क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
स्मरणार्थ उत्सवको समयताका हामीले गरेको मेहनतमा यहोवाले पक्कै पनि आशिष् दिनुभयो। अप्रिल १७ मा भएको स्मरणार्थ उत्सवमा जम्मा ५,१०८ जना उपस्थित भए। परिचालक निकायले दिएको प्रोत्साहनले गर्दा हामीमध्ये धेरैजसोले उत्सुकतासाथ सहायक अग्रगामी गऱ्यौं। जम्मा ५८९ जना सहायक अग्रगामीको नयाँ शिखर सङ्ख्या कायम भएको छ। गत वर्ष मार्च २०१० को १७८ जनाको शिखर सङ्ख्याको तुलनामा यो तीन गुनाले बढी हो। जोसिला अग्रगामीहरूले गरेको कडा मेहनतको नतिजास्वरूप सहायक अग्रगामीहरूको शिखर सङ्ख्याबाहेक अन्य ७ वटा नयाँ शिखर सङ्ख्या कायम भएका छन्। ती हुन्:- १,४२७ वटा किताब, ५५,४९५ घण्टा, १८,००८ वटा पत्रिका, २०,०९६ वटा पुनःभेट, ३,२११ वटा बाइबल अध्ययन, ३५० जना नियमित अग्रगामी र १,५३४ जना प्रकाशक।