प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 नोभेम्बर पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 नोभेम्बर पृ. ३

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक। घरधनीका छोराछोरी छैनन्‌ भने जागा रहो! पुस्तिका दिनुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। अन्यथा, पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ। जनवरी: १९२ पृष्ठका अलि रङ उडेका कुनै पनि पुस्तक अथवा सन्‌ १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक प्रस्तुत गर्न सकिन्छ। मण्डलीमा यस्ता पुस्तकहरू छैनन्‌ भने ज्ञान पुस्तक अथवा जागा रहो! पुस्तिका दिनुहोस्‌। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्नुहोस्‌। अन्यथा, ज्ञान पुस्तक प्रस्तुत गर्न सक्नुहुनेछ।

◼ डिसेम्बर महिनामा पाँचवटा शनिबार/आइतबार भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।

◼ विभिन्‍न धर्म र संस्कृतिका मानिसहरूलाई साक्षी दिन बाइबल आधारित थुप्रै प्रकाशन उपलब्ध छन्‌। साहित्य सेवकसँग यस्ता प्रकाशनको लिस्ट उपलब्ध छ।

◼ विश्‍वव्यापी कार्यको लागि चेक वा बैंक ड्राफ्टमार्फत जिल्ला अधिवेशनमा अनुदान दिंदा वा सीधै शाखा कार्यालयमा पठाउँदा “Watch Tower Bible and Tract Society of India” को नाउँमा भुक्‍तानी हुनेगरि पठाउनुपर्छ। यसरी पठाउँदा चन्दादाताको नाम, पूरा ठेगाना, सोसाइटीको विश्‍वव्यापी कार्यको लागि अनुदान दिन चाहनुको कारण र आफ्नै स्रोतसाधनबाट दिएको हो भन्‍ने व्यहोरा खुलाएर पत्र लेख्नुपर्छ। यदि अनुदानको रकम रू. ५०,०००/- भन्दा धेरै छ भने आयकर दर्ता नम्बर (Income Tax Permanent Account Number) पनि पठाउनुहोस्‌। यसो गर्दा सोसाइटीको हिसाब अडिट गर्न सजिलो पर्छ। यसको लागि कृपया यो ठेगाना प्रयोग गर्नुहोस्‌: The Watch Tower Bible and Tract Society of India, 927/1, A V Pura, Post Box 6441, Yelahanka, Bangalore - 560 064.

◼ सबै प्रकाशकले स्थायी अख्तियारनामा कार्ड (डीपीए) भरेका छैनन्‌ भने तुरुन्तै भरिहाल्नुपर्छ। रगत नलिने तपाईंको अधिकारलाई डीपीए कार्डले सुरक्षित पार्छ। प्राचीनहरूले आवश्‍यकताअनुसार मदत दिनेछन्‌।—नोभेम्बर २००६ को हाम्रो राज्य सेवकाई-को परिशिष्ट हेर्नुहोस्‌।

◼ सबै प्रकाशकले अबदेखि गृह बाइबल अध्ययनको जानकारी दिन अध्ययन रिपोर्ट (S-3) भर्नु पर्दैन। तर क्षेत्र सेवा रिपोर्ट (S-4) फाराममा बाइबल अध्ययनको संख्या लेख्ने ठाउँमा भने महिनाभर कतिवटा अध्ययन सञ्चालन गरेको हो, त्यो संख्या लेख्नुपर्छ। यो S-3 फाराम अबदेखि मण्डलीको सभाको उपस्थिति संख्या लेख्न मात्र प्रयोग गरिनेछ। यो छाँटकाँट तुरुन्तै लागू हुनेछ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

वाच टावर पब्लिकेसन्स्‌ इन्डेक्स—अंग्रेजी

शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५) —अरबी, चिनियाँ, पारसी, पुर्तगाली, फ्रान्सेली

के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति? (पर्चा न. १६)—अरबी, चिनियाँ, पारसी, पुर्तगाली, फ्रान्सेली

निराशहरूका लागि सान्त्वना (पर्चा न. २०) —चिनियाँ, पारसी, पुर्तगाली, फ्रान्सेली

सबै दुःखकष्ट चाँडै अन्त हुनेछ! (पर्चा न. २७) —चिनियाँ, पारसी, पुर्तगाली, फ्रान्सेली

◼ पुनः उपलब्ध प्रकाशन:

चर्चाका लागि बाइबल विषयहरू —तेलगु, पंजाबी, बंगाली, मराठी, हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने