प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 सेप्टेम्बर पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००८
हाम्रो राज्य सेवकाई—२००८
km08 सेप्टेम्बर पृ. ३

घोषणाहरू

प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्‌। घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेका रहेछन्‌ भने यसबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्‌। अक्टोबर १-१९: प्रहरीधरहरा। चासो देखाउने व्यक्‍तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा दिनुहोस्‌ अनि छलफल गर्नुहोस्‌। अक्टोबर २०–नोभेम्बर १६: के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा वितरण गर्ने विशेष अभियान। नोभेम्बर १७-३०: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्ने अथक प्रयास गर्नुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। घरधनीका छोराछोरी रहेछन्‌ भने बाइबलका कथाहरू भएको मेरो पुस्तक दिनुहोस्‌।

◼ अक्टोबरमा पाँचवटा सप्ताहन्त पर्ने भएकोले यी महिनाहरूमा सहायक अग्रगामी सेवा गर्नु बेस हुनेछ।

◼ स्मरणार्थ उत्सवताका दिइने सन्‌ २००९ को विशेष भाषण २००९, अप्रिल २० को हप्तामा दिइनेछ। उक्‍त भाषणको विषय पछि घोषणा गरिनेछ। विशेष भाषण दिनुपर्ने हप्ता कुनै मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण परेको छ वा सम्मेलन परेको छ भने त्यसपछिको हप्तामा उक्‍त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीले अप्रिल २० भन्दा पहिले यो विशेष भाषण दिनु हुँदैन।

◼ मण्डलीले अर्को पटक साहित्य अर्डर गर्दा वाचटावर पब्लिकेसन्स्‌ इन्डेक्स २००८ र वाचटावर लाइब्रेरी—२००८ संस्करण सीडी-रोम मगाउन सक्छन्‌। कृपया ध्यान दिनुहोस्‌ वाचटावर लाइब्रेरी—२००८ संस्करण मण्डलीका बप्तिस्माप्राप्त र बप्तिस्माअप्राप्त प्रकाशकहरूको लागि मात्र हो, यो मण्डलीमार्फत मात्र उपलब्ध गराइनेछ।

◼ मण्डलीका अध्यक्षले खटाएका कुनै भाइले जून, जुलाई र अगस्त महिनाको मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। एउटै भाइले लगातार लेखा परीक्षण गर्नुहुँदैन। लेखा परीक्षण गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्ट सुनाउँदा त्यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।—Instructions for Congregation Accounting (S-27) हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने