घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्दा तिनीहरूलाई बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने उद्देश्यसहित पुस्तक प्रस्तुत गर्नुहोस्। जून: पारिवारिक आनन्द पुस्तक प्रस्तुत गर्नुहोस्।
▪ सन् २००७ को जिल्ला अधिवेशनको लागि आवश्यक बिल्ला मे महिनामा साहित्य पठाउँदा सँगै पठाइनेछ। मण्डलीको प्रकाशकको संख्याअनुसार २५/२५ वटा बिल्लाको बन्डल बनाएर पठाइनेछ। त्यसैले अधिवेशनको बिल्ला अर्डर गरिरहनु पर्दैन। तर थप बिल्ला चाहिन्छ भने वा अर्को भाषाको बिल्ला चाहिएमा मात्र लिटरेचर रिक्वेस्ट फाराम (S-14) मार्फत अर्डर गर्नुपर्छ।
▪ मण्डलीका सचिवले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू पुग्दो राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराम (S-14) मार्फत अर्डर गर्न सकिन्छ। ती फारामहरू कम्तीमा पनि एक वर्षलाई पुग्नेगरि राख्नुहोस्। नियमित अग्रगामीको फाराम शाखा कार्यालयलाई पठाउनुअघि फाराम राम्ररी भरेको छ कि छैन पक्का गर्नुपर्छ।
▪ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवको अहिलेको ठेगाना र टेलिफोन नम्बरहरूको रेकर्ड राख्नुपर्छ। ठेगाना परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। टेलिफोनको एसटीडी कोड परिवर्तन भएको छ भने, त्यो पनि उल्लेख गर्नुपर्छ।
▪ यात्रा गर्दा अर्कै देशको मण्डलीका सभामा, सम्मेलन वा अधिवेशनमा जाने योजना बनाउनुभएको छ भने मिति, समय र स्थानबारे थाह पाउन त्यस मुलुकमा भइरहेको कामको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पानामा छ।
▪ लिटरेचर आइटमको वार्षिक तालिकाअनुसार अर्को वर्षको लागि आवश्यक फारामहरू जुन लिटरेचर रिक्वेस्ट फाराम (S-14) मा उल्लेख गरिएका छन्, ती अप्रिल महिनामा मगाउनुपर्छ। त्यसैले वर्षभरिलाई के-कति फारामहरू चाहिन्छ, लिटरेचर रिक्वेस्ट फाराम (S-14) को पेज २ मा भएको लिस्ट हेर्नुहोस् र अर्को महिनामा साहित्य अर्डर गर्दा सँगै अर्डर गर्नुहोस्। एक-दुइटा फाराम छिट्टै चाहियो भनेर मण्डलीहरूले हतार-पतार अर्डर गर्ने गरेको पनि पाइएको छ। मण्डलीलाई आवश्यक विभिन्न फारामहरू साहित्य अर्डर गर्दा सँगै अर्डर गर्नुपर्छ। यसो गर्दा शाखा कार्यालयको समय र खर्च जोगिन्छ।
▪ नोभेम्बर २००६ को हाम्रो राज्य सेवकाई-को सेवा सभाको तालिकामा नोभेम्बर २७ मा सुरु हुने हप्ताको भागमा भएको “रगतका सूक्ष्म तत्त्व अनि आफ्नै रगत प्रयोग हुने उपचारहरूलाई कुन दृष्टिले हेर्नुपर्छ?” शीर्षकमा आधारित भएर मण्डली पुस्तक अध्ययन निरीक्षकले आफ्नो समूहका भाइबहिनीहरूलाई थप सम्झौटाहरू बताउनुपर्छ।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
बाइबलका कथाहरू भएको मेरो पुस्तक-का लागि प्रश्नहरू —मिजो
▪ उपलब्ध रिभाइज्ड कम्प्याक्ट डिस्क:
किङ्डम मेलोडिज (एमपीथ्री), भोल्युम ४
▪ उपलब्ध नयाँ डिभिडि:
द गुड न्यूज एकर्डिङ टु जोन —अमेरिकी सांकेतिक भाषा
अर्गनाइज्ड टु शेयर गुड न्यूज एन्ड होल एसोशिएसन अफ ब्रदर्श —अंग्रेजी
मार्च २००७ को हाम्रो राज्य सेवकाई मण्डलीहरूलाई पठाउँदा यो डिभिडि को एकप्रति सँगै पठाइएको छ। यसलाई मण्डलीको पुस्तकालयमा राख्नुहोस्। यसो गर्दा भाइबहिनीहरूले उक्त डिभिडि हेर्न सक्छन् र डिभिडि हेरिसकेपछि फेरि पुस्तकालयमै फिर्ता गर्नुपर्छ। भविष्यमा यस डिभिडि थप उपलब्ध भएपछि हाम्रो राज्य सेवकाई-मा घोषणा गरिनेछ। त्यसपछि मात्र आवश्यक मात्रामा अर्डर गर्न सकिन्छ।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
जागा रहो! —नेपाली
अ साटिस्फाइङ लाइफ—हाउ टु अटेन इट —अंग्रेजी, कन्नडा, तेलगु, मराठी