाँडै उपलब्ध हुनेछ। यो कम्प्युटर सुविधा भएका मण्डलीका सदस्यहरूका लागि मात्र हो र मण्डलीमार्फतै मगाउनुपर्छ। cdly03 विमोचन भएकोले cdly01 संस्करणका पठाउन बाँकी रहेका सबै मागहरू हामीले रद्द गरेका छौं। त्यसैले, cdly01 मगाएकाहरूले cdly03 संस्करणको लागि पुनः नयाँ माग पठाउन सक्छन्‌।

◼ सम्झौटो: मण्डलीहरूलाई स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स पठाइँदैछ। सन्‌ २००४ को लागि अधिवेशन बिल्ला र सन्‌ २००५ को लागि अन्य वार्षिक सामग्रीहरू जस्तै, दिनहुँ धर्मशास्त्र जाँच्ने, यरबूक र क्यालेन्डर अहिलेसम्म पनि नमगाएका मण्डलीहरूले आ-आफ्नो माग स्पेशल रिक्वेस्ट फर्म प्राप्त हुने बित्तिकै पठाइहाल्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने