ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २८, २००५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जनवरी ३ देखि फेब्रुअरी २८, २००५ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. हाम्रो भाषण खास श्रोतागणको लागि जानकारीमूलक बनाउन भाषण तयारी गर्दा आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छौं? [ht-NP पृ. १३ अनु. ६]
२. भाषणको परिचयमा हामी कुन तरिका चलाएर विषयप्रति चासो जगाउन सक्छौं? [ht-NP पृ. १७ अनु. २]
३. हामी कसरी आफ्नो परिचय मूल विषयसित मेल खाने बनाउन सक्छौं? [ht-NP पृ. १८ अनु. ८, ९]
४. कत्तिको ठूलो आवाजमा बोल्ने भनी हामी कसरी निर्णय गर्न सक्छौं? [ht-NP पृ. २२ अनु. १२]
५. विचार परिवर्तनको लागि विराम र जोड दिनको लागि विरामले हामीलाई कसरी मदत गर्छ? [ht-NP पृ. २४ अनु. २२, २५, २६]
असाइनमेन्ट न. १
६. परमेश्वरको वचनमाथिको विश्वासले हामीलाई कसरी मदत गर्न सक्छ? [w-NP०३ १/१५ पृ. ११ अनु. ८]
७. कस्ता व्यक्तिहरू काँढाको झाँगबीच भएको जमिनजस्ता हुन्? तिनीहरूमा कस्ता गम्भीर समस्याहरू पैदा हुने खतरा हुन्छ? (लूका ८:१४) [w-NP०३ २/१ पृ. १२ अनु. १६]
८. बीउ छर्ने र विभिन्न प्रकारको जमिनबारे येशूको दृष्टान्तले राज्य बीउ के हो र के होइन भनेर कसरी देखाउँछ? (लूका ८:८) [w-NP०३ २/१ पृ. २०-२१ अनु. १०-११]
९. प्रभुको साँझको भोज स्थापना गरिनुको दुइटा कारण के-के थिए? [w-NP०३ २/१५ पृ. १३ अनु. ५, ६]
१०. कुनै सँगी विश्वासीसित गम्भीर मतभिन्नता हुँदा, हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ? (यूह. ६:४४) [w-NP०३ ३/१५ पृ. १५ अनु. ४]
साप्ताहिक बाइबल पढाइ
११. के अब्राहामको पिता तेरह मूर्तिपूजक थिए? (यहो. २४:२)
१२. के गिदोनमा यहोवाले तिनलाई दिनुभएको जिम्मेवारी पूरा गर्ने साहसको कमी थियो? तपाईं कुन आधारमा यस्तो जवाफ दिनुहुन्छ? (न्याय. ६:२५-२७) [w-NP०० ८/१ पृ. १७ अनु. १२]
१३. गिदोनले एप्रैमको कुललाई सम्बोधन गरेको तरिकाबाट हामी के सिक्न सक्छौं? (न्याय. ८:१-३) [w-NP०० ८/१५ पृ. २५ अनु. ३-४]
१४. गिबाका मानिसहरू अतिथिसत्कार देखाउन इच्छुक नहुनुले कुन कुरा सङ्केत गर्थ्यो? (न्याय. १९:१४, १५)
१५. ‘हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो त्यही गर्दा’ के त्यसले अराजकतालाई बढाएन र? (न्याय. २१:२५)