प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जनवरी पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 जनवरी पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: छिट्टै पुरानो देखिने वा रंग खुइलिएर जाने १९२ पृष्ठे पुस्तकहरू अथवा सन्‌ १९९१ अघि प्रकाशित कुनै पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। मण्ड⁠लीको स्टकमा ती पुराना पुस्तकहरू छैन भने ज्ञान पुस्तक वा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक प्रस्तुत गर्नुहोस्‌। यो पुस्तक छैन भने मृत्यु माथि विजय​—⁠के यो तपाईंको लागि सम्भव छ? पुस्तिका प्रस्तुत गर्नुहोस्‌। मार्च: बाइबलले वास्त⁠वमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्‌। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्‌। सिकाउँछ पुस्तकसँग के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा दिनुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। स्मर⁠णार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। बाइबल अध्ययन सुरु गर्ने उद्देश्‍यसहित पुस्तक प्रस्तुत गर्नुहोस्‌।

◼ फेब्रुअरीदेखि मार्च ४ बीच क्षेत्रीय निरीक्षकहरूले आफ्नो क्षेत्रीय भ्रमणको दौडान दिने नयाँ जनभाषणको विषय हुनेछ: “परमेश्‍वरको नयाँ संसार​—⁠यसमा प्रवेश गर्न को योग्य हुनेछन्‌?”

◼ अप्रिल महिनाको सेवा सभामा यङ पिपल आस्क​—⁠ह्वाट विल आइ डु विथ माइ लाइफ? भिडियोसम्बन्धी कार्यक्रम हुनेछ। चाहिन्छ भने, मण्डली मार्फत सकेसम्म चाँडो मगाइहाल्नुपर्छ।

◼ चिनियाँ भाषाका प्रकाशनहरू दुइटा लिपिमा प्रकाशित हुन्छन्‌। हंगकंग र ताइवानका मानिसहरूले प्रायजसो पुरानो परम्परागत लिपि पढ्‌⁠छन्‌ जसलाई हामी “चाइनिज” (CH) भन्‍नेछौं। त्यसबाहेक अन्य चिनियाँ पाठकहरूले प्रायजसो सजिलो लिपिमा लेखिएको पुस्तक-पुस्तिका पढ्‌छन्‌ जसलाई “सरलीकृत चाइ⁠निज” (CHS) भनिन्छ। चिनियाँ प्रकाशन पढ्‌ने व्यक्‍तिले क्यान्टोनिज, मान्डारिन वा अर्को उपभाषा बोले तापनि तिनी कुन लिपिको प्रकाशन पढ्‌न चाहन्छन्‌ भनेर पत्ता लगाउनु जरुरी छ। यसो गर्दा सही लिपिको प्रकाशन अर्डर गर्न सकिन्छ।

◼ यस वर्ष अप्रिल २, सोमबारको दिन सूर्यास्तपछि स्मरणार्थ उत्सव मनाउन मण्डली⁠हरूले उपयुक्‍त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि स्मर⁠णार्थका प्रती⁠कहरू घुमाउन भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे सही जानकारी लिनुहोस्‌। हरेक मण्डलीले स्मरणार्थ उत्सव मनाउने आफ्नै प्रबन्ध मिलाउनु राम्रो हो। तथापि, त्यसो गर्न सधैं सम्भव नहुन सक्छ। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिन सक्छन्‌। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउन दुई मण्डलीको कार्यक्रमबीच कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस्‌ भनी हामी तपाईंहरूलाई सुझाव दिन्छौं। पार्किङको राम्रो व्यवस्था मिलाउनुहोस्‌ र जहाँ पायो त्यहीं सवारी साधन रोकेर मान्छे ओराल्ने र चढाउने नगर्नुहोस्‌। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राची⁠नहरूको निकायले निर्णय गर्नुपर्छ।

◼ मण्डलीका सचिवहरूले आफ्नो मण्डलीमा भएका प्रत्येक नियमित अग्रगामीको नियुक्‍ति पत्र (S-202) छ कि छैन, पक्का गर्नुपर्छ। छैन भने, शाखा कार्यालयलाई पत्र लेखेर खबर गर्नुपर्छ।

◼ उपलब्ध नयाँ प्रकाशन:

यहोवाको भजन गाओ (२९ गीत) ​—⁠बंगाली

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने