ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून ३०, २००८ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले मे ५ देखि जून ३०, २००८ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
वक्तृत्व कला
१. मूल विषयलाई कसरी प्रकाश पार्न सकिन्छ? [ht-NP पृ. ३८, अनु. ७, ८]
२. तीन थुप्रो बुँदाहरू छन् कि छैनन् भनेर कुन कुराले निधो गर्छ? [ht-NP पृ. ४०, अनु. १५]
३. दृष्टि सम्पर्क भनेको के हो? [ht-NP पृ. ४२, अनु. २]
४. वक्ताको धाराप्रवाहमा प्रगति गर्नको लागि कस्ता सुझावहरू दिइएका छन्? [ht-NP पृ. ४७-४८, अनु. ५-१०]
५. उच्चारणमा तपाईं कसरी उति गर्न सक्नुहुन्छ? [ht-NP पृ. ५२, अनु. ३२-३४]
असाइनमेन्ट न. १
६. जवान व्यक्तिहरूलाई खास गरी कस्तो लाभदायी आध्यात्मिक लक्ष्य राख्न प्रोत्साहन दिइन्छ? [wt-NP पृ. १०७, अनु. १२]
७. बप्तिस्माको लागि आफू अयोग्य छु जस्तो लाग्छ भने यस्तो शंकालाई कसरी हटाउन सक्नुहुन्छ? (१ यूहन्ना ४:१८) [w०६ ४/१-NP पृ. २९, अनु. १५]
८. हाग्गैको समयमा यहोवाले यहूदीहरूलाई किन सल्लाह दिनुपऱ्यो? (हाग्गै १:४) [w०६ ५/१-NP पृ. ९-१०, अनु. १०, ११]
९. बप्तिस्मा भनेको कुन अर्थमा मर्नु र फेरि बिउँताइनुजस्तै हो? [wt-NP पृ. ११५, अनु. ११]
१०. कुन कुराले साँचो आनन्द दिन्छ? [w०६ ६/१-NP पृ. १६, अनु. १२]
साप्ताहिक बाइबल पढाइ
११. कुन मन्दिर “छियालीस वर्षमा बनाइयो”? (यूह. २:२०) [w०८ ४/१-NP “यहोवाको वचन जीवित छ—यूहन्नाको पुस्तकका विशेषताहरू”]
१२. ‘मृत्युदेखि जीवनमा सारिएकाहरू’ को हुन्? (यूह. ५:२४, २५) [w०८ ४/१-NP “यहोवाको वचन जीवित छ—यूहन्नाको पुस्तकका विशेषताहरू”]
१३. येशूले आफ्ना विश्वासी अनुयायीहरूका लागि कसरी स्वर्गमा ‘ठाउँ तयार पार्नु’ हुनेथियो? [w०८ ४/१-NP “यहोवाको वचन जीवित छ—यूहन्नाको पुस्तकका विशेषताहरू”]
१४. येशूले मरियम मग्दलिनीलाई मलाई नछोऊ भन्नुभयो, किन? (यूह. २०:१७) [w०८ ४/१-NP “यहोवाको वचन जीवित छ—यूहन्नाको पुस्तकका विशेषताहरू”]
१५. जुन ढङ्गमा येशू जानु भयो “त्यसरी नै” उहाँ कसरी आउनुहुनेछ? (प्रेरि. १:९-११) [gt-NP १३१]