ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त २९, २००५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले जुलाई ४ देखि अगस्त २९, २००५ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. तार्किक विकासका केही रूपहरू के-के हुन्? [ht-NP पृ. ५४ अनु. १०]
२. वक्ताको हैसियतमा तपाईं सधैं कुन प्रश्नको जवाफ दिन सक्षम हुनुपर्छ? [ht-NP पृ. ५८ अनु. ७]
३. साझा सहमति कायम राख्न तपाईंले के गर्नै पर्छ? [ht-NP पृ. ६० अनु. १७]
४. कहाँ जोड दिने भनी छुट्ट्याउनुमा कुन कुरा समावेश छ? [ht-NP पृ. ६२ अनु. ३]
५. स्वर परिवर्तन भनेको के हो? [ht-NP पृ. ६४ अनु. ११]
असाइनमेन्ट न. १
६. कस्ता सुस्पष्ट प्रमाणहरूले येशूको ऐतिहासिकता प्रमाणित गर्छ? [w-NP०३ ६/१५ पृ. ४-७]
७. कसरी “असल मानिसको वचनले त्यसको उद्धार हुन्छ” र असल मानिसको सन्तान कसरी “रहिरहन्छ”? (हितो. १२:६, ७) [w-NP०३ १/१५ पृ. ३० अनु. १-३]
८. बाइबलले गर्न हुने र गर्न नहुने कामहरूको सूची नदिएकोले ‘यहोवाको इच्छा के रहेछ’ भनी हामी कसरी ‘बुझ्न’ सक्छौं? (एफि. ५:१७) [w-NP०३ १२/१ पृ. २१ अनु. ३–पृ. २२ अनु. ३]
९. कस्ता बाइबल सिद्धान्तहरू व्यवहारमा उतार्दा यसले गरिबी वा कठिन आर्थिक अवस्थाहरूको सामना गर्न मदत दिन सक्छ? [w-NP०३ ८/१ पृ. ५ अनु. २-५]
१०. सित्तैंमा दिने सन्दर्भमा यहोवाले बसाल्नुभएको उदाहरणले हामीलाई कसरी असर गर्छ? (मत्ती १०:८) [w-NP०३ ८/१ पृ. २०-२२]
साप्ताहिक बाइबल पढाइ
११. सुलेमानले निर्माण गरेको मन्दिरको प्रवेशद्वारमा भएको याकीन र बोअज नाउँका दुईवटा स्तम्भले कुन कुरा चित्रण गर्थ्यो? (१ राजा ७:१५-२२) [it-1 पृ. ३४८ अनु. २; w६६ पृ. ३२]
१२. सुलेमानले गालील भूमिको २० वटा सहर टायरका राजा हीरामलाई दिनु के मोशालाई दिइएको व्यवस्था अनुरूप थियो? (१ राजा ९:१०-१३)
१३. “परमेश्वरका एक जन[को]” अनाज्ञाकारिताबाट हामी कस्तो पाठ सिक्न सक्छौ? (१ राजा १३:१-२५)
१४. यहूदाका राजा आसाले कसरी साहस देखाए र तिनको उदाहरणबाट हामी के सिक्न सक्छौं? (१ राजा १५:११-१३)
१५. नाबोतले आहाबलाई आफ्नो दाखबारी दिन इन्कार गरेको कुराले तिनी अट्टेरी थिए भनेर किन देखाउँदैन? (१ राजा २१: २, ३)