प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 अप्रिल पृ. ७-८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००८
हाम्रो राज्य सेवकाई—२००८
km08 अप्रिल पृ. ७-८

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू अप्रिल र मे: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ उत्सवमा र विशेष भाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्‌न जाने विशेष प्रयास गर्नुहोस्‌। यसो गर्नुको उद्देश्‍य ती व्यक्‍तिहरूसित बाइबल अध्ययन सुरु गर्नु हो। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। मण्डलीमा ज्ञान पुस्तक छैन भने बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्न सकिन्छ।

◼ सन्‌ २००८ को जिल्ला अधिवेशनका बिल्लाहरू मे २००८ भित्रमा मण्डलीहरूलाई पठाइनेछ। मण्डलीहरूले आफ्नै भाषामा र प्रकाशकको संख्या भन्दा बढी मात्रामा बिल्ला पाउनेछन्‌। त्यसकारण यसलाई अर्डर गरिरहनु पर्दैन। थप बिल्ला चाहिएमा वा अर्को भाषाको बिल्ला चाहिएमा अर्डर गर्न सकिन्छ। थप बिल्लाहरू चाहिएमा ठीक्क मात्रामा मगाउनुहोस्‌ र यसलाई लिटरेचर रिक्वेस्ट फर्म (S-14) मार्फत अर्डर गर्न सकिन्छ।

◼ मण्डलीका सचिवले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू पुग्दो राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फर्म (S-14) मार्फत अर्डर गर्नुपर्छ। ती फारामहरू कम्तीमा पनि एक वर्षलाई पुग्नेगरि राख्नुहोस्‌। नियमित अग्रगामीको फाराम शाखा कार्यालयलाई पठाउनुअघि, राम्ररी भरेको छ कि छैन पक्का गर्नुहोस्‌।

◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवको अहिलेको ठेगाना र टेलिफोन नम्बरहरूको रेकर्ड राख्नुपर्छ। ठेगाना परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस फाराम (S-29) भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। टेलिफोनको एस टी डी कोड परिवर्तन भएको छ भने, त्यो पनि उल्लेख गर्नुपर्छ।

◼ यात्रा गर्दा अर्कै देशको मण्डलीका सभा, सम्मेलन वा अधिवेशनमा जाने योजना बनाउनुभएको छ भने मिति, समय र स्थानबारे थाह पाउन त्यस देशको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयहरूको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पानामा छ।

◼ के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? नामको पर्चा सबै मण्डलीलाई पठाइनेछ। यो पर्चा सधैं आफूसँगै राख्नुहोस्‌ र नयाँ बाइबल अध्ययन सुरु गर्न उक्‍त पर्चा प्रयोग गर्नुहोस्‌। विरोध गर्ने इलाकामा काम गर्दा पहिले घरधनीको चासो बुझ्नुहोस्‌ र उपयुक्‍त भएमा पर्चा दिनुहोस्‌।

◼ नयाँ उपलब्ध प्रकाशनहरू:

कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने —बंगाली

“बाइबलका कथाहरू भएको मेरो पुस्तक” अध्ययनको लागि प्रश्‍नहरू—गुजराती, बंगाली, मराठी

मण्डली पुस्तक अध्ययनको लागि प्रश्‍नहरूको यो पुस्तिका पुग्दो मात्रामा मगाउन मण्डलीहरूलाई आग्रह गरिन्छ। कृपया अप्रिल महिनामा साहित्य मगाउँदा यो पुस्तिका पनि मगाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने