प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 जून पृ. ७
  • विभिन्‍न भाषाका पर्चाहरूको सँगालो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विभिन्‍न भाषाका पर्चाहरूको सँगालो
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 जून पृ. ७

विभिन्‍न भाषाका पर्चाहरूको सँगालो

१ हामीले भारतका २८ वटा प्रान्तमा बसोबास गर्ने र १,६०० भन्दा बढी भाषा बोल्ने मानिसहरूलाई सुसमाचार सुनाउने चुनौतीपूर्ण काम पाएका छौं। (मत्ती २४:१४; प्रका. ७:९) थुप्रै प्रकाशकहरूले राम्रो गरिरहेका छन्‌। तिनीहरू आफ्नै भाषा बोल्ने मानिसहरूलाई मात्र होइन तर आफ्नो इलाकामा बस्ने विभिन्‍न “जाति र भाषाहरूको” मानिसलाई प्रभावकारी ढङ्‌गमा साक्षी दिइरहेका छन्‌। सायद तपाईं पनि दुइ चार वटा भाषा बोल्न सक्नुहुन्छ वा हिन्दी र अंग्रेजीजस्ता भाषाको ज्ञानलाई सदुपयोग गर्दै कुराकानी गर्न सक्नुहुन्छ होला। यसो गर्न सक्नुहुन्‍न भने पनि परिआएको खण्डमा गुड न्युज फर अल नेसन्स्‌ पुस्तिका चलाउन सफल हुनुभएको होला।

२ भारतका २६ वटा भाषामा बाइबलसम्बन्धी प्रकाशन उपलब्ध गराउन यहोवाको दृश्‍य संगठनले गरेको सहयोगप्रति सबै जना कृतज्ञ छन्‌। तैपनि, चासो देखाउने व्यक्‍तिले पढ्‌ने भाषामा तपाईंसित वा मण्डलीको स्टकमा कुनै प्रकाशन छैन भने साह्रै नमज्जा लाग्न सक्छ। चासो देखाउने सबैलाई अनि त्यो पनि तिनीहरूले राम्ररी पढ्‌न सक्ने भाषामा बाइबलआधारित प्रकाशन दिन पाउँदा निकै सन्तुष्टि महसुस हुन्छ, हैन र?

३ यसो गर्न अबदेखि मण्डलीहरूले वाचटावर पब्लिकेसन्स्‌ लिस्ट-मा दिइएको सबै भाषामा थोरै मात्रामा पर्चाहरू अर्डर गर्न सक्छन्‌। साथै, चिनियाँ, पारसी र फ्रेन्चजस्ता अलि बढी प्रचलित विदेशी भाषाका केही पर्चाहरू पनि मगाउन सक्छन्‌। यसो गर्दा प्रत्येक प्रकाशकले आफ्नो इलाकाको आवश्‍यकताअनुसार १०, १५ वा २० वटा भाषाका पर्चाको सँगालो बनाएर प्रचारकार्यमा भेटिन सक्ने मानिसहरूका भाषाको पर्चा राख्न सक्नेछन्‌। मण्डलीको सेवा समितिले वाचटावर पब्लिकेसन्स्‌ लिस्ट-मा दिइएकामध्ये कुन-कुन पर्चाको सँगालो बनाउने भनेर निर्णय गर्न सक्छन्‌। यस्तो निर्णय गर्ने बेला इलाकामा सबैभन्दा चाहिने भाषाहरू कुन-कुन हुन्‌ र ती भाषा बोल्नेहरूका लागि उपयुक्‍त पर्चा कुन-कुन हुन्‌ भन्‍ने कुरा विचार गर्नुपर्छ।

४ प्रकाशकहरूले कहिलेकाहीं आफ्नो सँगालोबाट पर्चाहरू दिन सक्छन्‌। यस्तो बेलामा भने मण्डलीको सानो स्टकबाट अर्को प्रति लिन सक्छन्‌। यसो गर्दा प्रचार इलाकामा चाहिने सबै भाषाको सँगालो सधैं आफूसित हुनेछ। साथै, कसैलाई पक्षपात नगरी सबै जाति र भाषाका मानिसहरूलाई प्रचार गर्ने जिम्मेवारीलाई कत्तिको गम्भीरतापूर्वक लिन्छौं भनेर देखाउनको लागि पनि यो सँगालो चलाउन सक्छौं।

५ कुनै-कुनै पर्चा आकलझुकल मात्र चलाउनुपर्ने वा पटक्कै चलाउनु नपर्ने हुन सक्छ। यस्तो बेला पनि, प्रचारमा लैजाने अरू सरसामान सँगसँगै जतन गरेर राख्नुपर्छ। यसो गर्दा ती सधैं चिटिक्क हुन्छन्‌ अनि हामीले सुनाउने सन्देशको “शोभा” बढाउँछ। (ती. २:१०) झुत्रो भएका वा च्यातिएका पर्चाहरू छन्‌ भने त्यसको ठाउँमा नयाँ राख्नुपर्छ।

६ भारत शाखाले हरेक वर्ष २६ वटा भाषामा ४६,००,००० भन्दा बढी पर्चा छाप्छ। सबै भाषाका अझ थुप्रै मानिसहरू हामी सँगसँगै यहोवाको उपासना गर्न आऊन्‌ भनेर यी पर्चाहरूको पूरापूर सदुपयोग गरौं।—यशै. २:२, ३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने