घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? वा एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुस्तक प्रस्तुत गर्नुहोस्। जून: एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् किताब प्रस्तुत गर्नुहोस्।
◼ अप्रिलमा पाँच सप्ताहन्त पर्ने हुनाले यो महिना सहायक अग्रगामी गर्न उपयुक्त छ।
◼ स्मरणार्थ उत्सव अप्रिल १२, २००६, बुधबार मनाइनेछ। तपाईंको सभा बुधबार छ र अरू मण्डलीहरूको सभा नभएकोले त्यस हप्ताको कुनै दिन राज्यभवन उपलब्ध छ भने उक्त सभालाई त्यसै दिन सार्न सकिन्छ। यसो गर्न सम्भव छैन र सेवा सभामा मण्डलीको लागि सञ्चालन गर्नै पर्ने भाग छ भने त्यसलाई अर्को सेवा सभामा समावेश गर्न सकिन्छ।
◼ स्मरणार्थ उत्सवको मिति, समय र ठेगाना निमन्त्रणा पर्चीमा सफा र स्पष्टसित लेखेको वा छापिएको छ कि छैन, प्राचीनहरूले पक्का गर्नुपर्छ। लेख्दा वा छाप्दा पर्चीको पछाडिपट्टि लतपत भएको वा मसी सरेको हुनुहुँदैन।
◼ मण्डलीहरूले प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का नयाँ अंकहरू पाउने बित्तिकै वितरण गरिहाल्नुपर्छ। यसो गर्दा क्षेत्र सेवामा पत्रिकाहरू प्रस्तुत गर्नुअघि प्रकाशकहरू विषयवस्तुसित परिचित हुन सक्नेछन्। हाम्रो राज्य सेवकाई पनि आउनासाथ वितरण गरिहाल्नुपर्छ। यसलाई मण्डली पुस्तक अध्ययनमा वितरण गर्न सकिन्छ।
◼ मे महिनाको सेवा सभामा नूह—उनी परमेश्वर सँगसँगै हिंडे (नोवा—ही वक्ड विथ गड) भिडियोबारे छलफल गरिनेछ। उक्त भिडियो चाहिन्छ भने, मण्डली मार्फत जतिसक्दो चाँडो मगाउनुपर्छ।
◼ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिन सकून् भन्ने हेतुले प्रत्येक महिना शाखा कार्यालयलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
◼ पुनः उपलब्ध प्रकाशनहरू:
स्पिरिट्स अफ द डेड—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एग्जिस्ट —अंग्रेजी
◼ अंग्रेजीमा पुनः उपलब्ध अनुसन्धानको लागि प्रयोग गरिने प्रकाशनहरू:
“अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनिफिसियल”
इन्साइट अन द स्क्रिप्चर्स
न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स—विथ रेफरेन्सेस् (Rbi8)
रीजनिङ फ्रम द स्क्रिप्चर्स
वाच टावर पब्लिकेसन्स् इन्डेक्स १९८६-२०००
स्मरण रहोस्, यी प्रकाशनहरू विशेष आवेदन अन्तर्गत पर्छ र प्रकाशकहरूले विशेष अर्डर गर्नुपर्छ। यी प्रकाशन मगाउने प्रकाशकहरूलाई साँच्चै नै चाहिएको हो कि होइन सेवा समितिले भेटेर पक्का गर्नुपर्छ र यो पक्का गरेको कुरा साहित्य आवेदन फारमसँगै एउटा सानो नोटमा उल्लेख गर्नुपर्छ। यसरी उल्लेख नगरिएको आवेदन स्वीकार्य नहुन पनि सक्छ।
◼ उपलब्ध नयाँ श्रव्य सी डी:
आध्यात्मिक सम्पदाको मूल्यांकन गर्नुहोस् (cdoh) —तामिल
हाम्रो दिनका लागि चेताउनीमूलक उदाहरण (cdwx) —हिन्दी, मल्यालम, तामिल
परमेश्वर हामीबाट के चाहनुहुन्छ? (cdrq)—तामिल
◼अमेरिकी सांकेतिक भाषामा उपलब्ध नयाँ डि भि डि:
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ (dvkl-ASL)
बाइबलले वास्तवमा के सिकाउँछ? (dvbh-ASL)